साहित्य र कला

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो । प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको… पुरा पढौ

नेपाली लेखक संघ गण्डकीमा दीपक समिप

नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की) , महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की) , महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत) , कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहँु) , सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की ), केशव अमगाइ (गोरखा) , अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्।् । नेपाली लेखक संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक संघका केन्द्रिय सदस्य अमृत क्षेत्री… पुरा पढौ

आशिष दियालीको शब्द र संगीतमा ‘झरी’ गीत सार्वजनिक

गायक आशिष दियालीको शब्द र संगीतमा तयार भएको ‘झरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गायक खेम ढकाल र गायिका कविता बराइलीले आवाज दिएका छन्। दुबैको मधुर र भावनात्मक गायनले गीतलाई थप प्रभावकारी बनाएको छ। गीतको म्युजिक भिडियो पोखराका विभिन्न सुन्दर स्थानहरूमा छायांकन गरिएको हो। भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। प्रेम भावना र कथानकलाई सहज तरिकाले प्रस्तुत गरिएको यो भिडियोमा कलाकारहरूले स्वभाविक अभिनय देखाएका छन्।भिडियोमा भ्लगर सन्तोष दुवाडी, कविता अधिकारी र सबिन गायकको भूमिका प्रमुख छ । जसमा… पुरा पढौ

लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

पोखराको लेकसाइडमा सञ्चालनमा आएको लेभल्स क्लबले विशेष साँगीतिक साँझ गर्ने भएको छ । गत वर्षको मंसिर २७ गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको क्लबले एक वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा यही मंसिर २७ गते शनिबार विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न लागेको क्लबका सञ्चालक अमित रोक्काले जानकारी दिए । सञ्चालक रोक्काका अनुसार वार्षिकोत्सवमा आन्तरिक तथा वैदेशिक पर्यटकलाई लक्षित गर्दै थप आकर्षक मनोरञ्जनका प्रस्तुति रहनेछन् ।क्लबमा रेस्टुरेन्टसहितको डिस्को, लाइभ डिजे शो, लोकप्रिय कलाकार निसान पुन, ‘घोरेपानी डाँडैमा गीतका गायक चन्द्र पुन,… पुरा पढौ

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार

पछिल्लो समय एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष पूर्णबहादुरको सारङ्गीले एतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मङ्सिर २० गतेसम्मको तथ्याङ्कअनुसार चलचित्र परानले करिब रु १७ करोडको व्यापार गरेको छ । गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रले घरेलु बजारमा रु १६… पुरा पढौ

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ । तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन् ।… पुरा पढौ

स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस आज

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित छन् । ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत… पुरा पढौ

प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि

पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ । विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ सय बढि साहित्यकार र एउटै मञ्चमा देखा पर्नेछन् । दुई दिने महोत्सवमा देशभरका चर्चित कवि, लेखक, कलाकार तथा स्रष्टाहरूको उपस्थिति रहनेछ। ‘मौलिक पहिचानको संरक्षण र… पुरा पढौ

साठी घरे पराजुली,पौडेल बन्धु र अलना अधिकारीले गरे कुल पुजा

धान्य पुर्णिमाको दिन आज बिभिन्न समुदायले परम्परागत रुपमा कुल पुजा गरेका छन् । पोखरामा बसोबास गर्दै आएका साठी घरे पराजुलीले पनि धुमधामका साथ कुल पुजा गरेका छन् । पोखरा १ खरबारीमा रहेको कुल देवता मन्दिरमा पुगी उनीहरुले विधिपुर्वक पुजा आजा गरेका हुन् । अघिल्लो दिन नै चोखो नितो गरी पुर्णिमाका दिन प्रत्येक साठी घरे पराजुलीका घरबाट पितृको सम्झना स्वरुप टाँगो सहित फुल अक्षता कुल मन्दिरमा लगि चढाउने प्रचलन रहेको साठी घरे पराजुली समाजका अध्यक्ष विश्वगोपाल पराजुलीले जानकारी दिए । पुजामा… पुरा पढौ

एक लाख राशीको नेवाः रत्न सिरपा पुरस्कार भैरब संस्कृति संरक्षण समितिलाई अर्पण

पहिलो संस्करणको कास्की नेवाः रत्न सिरपा पुरस्कार पोखराको भैरब संस्कृति संरक्षण समितिलाई प्रदान गरिएको छ । नेवा खलः कास्कीले स्थापना गरेको १ लाख रुपैयाँ राशीको उक्त पुरस्कार शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बिच भैरव टोल स्थित भैरब संस्कृति संरक्षण समितिलाई अर्पण गरिएको हो । २०२९ सालदेखि निरन्तर रुपमा भैरब नृत्य, संस्कार र विभिन्न साँस्कृतिक पक्षहरुको संरक्षण र प्रवर्धन गर्दै आएको सो समितिलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार, संस्कृतिविद तुलसी दिवशले अर्पण गरेका हुन् । समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गलाई पुरस्कार अर्पण गरिएको… पुरा पढौ