प्रवास

रुसमा पनि कोरोना विरुद्धको खोप स्पुतनिक–५ प्रयोगको अनुमति

विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकै पहिलो मुलुक बन्ने दौडमा रहेको रुसले त्यहाँ कोरोना विरुद्धको खोप स्पुतनिक–५ प्रयोगको अनुमति दिइएको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड–१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका हुन्। बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिए लगत्तै रुसी राष्ट्रपति पुटिनले भिडियो कन्फ्रेन्स मार्फत् अधिकारीहरुलाई आम रुसमा खोप कार्यक्रम संचालन गर्न निर्देशन दिएका हुन्। रुसमा हालसम्म कोरोना भाइरसका कारण २३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने… पुरा पढौ

बेलायतले दियो कोरोनाविरुद्धको खोप प्रयोगका लागि स्वीकृति

मंसिर १७ एजेन्सी । बेलायतले सर्वासाधरणको लागि अमेरिकी कम्पनी फाइजर र जर्मन बायोएनटेक कम्पनीले संयुक्तरुपमा बनाएको कोरोनाविरुद्धको खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । बेलायत सर्वसाधरणको प्रयोगका लागि कोरोनाविरुद्धको खोप स्वीकृत प्रदान गर्ने विश्वमा नै पहिलो देश बनेको छ । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोप केन्द्रहरू तयार गर्न थालिएको बेलायतको नियामक निकाय ‘एमएचआरए’ले जनाएको छ । खोपको लागि जोखिम समूहमा रहेका व्यक्तिहरुलाई पहिलो प्राथमितामा राखिएको अर्को हप्ताबाट सर्वसाधारणलाई खोप लगाउन सुरु गरिने… पुरा पढौ

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको खुट्टा मर्कियो

मंसिर १५ विलमिङटन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको दायाँ खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । कुकुरसंग खेल्ने क्रममा ७८ वर्षिय बाइडेनको खुट्टा मर्किएको हो । बाइडेनका चिकित्सक केभिन ओ कोन्नोरका अनुसार प्रारम्भीक एक्स रे गर्दा हड्डी भाँचिएको नदेखिएको भएपनि बाइडेनको उमेरका कारण सानो दुखाई पनि जटिल हुन सक्ने भनाई छ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति हुन् । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा दुईओटा कुकुर छन्… पुरा पढौ

विश्वभर कोरोना संक्रमणबाट १४ लाख ६६ हजार बढिको मृत्यु, कोरोना संक्रमित संख्या ६ करोड ३१ लाख

विश्वभर कोरोना संक्रमणबाट १४ लाख ६६ हजार बढिको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेका पछिल्लो तथ्यांक अनुसार मंगलबार विहानसम्म १४ लाख ६६ हजार ७ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। तथ्यांकअनुसार, अमेरिकामा २ लाख ६७ हजार ९ सय ६९, ब्राजिलमा १ लाख ७३ हजार १ सय २०, मेक्सीकोमा एक लाख ५ हजार ६ सय ५५, बेलायतमा ५८ हजार ५ सय ४५, इटालीमा ५५ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ। त्यस्तै, मंगलबार… पुरा पढौ

श्रीलंकाको जेलमा झडप हुँदा ८ जनाको मृत्यु, ५० भन्दा बढि घाइते

श्रीलंकाको सबैभन्दा भिडभाडयुक्त जेल महारामा सुरक्षाकर्मीसँग झडप हुँदा ८ जनाको मृत्यु भएको छ। झडपमा परी मृत्यु हुनेमध्ये अधिकांशको मृत्यु प्रहरीको गोली लागेर भएको त्यहाँको प्रहरी अधिकारीहरुले जनाएका छन्। त्यस्तै झडपमा परेर ५० भन्दा धेरै घाइते भएका छन्। जेलमा कोरोना संक्रमण बढेको विषयमा भएको विरोधको क्रममा जेलमा झडप भएको थियो। अन्य जेलका कोरोना संक्रमितलाई महारामा ल्याइएसँगै त्यहाँका कैदीहरुले विरोध प्रदर्शन गरेका हो। पछिल्लो केही समययता श्रीलंकाको कैदीको चाप अत्यधिक रहेका जेलहरुमा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढेको समाचार छ। त्यहाँ, पछिल्लो एक… पुरा पढौ

नाइजेरियामा बोको हरामको भीषण हमला, ११० जना किसान मारिए

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामीण भेगमा सशस्त्र समूहको भीषण हमला गर्दा कन्तिमा १ सय १० जनाको मृत्यु भएको जनाइएको छ। बोको हरामले गरेका हमलाबाट मृत्यु भएका ति १ सय १० जनामा सबै किसानहरु मारिएको संचार माध्यमहरुले जनाएका छन्। समाचार एजेन्सीहरूका अनुसार प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएका थिए। त्यसपछि, अन्य ग्रामीण भेगमा पनि ७० जनाको हत्या भएको बताइएको छ। शनिबार भएको उक्त हमालामा जम्मा १ सय १० जना किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुले… पुरा पढौ

मेस्सीले गरे लिजेन्ड म्यारोडोनाप्रति गोल समर्पण

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको आफ्नो गोल अर्जेन्टिनी लिजेन्ड डिएगो म्यारोडोनालाई समर्पण गरेका छन्। अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए। मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए। खेलमा बार्सिलोनाले ४–० को सहज जित निकाल्यो। ओसासुनामाथिको जितमा मेस्सीसँगै क्याटलान क्लब बार्सिलोनाका मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए। खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर… पुरा पढौ

कोरोनाबाट ६ नेपालीको विदेशमा मृत्यु

मंसिर १४ काठमाण्डौ । एक हप्ताको अवधीमा कोरोना संक्रमणका कारण थप ६ जना गैरआवसीय नेपालीको मृत्यु भएको छ । यो हप्ता कोरोना संक्रमणबाट साउदी अरबमा चार, पोर्चुगलमा एक र यूकेमा एक जना नेपालीको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या दुई सय ९९ पुगेको गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । कोरोनाबाट अहिलेसम्म विभिन्न १९ देशमा रहेका नेपालीको ज्यान गएको छ । हालसम्म ४५ देशमा ४७ हजार पाँच सय ८३ गैरआवासीय नेपालीमा कोरोना… पुरा पढौ

फाइजरले विश्वभर कोरोना खोप पठाउँदै

अमेरिकाको खोप निर्माता कम्पनी फाइजरले विश्वभर कोरोना खोप पठाउँदैछ। कोरोना खोप पठाउन विश्वभर फाइजरले चार्टर्ड उडान संचालन गर्ने जनाएको छ। खोपलाई सरकारी स्वीकृति प्राप्त हुनेबित्तिकै तीव्र रुपमा विश्वका विभिन्न देशमा पठाउन चार्टर्ड उडान संचालन गर्न लागिएको हो। फाइजरले स्वीकृतिका लागि आवेदन दिइसकेको छ। वाल स्ट्रीट जर्नलका अनुसार खोप राख्नका लागि अमेरिकाको मिसिगन र विस्कन्सिन तथा युरोपका बेल्जियम र जर्मनीमा भण्डारण बनाइएको छ। हाल विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २० लाख ६५ हजार ४ सय ५३ पुगेको छ भने १४… पुरा पढौ

आज चिनियाँ रक्षामन्त्री वेइ फेङहो नेपाल आउँदै

चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे क्रममा आज (आइतबार) नेपाल आउँदैछन्। उनी एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आउन लागेका हुन्। एकदिवसीय कार्यगत भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री फेङ होले काठमाडौँमा ८ घण्टा रहनेछन्। काठमाण्डौं बसाईमा फोङ होले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका छन्।उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेट गर्ने कार्यक्रम छ। चिनियाँ रक्षामन्त्रीको आज… पुरा पढौ