साहित्य र कला

पोखरामा ‘नेपथ्य लाईभ कन्सर्ट’ भोलि

पोखरा । पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ । पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ पोखरामा भोलि सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको हो । पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । लाईभ कन्सर्टमा नेपथ्य करीब तीन घण्टा गुञ्जिने जनाइएको छ । कन्सर्टको तयारी पूरा भएको आयोजकले जनाएको छ । आफ्नो प्रस्तुतीमार्फत छुट्टै पहिचान बनाएको नेपथ्यको पोखरामा यो नवौं लाईभ कन्सर्ट हो । कन्सर्टका… पुरा पढौ

लिटरेचर फेस्टिभल : किन सुध्रेन नेपालमा फिल्म समीक्षा ?

पोखरा । पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको थियो। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए। फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए। स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन्। तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन्।… पुरा पढौ

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले

पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ। गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड… पुरा पढौ

बर पिपलमा गाला डिनर विद लाईभ म्युजिक

पोखरा । पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिइन् । साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बताइन् । ‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ… पुरा पढौ

मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो : केपी शर्मा ओली

तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?छानेर नि हैन, हैन जानी जानीतर जन्मे नेपालमैमत भाग्यमानीकति भाग्यमानीभर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ ।भाग्यमानीको दुई वटा अर्थ हुन्छ ।एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धी स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं हामी ।यसै… पुरा पढौ

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?

पोखरा । कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् । पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र अधिकारकर्मी प्रदीप परियारबीच अन्तरक्रिया भएको थियो । सत्रलाई किरण… पुरा पढौ

पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

पोखरा । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो । पुस्तकका बारेमा बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले यो पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरु भरेको बताए । उनले भने, ‘यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ… पुरा पढौ

‘कस्तो पोखरा, कस्तो बनाउने ?’

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पत्रकार अमृत सुवेदीले प्रश्न गरे, ‘कुनै पंखा बेसरी घुम्छन् तर हावा दिँदैनन् । तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ । तर जनताले परिणाम देख्न पाएका छैनन् । पोखराको कामले छोरी भेट्न फुर्सद छैनन भन्नुभयो । केही समयअघि सकिएको विश्वकप तपाईंले ठूलो स्क्रिनमा सहरमा देखाउनुयो । अब पोखराको उपलब्धि ठूलो स्क्रिनम कहिले देखाउने ?’ पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ‘कस्तो पोखरा’नामक सेसनमा सहजकर्ता सुवेदीले मेयर आचार्यलाई सोधेको सुरुवाती प्रश्न थियो यो । उक्त बहसमा मेयरसँगै… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभलको एक दशक :दशौँ संस्करणको सुरुवात

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए। उनले ’नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक÷सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। “सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र… पुरा पढौ

कवि शिरोमणी पौडेलका अठार कविता वाचन

पोखरा । यही पुस ७ गतेदेखि शुरु हुने १८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा अठार कविले अठार कविता वाचन गरेका छन।कवि शिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर पौडेलद्वारा रचित अठार कविता अठार जना कविहरुले वाचन गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार सरुभक्त श्रेष्ठले कवि शिरोमणि लेखनाथ पौडेल कविहरुका पनि कवि भएको बताउँदै उनको सम्मानकालागि यही छेत्रका व्यक्तित्वहरु लाग्नुपर्ने बताए । कार्यक्रममा कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्व स्मृती’, डा. इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवन सागर भण्डारीले ‘गौथलीको चिरीबीरी’, अमृता पोख्रेलले… पुरा पढौ