साहित्य र कला

दर्शकका माझमा आयो चलचित्र ‘हर्ष’

शुक्रबारदेखि एकता पौडेलको डेव्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘हर्ष’ प्रदर्शनमा आएको छ। पारिवारिक कथालाई केन्द्रमा राखेर निर्माण भएको हर्षले देशभर करिब १०० शो पाएको छ । चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ। अष्टलक्ष्मी प्रोडक्सन्स् र ई प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो। चलचित्रको बुधबार प्रिमियर शो गरिएको… पुरा पढौ

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

“म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्षमा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिनुभएको जिम्मेवारीले अहिले पूर्णताः पाएको छ । पेमलाले नारायण गोपालको उक्त उद्गारलाई नारायण गोपाल सङ्गीत कोषद्वारा प्रकाशित ‘बागीना’ को स्मृति अङ्कको संस्मरणमा लेखेकी छन् । नारायण गोपालको उक्त सुरमय सपना महाराजगञ्जस्थित नवनिर्मित ‘गीत गङ्गा’ भवनले… पुरा पढौ

बक्स अफिसको स्वाद चाँख्दै, परानका कान्छा महेश

चलचित्र परानले यतिबेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । परानमा धर्मनाथ नीर शाहका कान्छा छोराको रुपमा अभिनय गरेका गोपीनाथ अर्थात महेश त्रिपाठी बिचका संवादहरुले चलचित्र हलमा आउने दर्शकहरुका आँखा रसाएका छन् । चलचित्र हेरेर वाहिर निस्केका अधिकांस दर्शकहरुमा परानका परान बनेका महेश अहिले सबैतिर चर्चामा छन् । फरक फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जिवनकै ठुलो सफलता दिलाएको छ । हल्कारामा हुलाकीको पात्रमा हुदा अमेरिकाको पुरानो प्रतिष्ठीत अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका महेश बक्सअफिसको स्वाद… पुरा पढौ

जेरी अन टप’को रेकर्ड परानले तोड्यो

दीपकप्रसाद अचार्यको निर्देशनमा बनेको फिल्म ‘परान’ ले ‘जेरी अन टप’ को रेकर्ड तोडेको छ। बरिष्ठ कलाकार नीर शाहको मुख्य अभिनय रहेको परानले अनमोल केसी अभिनीत जेरी अन टपलाई उछिन्दै यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो।सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट अनुसार मंसीर ६ गते रातिसम्मको तथ्यांकका आधार ‘परान’ ले भने २३ दिनसम्म १४ करोड १६ लाख ५१ हजारको आकंडा पार गरेको छ भने ‘जेरी अन टप’ ले एक महिनाभर १२ करोड ९७ लाख ४८ हजारको व्यापार गरेको… पुरा पढौ

चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न सहरमा प्रदर्शन

चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारदेखि भारतमा प्रदर्शन गरिएको छ । भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईका अनुसार भारतको दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आइएनओएक्स गान्तोक तथा सिलिगुडीका सिनेमा सिटीसेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमामा चलचित्र प्रदर्शन गरिएको हो । नयाँदिल्ली, असामलगायत स्थानमा भने आगामी हप्ता प्रदर्शन गरिने जनाइएको छ । गायक सुजन चापागाईं, निर्देशक नवीन चौहान, अभिनेता–अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ र कालिम्पोङका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट… पुरा पढौ

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा चलचित्र निर्माता उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार काठमाण्डौंमा सम्पन्न निर्वाचनमा सुब्बाले अध्यक्ष पदका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरेका हुन्। सुब्बाले १ सय ५३ मत पाउँदा थापाले १ सय २७ मत पाए। महासचिवमा कलाकार खगेन्द्रप्रसाद लामिछानेले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गर्दै निर्वाचित भए । संघको उपाध्यक्षमा ज्योतिराज राई निर्वाचित भएका छन्। रौनक विक्रम कँडेल भने निर्विरोध भए। खगेन्द्र लामिछाने महासचिव पदमा निर्वाचित हुँदा सचिवमा युवराज गिरी निर्वाचित भए । कोषाध्यक्षमा… पुरा पढौ

संगीत र पर्यटन सम्बन्धी गोष्ठी र हाइकिङ ताङतिङमा सम्पन्न

हाइकर्स क्लब नेपालले आयोजनामा संगीत र पर्यटन सम्बन्धी गोष्ठी सहित हाइकिङ कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रमका प्रमुख अतिथि, राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य प्रमिस सिवाकोटीले कार्यक्रमको उद्घाटन गर्दै संगीत, संस्कृति र पर्यटन एक–अर्काका पूरक छन् भन्दै यस्तै कार्यक्रमहरूले स्थानीय कला, संस्कृति र गन्तव्यको प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले ताङतिङ जस्तो पर्यटन क्षेत्रले संगीतको माध्यमबाट अझै धेरै सम्भावना बोकेको बताउँदै संघीय संरचनामा स्थानीय तहले पनि सांस्कृतिक पर्यटनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको… पुरा पढौ

अभौतिक सांस्कृतिक सम्पदाको अध्ययनसहित कानून निर्माण गछौं ः मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश सरकारले संस्कृतिको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानमार्फत… पुरा पढौ

लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित

लोक साहित्य परिषद ललितपुरले पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका परिषदले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार अमात्यलाई सम्मान गरेको हो । परिषदले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा चन्द्रा बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।भाषा, कला, साहित्य तथा संस्कृतिको… पुरा पढौ

कास्की आइडलमा गायनतर्फ २० र नृत्यतर्फ १५ जना छनोट

रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै विम्वकवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई… पुरा पढौ