प्रवास

‘जागौं नेपाल’ राष्ट्रिय अभियान युरोप संयोजकमा भट्टराई चयन

जागौं नेपाल राष्ट्रिय अभियानू युरोप संयोजकमा शक्ति भट्टराई चयन भएका छन । अभियानको उपसंयोजकमा सरिता मल्ल ठकुरी, साईप्रस, सचिवमा सुनिल खतिवडा, जर्मन, चयन भएको जनाइएको छ ।अभियानको प्रवास समिति अन्लाईन बैठक मार्फत युरोप स्तरीय समिति बनाउने उद्धेश्यका साथ नयाँ समितिलाई जिम्मेवारी दिएको प्रवास समितिका संयोजक सन्तोष तिमिल्सिनाले जानकारी दिए ।विश्वका विभिन्न मुलकमा कार्यरत नेपालीहरुसँग हातेमालो गर्दै लैंगिक हिंसा, भ्रष्टाचार आदि विकृतिहरुको बिरुद्धमा संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत खबरदारी गर्दै सभ्य र भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न यो समिति गठन… पुरा पढौ

चिनियाँ रक्षामन्त्री फेङ्हो भोलि काठमाण्डौं आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा भोलि (आइतबार) काठमाडौँ आउने भएका छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ ।रासस पुरा पढौ

सर्वकालीन फुटबलर म्याराडोनाको निधनमा समर्थकहरु सडकमै ओर्लिए, अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक

सर्वकालीन अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधनमा उनका प्रशंसक र समर्थकहरु सडकमै ओर्लिएर उनीप्रति श्रद्धाञ्जलीको भाव व्यक्त गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। फुटबल दुनियाँका कैयौँ हस्तीहरूले म्याराडोनालाई श्रद्धाञ्जली दिएको संचार माध्यमहरुमा समाचार छ । यसमा मेस्सी, रोनाल्डोदेखि लिएर ब्राजिलका महान् खेलाडी पेलेले पनि श्रद्धाञ्जली दिएका छन्। पेलेले श्रद्धाञ्जलीमा भनेका छन्, ‘मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान् खेलाडी गुमाएको छ। मलाई आशा छ, हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौँ ।’ म्यानचेस्टर सिटीका म्यानेजर पेप गुआर्डिएलोले म्याराडोनाले विश्व… पुरा पढौ

भारतीय विदेश सचिव हर्षवर्धन आज गोरखा र मनाङ आउँदै

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज (शुक्रबार) गोरखा र मनाङ जाँदै छन्। गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको उनले अवलोकन गर्ने कार्यक्रम छ । साथै ३ वटा विद्यालयको उद्घाटन पनि गर्नेछन्। मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। हिँजो (बिहीबार) बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृंगला दिनभर भेटघाटमा व्यस्त रहे।उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार भेट गरे। श्रृंगलासँगको भेटघाटमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग… पुरा पढौ

दक्षिण भारत तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा शक्तिशाली निवार तुफान

दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चलिरहेको समाचार छ। दक्षिणी भारतको तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ। हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय संचारमाध्यमले खबर लेखेका छन्। तमिलनाडु र पुण्डुचेरीका १ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। चेन्नई र पुण्डुचेरीमा अझै ३ घण्टा भारी वर्षा र… पुरा पढौ

आजदेखि भारतीय विदेश सचिव हर्षवद्र्धनले नेपाल भ्रमण गर्दै

आज (बिहीबार) भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल आउँदै छन्। भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएपनि यो पटकको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने अनुमान छ। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्साङ्कन सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार आज (बिहीबार) नै सचिवस्तरीय बैठकसमेत हुनेछ। नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक… पुरा पढौ

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पुग्यो

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको वल्र्डोमिटरले जनाएको छ। वल्र्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ। संक्रमित ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन्। यतिबेला, विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ। कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित… पुरा पढौ

अमेरिकी पौडीबाज ड्रेसेलले बनाए व्यक्तिगत नयाँ विश्व कीर्तिमान

ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेलले व्यक्तिगत नयाँ विश्व कीर्तिमान बनाएका छन्। अमेरिकी पौडी खेलाडी ड्रेसेलले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन्। काली कन्डोर्सले अन्तर्राष्ट्रिय पौडी लिगको बुड्डापेस्टमा भएको दोस्रो सिजनको ग्राण्ड फाइनलमा उपाधि जितेको हो। ड्रेसेलले १०० मिटर व्यक्तिगत मिड्लेमा सेमिफाइनलमा बनाएको कीर्तिमान फाइनलमा आफैले तोडेका हुन्। उनले १०० मिटरको दूरी ४९.२८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका हुन्। काली कोन्डोर्सले २ दिनको खेलमा ५६१.५ अंक जोडेर गएको वर्षको विजेता एनर्जी स्टान्डर्सलाई… पुरा पढौ

एटीपी फाइनल्सको उपाधि जितेपछि मेडभेडेभको कीर्तिमान

डानिल मेडभेडेभले एटीपी फाइनल्सको उपाधि जितेका छन्। लण्डनमा भएको खेलमा युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गरेर मेडभेडेभले आफ्नो खेल जीवनको ठूलो उपाधि जितेका हुन्। रुसी मेडभेडेभले पुनरागमन गरी खेलमा जित हाँसिल गरेका हुन्। उनले थिएमलाई ४–६, ७–६ (७–२) र ६–४ को सेटमा पराजित गरे। विश्व नम्बर ३ थिएमले पहिलो सेटमा जित निकालेपनि त्यसलाई बचाउन सकेनन्। विजयी भएका २४ वर्ष विश्व वरीयतामा चौथो स्थानमा रहेर यो वर्ष टुंग्याउने भएका छन्। उनी एटीपी फाइनल्समा शीर्ष तीन वरीयताका खेलाडीलाई पराजित गर्ने एकमात्र… पुरा पढौ

जुनियर डोनाल्ड ट्रम्पलाई पनि कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियर लाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि गरेका हुन्। यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोनाभाइरसबाट संक्रमित भएका थिए। त्यसैगरी, ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट संक्रमित भएका थिए। अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्। ट्रम्प जुनियर हालै… पुरा पढौ