साहित्य र कला

पोखरामा घुम्ती साहित्य उत्सव, महानायक हमाल पनि सहभागी हुने

प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ । एकदिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्नेछन् । कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ । महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन… पुरा पढौ

दर्शकले रुचाए,चलचित्र ‘वरिष्ठ बलराम’लाई

तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिए । अभिनेता बराल र दयाहाङ राई, अभिनेत्री सम्वृद्धि बरालसहितका कलाकार टोलीले चलचित्र हेर्नआएका दर्शकमाझ साक्षात्कार गर्दै चलचित्रको सवल र दुर्वल पक्षका बारेमा जानकारी लिइरहेको देखिन्थ्यो । अभिनेता बरालले भने,“टीकाको दिन भए पनि केही चलचित्र हल पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । हामीले एउटा सामाजिक… पुरा पढौ

गायिका नितु पौडेलको मृत्यु,गायक बाबुल गिरी विरुद्ध प्रहरीमा उजुरी

आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको हो। गायिका पौडेलको मृत्युका विषयमा आफन्तले प्रहरीमा उजुरी दिएका छन् । शुक्रबार दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको हो मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।उनको मृत्युपश्चात् गिरी… पुरा पढौ

चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका

नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीत सङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जाने क्रम बढेको देखिन्छ । चलचित्र सफलताको श्रेय पटकथालाई दिनेगरे पनि प्रचारप्रसार र दर्शक आकर्षित गर्ने तत्वका रुपमा गीत सङगीत क्षेत्रलाई जान्छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र सफल हुनुमा गीत सङ्गीतको महत्वपूर्ण भूमिका थियो । किनकि… पुरा पढौ

नेपाल संवत ११४६ को स्वागतार्थ पोखरामा निकालियो बृहत भिन्तुना र्याली

सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४६ को स्वागतार्थ पोखरामा बृहत भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा शितलादेवी नेवाः पुच, पोखरा–१२ र सिसुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा बुधबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । ¥याली अघि पोखरा–३ नारायणस्थान मन्दिर नजिकै रहेको बिरेन्द्र स्मृति पार्क भित्र रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो । नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी… पुरा पढौ

साहित्यकार पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ पोखरामा लोकार्पण

शिशिर उजाडपोखरा साहित्यकार तोयनाथ पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ नामक स्मृतिग्रन्थको पोखरामा लोकार्पण गरिएको छ । घान्द्रुक समाज युके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज जापानको संयुक्त प्रकाशनमा तयार गरिएको यो ग्रन्थ घान्द्रुकमा लेखकले बिताएका जीवनका महत्वपूर्ण १४ वर्षको जीवित दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ ।पुस्तकको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका वडा नं। १० का अध्यक्ष गौतम गुरुङ, संरक्षणविद् डा। हुम गुरुङ, मेश्रम वराह माविका सहायक प्रधानाध्यापक सुभ गुरुङ, पूर्व वडाध्यक्ष कुमार गुरुङ, शिक्षसेवी कृष्ण पौडेल, लेखकका धर्मपत्नी… पुरा पढौ

म पागल

सुशील देवकोटा म म पागलहो, म पागल भएँ,तर यो मूर्खता होइन,चेतनाको ज्वार हो,देशको छातीमाथि दौडिएको यो कालो छायाँ,त्यही छायाँ भित्रको सत्य हो,जसले मलाई जलायो।जसले मलाई पागल बनायो। आफ्नै माटोको मोह त्यागेर क्षितिज पारि दौडिनेहरूको लर्को,के त्यो यात्रा होरुहोइन, यो त उडेर गएको भविष्य हो।ती भिसाका कागजहरू होइनन्, ती त टुटेका विश्वास हुन्। हातमा सीप, मुटुमा सपना,तरतर पाइला पराई भूमिमा,म पागलकिनकिमैले देखें उज्यालोले अँध्यारो छाडेको।मैले देखें नेपालीले नेपाल छाडेको गाउंघर हेरगाउँघरको मौनता हेर।।।त्यो मौनता होइन, त्यो त रोदन हो।रित्ता आँगनहरूमा नाचेको… पुरा पढौ

पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर, गाउँ भने सुनसान जस्तै

शिशिर उजाडपोखरा तिहार भित्रिएपछि पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा काग तिहारको दिन देखि नै भैलो खेल्न थालेका छन् । कास्की प्रशासनले राती १० बजे पछि देउँसी भैलो खेल्न रोक लगाए पछि दिउँसो देखि नै बिभिन्न समुहको नाँच गानले बजार गुञ्जने गरेको छ । ससाना बालबालिका पनि पाँच सात जनाको समुह बनाएर पसल पसलमा पुगी देउँसी भट्याएर रमाईलो गरिरहेको देखिन्छ । परम्परा, सँस्कृति र इतिहास झल्कने गरी नृत्य सहितको देउँसी भैलो कमै… पुरा पढौ

पोखराको ड्यामसाइडमा कार्तिक २ गते दीपावली सांगीतिक साँझ हुने

पोखरा १७ ड्यामसाईडमा आइतबार नवौँ संस्करणको दीपावली सांगीतिक साँझ २०८२ हुने भएको छ । ड्यामसाईड क्लवको आयोजनामा काग तिहारको दिन बिगतका वर्षहरुमा झै यस वर्ष पनि दीपावली सांगितिक साँझ हुन लागेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए । आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे ९ः०० बजेसम्म सञ्चालन हुने उनले जनाए। संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउऔं भन्ने मूल नारासहित कार्यक्रम गर्न लागिएको हो । खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेललाई प्रमुख… पुरा पढौ

सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि हलहरुमा

विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ । चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पु¥याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले बताए । आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन… पुरा पढौ