साहित्य र कला

नेपाली सिनेमा ‘शिवांश: च्याप्टर -१’ को छायांकन सकियो 

 पोखरा, साउन १४ पोखरा नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखराका लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका  आसपासमा फिल्मको दृश्य खिचिए पछि पुर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता  केसीले बताए। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय… पुरा पढौ

तीर्थ श्रेष्ठका सम्मानमा ‘हिउँमा नलेखिएका तीर्थ-पाँच आयामका साथ’ आयोजना

पोखरा, ३ साउन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे । ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका… पुरा पढौ

नेवाः संस्कृति सम्बन्धि चलचित्र ‘लाखे आजु’ भोलि पोखरामा प्रदर्शन हुँदै

पोखरा, साउन २ नेवारी संस्कृतिमा आधारित सांस्कृतिक चलचित्र 'लाखे आजु; भोलि पोखरामा प्रदर्शन हुने भएको छ । नेवा संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सदैव लागिरहेको नेवाः मिसा पुचः पृथ्वीचोकको आयोजनामा भोलि शनिबार पोखरामा 'लाखे आजु' प्रदर्शन हुन लागेको हो । बाराही चलचित्र मन्दिर, तेर्सापट्टी, पोखरामा विहान ८ बजेदेखि चलचित्र प्रदर्शन हुने जनाइएको छ । नेवारी, परम्परा, संस्कृति र भाषामा बनाइएको चलचित्रमा सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ भने नेपाली चलचित्रका प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ तथा मदनदास श्रेष्ठकोसमेत भूमिका… पुरा पढौ

शुक्लाले जनकवि केशरी धर्मराज थापाको १०१ औं जन्मजयन्तीमा विशेष कार्यक्रम गर्ने

पोखरा जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ। पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले ूसम्झनामा जनकवि केशरीू विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ। लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक… पुरा पढौ

‘आमा’ खण्ड काव्यभित्र अभिव्यक्त देशप्रेम

विषयप्रवेशआमा हुन् जननी यिनै भगवती हुन् सृष्टिकर्ता यिनीयी हुन् सत्य र शक्ति स्रोत करुणा त्यागी तपस्वी पनिकौ हैनन् र यिनी ? सबै चिज यिनी, को हुन्छ आमा सरी ?श्रद्धा भाव उराली भन्छु जननी सम्पूर्णकी ईश्वर । (वन्दना) आमा शब्द स्वयंमा माया, प्रेम, करुणा, सहनशीलता, त्याग र बलिदानको प्रतीक हो । संसारका सबै भाषा र संस्कृतिभित्र आमाको स्थान सबैभन्दा उच्च र पवित्र मानिन्छ । हाम्रा जीवनका हरेक पाटामा आमाको भूमिका असाधारण हुन्छ ।आमा जीवनकी आधार हुन् । आमा नै सन्तानका जीवनकी… पुरा पढौ

भानु जयन्तीक अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न

२१२ औँ भानु जयन्तीको अवसरमा रूपा वाङ्मय प्रतिष्ठानले रूपा काव्य उत्सव सम्पन्न गरेको छ । रूपा-६, खोलाको छेउमा सम्पन्न भएको उक्त कार्यक्रममा ५ जना कविले विशेष कविता वाचन शृङ्खलामा कविता वाचन गरेका थिए भने १५ जना कविले खुल्ला सृजना वाचन शृङ्खलामा प्रस्तुती दिएका थिए । विशेष कविता वाचनमा डा. गणपति ओझा, नवराज अधिकारी, हरिकला गौतम, तारानाथ पराजुली र सुप्रिया खनाल रहेका थिए । भानुभक्त को व्यक्तित्त्वको परिचर्चा गर्दै उनको सम्झनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रकट पगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम… पुरा पढौ

र्‍यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

पोखरा, असार २८ गते ।  र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई

पोखरा पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था मगरको संयोजकत्वमा गठिन ५ सदस्यीय समितिले श्रीस मगरलाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।मगर पत्रकार संघ कास्कीको आयोजना र राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालको सहकार्य साउन १ गरिने कार्यक्रममा उहाँलाई पुरस्कार प्रदान गरिने मगर पत्रकार संघका कास्कीका अध्यक्ष सुरज थापा मगरले जानकार दिए ।उनका… पुरा पढौ

छिन्नलता पुरस्कार–२०८२ बाट गायन तर्फ इतु/रामभक्त जोजिजु दम्पती सम्मानित

पोखरा । बरिष्ठ गीतकार रमोला देवी शाह ‘छिन्नलता’को १०३ औं जन्मजयन्ती तथा ४३ औं छिन्नलता गीत पुरस्कार २०८२ को अवसरमा आइतबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली गीत-संगीत क्षेत्रका विशिष्ट स्रष्टाहरूलाई सम्मानित गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि, सम्माननीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चार विधामा छनोट गरिएका स्रष्टाहरूलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरे। यस वर्षको छिन्नलता गीत पुरस्कार अन्तर्गत गीत रचना विधामा वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई नगद १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। संगीत सिर्जना विधामा अच्युतप्रसाद फुयाल… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले मनायो २२ औं स्थापना दिवस

पोखरा ।चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ ।चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई… पुरा पढौ