साहित्य र कला

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त

पोखरा, असोज १२ पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ । प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती… पुरा पढौ

विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन

पोखरा । पोखरामा आयोजित पाँचौ संस्करणको विद्यालय नाटक महोत्सव शुक्रबार सम्पन्न भएको छ । गत भदौ २७ गतेबाट सुरु भएको नाटक महोत्सवमा कुल १५ नाटक मञ्चन भए । यसरी मञ्चन भएका नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान थिए । नाटक महोत्सवमा पुगेर ६ हजार भन्दा बढी दर्शकले नाटक हेरेको र ४… पुरा पढौ

पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु, फाईनल पुग्ने कलेजको आजै टुंगो लाग्ने

पोखरा, असोज १२ पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा आजदेखि शुरु भएको प्रतियोगिता भोलिसम्म जारी रहनेछ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद थापाले राज्यले कला र संगीतको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याए । संगीत जीवनको लागि अति उपयोगी कुरा हो,उनले भने,‘तर राज्यले लगानी नगर्दा यो क्षेत्र पछाडि प¥यो ।’ कला र संगीतमा शक्ति हुने… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गरेका उनका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसन भोलिदेखि

पोखरा, असोज ११ पोखरामा भोलि असोज १२ गतेदेखि ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु हुँदैछ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा असोज १३ गतेसम्म हुने प्रतियोगिता पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा हुनेछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने जनाइएको छ । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता… पुरा पढौ

राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुला

पोखरा । राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुलेको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले राष्ट्रिय विज्ञान दिवस असोज १, विश्व अन्तरिक्ष सप्ताह अक्टोबर ४–१० तथा विश्व विज्ञान दिवस कार्तिक २४ को सन्दर्भमा सञ्चालन गर्दै आएको यस प्रतियोगितामा असोज २८ गते आवेदन दिन सकिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले नासोको वेबसाइटमार्फत आफ्नो आवेदन दर्ता गर्न सक्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । एघारौ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको… पुरा पढौ

बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार

पोखरा । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए । संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनका दर्शकलाई एनटिसीको सिम निःशुल्क वितरण गरिने

पोखरा, असोज ८ पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो । दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उनको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन । सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति… पुरा पढौ

स्टार्स स्टुडियोले ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ आयोजना गर्ने

असोज ७ पोखरा । स्टार्स स्टुडियो पोखराको प्रस्तुतीमा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजका क्लब एडभाइजर लक्ष्मी थापा गिरीले ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ कार्यक्रमको घोषणा गरेकी थिइन् । प्रतियोगितामा रोटरी वा रोट्याक्ट मा आवद्ध भएको जुनसुकै उमेर समुहले भाग लिन सक्नेछन् । प्रतियोगितामा… पुरा पढौ