साहित्य र कला

नेपाली संगीतलाई अभूतपूर्व उचाइमा पुर्याउँदै जेम्सी

पोखरा, बैशाख ३० संगीतको निरन्तर रूपान्तरण भइरहेका दुनियाँमा, थोरै कलाकारहरूले मात्र भाषा, संस्कृति र सिमाना भन्दा बाहिर गएर गहिरो छाप छोड्न सक्छन् । तर जेम्सी नेपालका एक चर्चित र ऊर्जाशील संगीत प्रतिभा हुन्, जो दुर्लभ कलाकारमध्ये पर्छन् । काठमाडौंका जीवन्त गल्लीहरूदेखि लिएर युरोप र त्यसपछिका प्रतिष्ठित स्टेजहरूसम्म, जेम्सीले छोटो समयमा नै आफूलाई एक अन्तर्राष्ट्रिय सनसनीका रूपमा स्थापित गरेका छन्, हरेक ताल र शब्दमा नेपाललाई गर्वका साथ प्रतिनिधित्व गर्दै आएका छन् । केवल पाँच महिनाको छोटो अवधि (नोभेम्बर २०२४ देखि अप्रिल… पुरा पढौ

र्‍यान्डममा धोबीघाट मेलोडी

पोखरा, वैशाख २७ गते । र्‍यान्डम रिडर्स सोसाइटीमा शनिवार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरिएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे । उनले भने, “जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन् । त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कोसँग मिल्दैनन् तर सबै निबन्धहरूले सशक्त सन्देश बोलेका छन् ।” समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार… पुरा पढौ

कवि ईश्वरमणिको ‘सानु साथी’ काव्यकृति लोकार्पण

पोखरा । कवि ईश्वरमणि अधिकारीद्वारा लिखित नवीनतम काव्यकृति सानु साथी शुक्रबार पोखरामा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित कृतिको बरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती प्रतिक्षा, रमेश श्रेष्ठ,, लक्ष्मण थापा, विश्लेषक विश्व सिग्देल, कवि स्वयं ईश्वरमणि अधिकारी र उनकी सुपुत्री डा. अस्मिता अधिकारीले एकसाथ सार्वजनिक गरेका थिए । विश्लेषक विश्व सिग्देलले सानु साथी मा समेटिएका कविताहरू पूर्वीय दर्शनको गहिराइ बोकेका र न्यूनतम शब्द प्रयोगमा गहन अनुभूति सम्प्रेषण गर्न सक्ने शैलीमा प्रस्तुत भएको बताउँदै कविलाई ‘बौद्धिक… पुरा पढौ

पोखरामा  ईश्वरमणिको सानु साथी लोकार्पण

पोखरामा एक समारोहका बिच कवि ईश्वरमणि अधिकारीको सानु साथी लोकार्पित भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कृतिको साहित्यकारहरू सरू भक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती प्रतिक्षा, लक्ष्मण थापा, ईश्वरमणि अधिकारी, अध्येता तथा विश्लेषक विश्व सिग्देल सहित डा अस्मिता अधिकारीले एकसाथ लोकार्पण गरेका हुन् ।्र कृति माथि आफ्नो दृष्टिकोण राख्दै विश्लेषक विश्व सिग्देलले सानु साथी कविताको विविध आयामहरूको चर्चा गर्दै डा। अधिकारीका कविताले बोकेको विचार तथा दर्शनको क्षितीजको व्याप्तीलाई मुक्त कण्ठले प्रशंशा गर्दै पूर्वीय दर्शनका उपनिषद् र वेदका… पुरा पढौ

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई

पोखरा । स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय  केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु. २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यहि जेठ २ गते स्व.पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो । पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर दुई… पुरा पढौ

वसन्त काव्य महोत्सवमा स्रष्टाको सम्मानसहित साहित्यिक बहस

पोखरा, २० वैशाख । प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव शनिबार सम्पन्न भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरमा २ दिनसम्म चलेको महोत्सवमा विविध साहित्यिक गतिविधि भए । समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्य थियो । सो अवसरमा मेयर आचार्यसहित कार्यक्रमका परिकल्पनाकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, अल्फा बोर्डिङका प्रिन्सिपल सुरेन्द्रमान सिंह भण्डारी, कवि ज्योति जंगल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । दोस्रो दिन नेपाली गजल एवं नेपाली कविताबारे पोखरा परिचर्चा भयो । ‘नेपाली… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल : अभावका बीच फाउण्डेसन निर्माण

पोखरा, बैशाख १४ गण्डकी प्रज्ञा प्रतिष्ठानले अभावैअभावमा कार्यकाल गुजारेको छ । तर अभावका बीच बलियो फाउण्डेसन (जग) बसाउन भने सफल भएको छ । प्रदेश सरकारको आफ्नै सन्तानका रुपमा स्थापित प्रतिष्ठानले आफ्नै खुट्टामा उभिएर भाषा, साहित्य, लोक साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा बलियो जग बसाएको हो । पूर्वाधार बिना नै गठीत प्रतिष्ठानले पृथ्वीनारायण क्याम्पस हाताभित्र रहेको सामान्य भवनमा कार्यालय स्थापना गरेको थियो । कुलपती सूर्यबहादुर खड्का बिखर्ची र उपकुलपती गोरे गुरुङको योजना र सदस्य सचिव मनकुमार श्रेष्ठको जुझारुपनको तादात्म्यताले कार्यालयले… पुरा पढौ

पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ६९ जना लाभान्वित

पोखरा १३, वैशाख पोखरामा आज (शनिबार) सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा भएको उक्त कार्यक्रमबाट कास्की सहित ४ जिल्लाका ६९ जना लाभान्वित भएको प्रा.लि.ले जनाएको छ । पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन भएको उक्त शिविरमा कास्की सहित, पर्वत, जमजुङ, र बागलुङका गरी… पुरा पढौ

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा, सरू लामिछाने,… पुरा पढौ

ऐतिहासिक काल्खु मेला सकियो: कालीकोटलाई भलिबलको उपाधि

स्याङ्जा, ८ बैशाख ।  स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ । जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरेको साबिक वडास्तरीय भलिबलको फाइनलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो ।उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । भने,… पुरा पढौ