साहित्य र कला

दोस्रो गण्डकी लोकतारा जेठ ९ मा, विजेताले ५५ हजार पाउने

पोखरा । गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यसहित ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा ग्राण्ड फिनाले गर्ने तयारी गरेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका प्रतिस्पर्धी सहभागी हुने प्रतिष्ठानले जनाएको छ । लोकसंस्कृति, मौलिकता र लोकभाकाको संरक्षणसँगै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।… पुरा पढौ

‘छ्याँबा सैँ’ लिएर आइन् हिमकला

सांगीतिक क्षेत्रमा ममता गुरुङ नामले परिचित गायिका हिमकला गुरुङको नयाँ गुरुङ गीत ‘छ्याँबा सैँ’ (सुन्दर मन) सार्वजनिक भएको छ । माया र प्रीतिका मीठा भावनाहरुले बुनिएको यो गीतको भिडियोलाई मादी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ याङ्जाकोट र आसपासका रमणीय प्राकृतिक दृश्यहरुमा आकर्षक ढंगले कैद गरिएको छ । कमलबहादुर गुरुङको शब्द, संगीत र निर्देशनमा तयार भएको यस गीतमा गायिका हिमकलालाई स्वरमा गायक राजबहादुर गुरुङले साथ दिएका छन् । भिडियोमा निर्देशक स्वयम् कमलबहादुर गुरुङ र पवित्रा गुरुङको प्रमुख नृत्य अभिनय देख्न सकिन्छ, जसलाई… पुरा पढौ

स्याङ्जामा कविहरुको सिर्जना वाचन

स्याङ्जाको चिया घर आइतबार सिर्जनामय बन्न पुग्यो । स्याङ्जासहित आसपासका ठाउँबाट त्यहाँ पुगेका स्रष्टाहरुले बाचन गरेका सिर्जनाले त्यहाँको माहौल नै साहित्यीक बनेको थियो । साहित्यीक अभियान अन्र्तगत स्याङ्जाली नारीद्वारा आयोजित, “नियमित भेटघाट तथा सिर्जना वाचन” समारोहमा स्याङ्जाली साहित्यकाशका मुर्धन्य व्यक्तिहरुको सहभागिता समेत रहेको थियो । संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालको सहजीकरणमा भएको कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव एवं युवा स्रष्टा मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ् स्याङ्जाका अध्यक्ष यमकान्त खनाल र सचिव श्यामप्रसाद ढुङ्गाना, जेष्ठ नारी स्रष्टा दमकला बगाले,अग्रज… पुरा पढौ

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्। बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् । तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना एक्यापले जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए । यो पर्वका अवसरमा… पुरा पढौ

पोखरामा सात सालको कथा माथि परिचर्चा

पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा माथि परिचर्चा गर्दै सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा भएको सो कायैक्रममा बोल्दै परिचर्चाकार प्रा। डा। कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । उनले सो कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृति तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि कृतिको महिमा गर्विलो बनेको… पुरा पढौ

गायिका मिलन नेवारले दिनेछिन्, पोखरा स्पोर्टस् अवार्डमा प्रस्तुती

चर्चित गायिका मिलन नेवारको प्रस्तुतीमा पोखरेली दर्शक रम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’दशौं रारा पोखरा स्पोर्टस् अवार्ड २०८२’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका नेवारको प्रस्तुती रहने भएको हो ।यहीं वैशाख ३१ गते बिहीबार दिउँसो ३ बजेबाट पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा मिलनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन् । कार्यक्रम हेर्नको लागि… पुरा पढौ

नेपाली सिनेमा र कन्टेन्ट क्रिएसनबीचको बहस ः क्यारेक्टर र व्यावसायिकतामा जोड

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ गाउँमा भएको सिनेमा संवादमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर गहन छलफल गरिएको छ । संवादको अन्तिम सत्रका रुपमा भएको छलफलमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारीसँग चलचित्र पत्रकार सन्ध्या थापाले भलाकुसारी गरेकी थिइन् । छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गरिन् । उनले भनीन्, ‘मुभी पनि आफैँमा एउटा कन्टेन्ट नै हो, यो अलि लामो… पुरा पढौ

कास्कीको पर्यटकीय ल्वाङ गाउँमा सिनेमा संवाद सुरु

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद सुरु भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी उद्घाटन गरिन् । कार्यक्रम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले सिनेमाले समाजको कथा भन्ने भएकाले समाज रुपान्तरण र चेतना परिवर्तनमा संवाहक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो त आमसञ्चारको एउटा यस्तो सशक्त माध्यम हो, जसले बहुसंख्यक नागरिकलाई समाजको कथा भन्छ र ऐना देखाउँछ,’ उनले भनीन्, ‘हामी भन्ने गर्छौँ— कलाकार राज्यका गहना… पुरा पढौ

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको जानकारी दिए । उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उनले बताए । उनले भने, “आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भानुघर निर्माणका लागि बजेट प्रस्ताव गरिएको… पुरा पढौ

ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै

कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो। यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।संघका… पुरा पढौ