राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले शुभकामनामा भनेकी छन्, ‘छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिनेछ।’ उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा…
पुरा पढौ