साहित्य र कला

चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट

मनाङ । चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो । हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थालेको निर्माण पक्षको भनाइ छ । यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन् । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट… पुरा पढौ

म्याग्दीमा चोयाका सामान बनाउने सीप युवालाई संरक्षण र हस्तान्तरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो । केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिए। “छजना महिलासहित ३० जनालाई तालिम दिएका हौँ”, उनले भने, “निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली,… पुरा पढौ

पद्याप्रेम थिएटरको पहिलो प्रस्तुतीः यही १८ गतेबाट “धनीरामको गोरु”मञ्चनको तयारी

पोखरा । यही माघ १८ गतेबाट पोखरामा धनिरामको गोरू नाटक मञ्चन हुने भएको छ । पोखरा स्थित पद्याप्रेम थ्रियटरले आफ्नो पहिलो प्रस्तुतिका रुपमा धनिरामको गोरू नाटक मञ्चन गर्न लागेको हो । यही माघ २७ गते सम्म हुने नाटकका लागि टिमका सम्पुर्ण नाट्यकर्मीहरुले तयारी गरिरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । उक्त १० दिनमा १२ सो मंचनको तयारी भईरहेको थ्रियटरका अध्यक्ष सावित्रा पाठकले जानकारी दिईन् । उनका अनुसार प्रत्येक दिन बेलुका ५ बजेबाट नाटक मञ्चन हुने छ भने… पुरा पढौ

ढुङ्गामा कला भर्दै गोविन्द बोटे

मध्यविन्दु । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन्। बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन् । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन् । खोलाका… पुरा पढौ

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

माघ १४ पोखरा । नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए । सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य… पुरा पढौ

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पोखरा । नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए । सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले… पुरा पढौ

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा अरुणा लामा र तारादेवी स्मृति साँझ भव्यताका साथ सम्पन्न

पोखरा । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो । साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीमा एभरेस्टकर्मी श्रेष्ठसहित सात पत्रकार सम्मानित

माघ १२ पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा एभरेस्टकर्मी सन्देश श्रेष्ठसहित सात जना पत्रकार सम्मानित भएका छन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा एभरेस्टकर्मी श्रेष्ठ टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका हुन । उनीसँगै २०८० बाट आर्दश समाज दैनिकका पत्रकार प्रकाश ढकाल सम्मानित भए । सो पुरस्कारको राशी नगद रु. २० हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै, गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर) र २०८०… पुरा पढौ

मगर खाम गायक गोपाल र गायिका सुमित्राले छमछमी नचाए निसेल दर्शक

पोखरा । मगर खाम गायक गोपाल पुनमगर (सिङरोन) र गायिका सुमित्रा बुढामगरले निसेल दर्शकलाई छमछमी नचाएका छन् । माघेसंक्रान्तिको अवसरमा बागलुङको निसीखोला ६ भल्कोटमा आयोजना गरिएको साँस्कृतिक तथा ऐतिहासिक पुतली मेलाका अवसरमा उनीहरूले निसेल दर्शकलाई नचाएका हुन् । पछिल्लो समयमा मगर खाममा “जोस लेउ,होस लेउ ङा धापा ङालेउबेलाक”,“सी यु पराती ”लगायतका बोलको गीत गाएर लाखौँ युवा र बुढापाकाको रोजाईमा पर्न सफल भई चर्चा कमाएका गायक गोपाल पुनमगरले निसीखोलामा पनि निकै दर्शकलाई नचाएका छन् । सोही अवसरमा उनले आफ्नै आवाज र… पुरा पढौ

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान… पुरा पढौ