साहित्य र कला

दुबईमा डि–मर्चाको धमाका

पोखरा, असार १ पोखरेली चर्चित ब्याण्ड डि–मर्चाले दुबईमा धमाका मच्चाएको छ । दुबईस्थित क्लव एसके सेभेनमा शनिबार आयोजित कार्यक्रममा गुञ्जिएको डि–मर्चाले ऐतिहासिक दर्शकमाझ धमाका मच्चाएको हो । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा आयोजित कार्यक्रममा यसअघिका कार्यक्रम भन्दा बढी दर्शक आउँदा रौनकता नै छुट्टै भएको थियो । जहाँ डि–मर्चाले आफ्ना दर्जन भन्दा बढी चर्चित गीतहरु गुञ्जाउँदा दर्शकहरु मज्जाले रमाएका थिए । हल भरिएको थियो,आयोजक आरएस इभेन्टका रविन श्रेष्ठले भने,‘सबै टेबलहरु बुक भएका थिए । दर्शकले… पुरा पढौ

दुबईमा शनिबार गुञ्जिदै डि–मर्चा

पोखरा, जेठ ३० पोखरेली चर्चित ब्याण्ड डि–मर्चा भोलि शनिबार दुबईमा गुञ्जिने भएको छ । डि–मर्चा दुबईस्थित क्लव एसके सेभेनमा गुञ्जिने डि–मर्चाका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा रहेको छ । आरएस ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम शनिबार राती ८ बजेदेखि शुरु भएर ३ घण्टाचल्ने चल्ने उनले बताए । प्रस्तुतीका लागि डि–मर्चा दुबई पुगिसकेको छ । शुक्रबार विहान ५ बजेको फ्लाईटबाट डि–मर्चाका चार जना सदस्य नै दुबई पुगेको व्याण्डले जनाएको छ… पुरा पढौ

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा , २३ जेठ त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् ।६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका मित्रजन,… पुरा पढौ

फिल्म ‘शिवांश-च्याप्टर १’ को छायांकन अन्तिम चरणमा

पोखरा डेब्यु निर्देशक सन्तोष कुमार आत्रेयको निर्देशनमा चलचित्र 'शिवांशस् च्याप्टर १' को छायांकन अन्तिम चरणमा पुगेको छ। पोखरा वरपरका प्रमुख पर्यटकिय तथा धार्मिक स्थलहरूमा चलचित्रको छायांकन भइरहेको र अहिलेसम्म ७० प्रतिशत छायांकन सकिएको निर्देशक सन्तोष कुमार आत्रेयले जानकारी दिए । चलचित्र छायांकनका लागि ४५ जनाको टोली यतिबेला पोखरामा रहेको छ ।भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि उत्तिकै सान्दर्भिक रहेको विषय वस्तुलाई चलचित्रमा कलात्मक रूपले प्रस्तुत गरिएको निर्देशक आत्रेयले बताए । फिल्ममा समाज वरिपरि कै कथा र त्यस बिचमा हुने… पुरा पढौ

पोखरामा ‘देवेन्द्र के.सी. “देबु” गजल साँझ’ सम्पन्न

पोखरा, जेठ १७ नेपाली गजल साहित्यमा विशेष योगदान पुर्‍याउँदै आएका गजलकार देवेन्द्र के.सी. “देबु” का गजलहरूको प्रस्तुति ‘गजल साँझ’ शनिबार पोखरामा सम्पन्न भएको छ।नेपाल पर्यटन बोर्ड, पार्दीको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा देबुले आफ्ना उत्कृष्ट गजलहरूबाट चयन गरिएका केहि रचनाहरू प्रस्तुत गरे। कार्यक्रममा गायक संगीतकार सन्तोष श्रेष्ठले गजलकार देबुद्वारा रचित ७ वटा गजल गाउनु भएको थियो। जसले उपस्थित स्रोता–दर्शकको मन जितेको थियो।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशद्वारा आयोजित सो गजल साँझमा पोखराका अग्रज साहित्यकार सरुभक्त, बरिष्ठ गायिका हरीदेवी कोइराला, सार्क… पुरा पढौ

‘कान्छी’ले दर्शक, श्रोताको मन जितेपछि ‘कान्छी २’ ल्याउँदै रोहनजंग

श्रृष्टि भट्ट पोखरा, जेठ ८ पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ बोलको गीत चाँडै आउने भएको छ । यसअघि २०७७ सालमा ‘कान्छी’ गीत रेकर्ड गरेका कार्कीले ‘कान्छी २’ रेकर्ड गरेका हुन् । विराज गौतमको रचना, कम्पोज र एरेन्जमा तयार भएको गीतमा गायक कार्कीले स्वर भरेका छन् । सिजन बज्राचार्यले गीतको रेकर्ड गरेको उनले बताए । रोमान्टिक शैलिमा निर्माण गरिएको ‘कान्छी’ गीतले दर्शक, श्रोताको मन जितेकाले ‘कान्छी २’ निर्माण गरेको उनको भनाई छ । ‘कान्छी २’ गीतको चाँडै नै भिडियो बनाईने… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठानले कविता प्रतियोगिता गर्ने

पोखरा मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा वि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए ।यही जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मा वि, लामाचौर , अन्नपूर्ण आ वि, अर्मला ,… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंहको दरखास्त

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्ति अहिले चर्चाको विषय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठानको लागि कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्य पदका लागि २०८२ साल बैशाख २७ गते दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्त आह्वानसंगै चर्चा र विवाद बनिरहेको रहेको प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंह ठकुरीले पनि आवेदन दर्ता गरेका हुन् । मन्त्रालयले राखेको प्रावधान अनुसार प्राज्ञ ठकुरीले आवेदन दर्ता गरेका हुन् । मन्त्रालयले तोकेको मापदण्ड अनुसार प्रतिष्ठानको कुनैपनि… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा चलखेल : आफ्नो मान्छे नियुक्त गर्न मुख्यमन्त्रीले गरे जालझेल !

पोखरा, जेठ १ गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा शुरुदेखि नै चलखेल भएको छ । प्रतिष्ठानमा दोस्रो कार्यकालका लागि पदाधिकारी नियुक्त गर्नका लागि सूचना प्रकाशित भएदेखि नै चलखेल शुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू अनुकुल मान्छे ल्याउन पदाधिकारीका लागि कार्यविधि बनाउन लगाएर आवश्यक मापदण्ड नै परिवर्तन गर्न लगाएको सूचना चुहिएको छ । यसअघिको सरकारले ऐनमा टेकेर पदाधिकारी तथा प्राज्ञ सभा सदस्य नियुक्त गरेको थियो । यसपटक त्यसरी गर्दा आफूले चाहेको व्यक्ति नआउने देखेपछि मुख्यमन्त्री पाण्डेले चलखेल गरेर… पुरा पढौ

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ, बेलायत र जापानमा पनि रिलिज हुने

सीता परियार/ राधिका गहतराज पोखरा । नेपाली चलचित्र 'पुर्खाको थलो' आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो। निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले… पुरा पढौ