साहित्य र कला

गोविन्दसिंह भण्डारी निर्देशित फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक

काठमाण्डौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा… पुरा पढौ

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुने

पोखरा, माघ १८ पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना हुने भएको छ । पोखरेली गायीकाहरुको साझा संस्था हार्मोनी (द मोडर्न सङ्ग्स्ट्रेसेस अफ पोखरा) र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा यहि माघ २२ गते पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुने भएको हो । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवस माघ २२ गते पारेर कार्यक्रम गर्न लागिएको आयोजक मध्येको एक एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि कालजयी गायीका तारादेवीको माघ ९ गते स्मृति दिवस परेपनि अरुणा लामाको… पुरा पढौ

प्रमोद खरेलको कन्सर्टको भिडमा च्यापिएर ९ जनाबढी घाइते, कार्यक्रम स्थगित

माघ १४ धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम… पुरा पढौ

आमा मै हुँ तिम्रो कविता …

“जब मकविता लेख्न बस्छुमेरो छोरालेकलम खोस्छकापीमाथि आसन जमाउँछरमौन भाषामा भनेझैँ लाग्छ“आमा मै हुँ तिम्रो कविता ।।।” माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी थिइन । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’ अभियानको यो एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उनलाई उभ्याएको अभियानका संयोजक युवा साहित्यकार… पुरा पढौ

पोखरामा बिक्रमभक्त जोशीको “चोभार ब्लुज” माथि परिसम्वाद

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिको आयोजनामा शुक्रवार पोखरामा चोभार ब्लुज माथिको परिसंवाद सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रकाश सायमीले चोभार ब्लुजले नेपाली साहित्यमा नयाँ आयाम र अध्याय थपेको बताए । सायमीले कृति नामकरणमा आगन्तुक र वैदिक सनातन संस्कारले प्रभाव पार्दै आएको बेला बिक्रम भक्त जोशीको कृति यी दुवै अध्याय भन्दा अध्ययन र चिन्तनले माथि रहेको धारणा राखे । परिसंवादका सहजकर्ता साहित्यकार दीपक पराजुलीले चोभार ब्लुजका १९ वटा निकथा केन्द्रित विविध जिज्ञासा राखे… पुरा पढौ

मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी

पुस २८ पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने “मगर सांस्कृतिक उत्सव–२०७९”को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिए । असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अभिनेत्री कविता आलेमगर र पत्रकार रूद्रबहादुर श्रीसमगरलाई सम्मान गरिन लागेको अध्यक्ष सारूमगरले जानकारी दिए । त्यसैगरी, कार्यक्रममा चर्चित कलाकारहरू ज्योति मगर, कुमार पुनमगर, गीता पाइजामगर र नवीन रानामगरलगायतका कलाकारको प्रस्तुती… पुरा पढौ

घान्द्रुकको वृत्तचित्र बेलायतमा प्रदर्शन हुने

पुस २८ पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन भएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक… पुरा पढौ

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

वेद व्यासले संस्कृत भाषामा रचना गर्नुभएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त हुनुभएका डा बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेका हुन्। शिव पुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उनले प्रकाशन गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गरेका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाएका थिएन । त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि… पुरा पढौ

टेस्ट अफ हार्मोनीको चौथो सँस्करणः धुनहरुमा दीपानारायण, पुष २९ गते हुदै

पोखरा । पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम “टेस्ट अफ हार्मोनी” हुने भएको छ । पुस २९ गते शुक्रबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । “हार्मोनी”ले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै “धुनहरुमा दीपानारायण झा” राखेको छ । सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र… पुरा पढौ

हिमालय क्लव, पोखरा १६ को आयोजनामा हुने ऐतिहासीक भैरव नाचको तयारी पुरा

पोखरा । हिमालय क्लव पोखरा १६ को आयोजनामा यहि पौष २३ गते पोखरा १६ वाटुलेचौरको मैदानमा आयोजना हुन गईरहेको ऐतिहाँसीक भैरव नाचको तयारी अन्तिम चरणमा पुगेको छ । नृत्यलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि क्लवका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति समेत गठन भएको छ ।गठित समितिको उपसंयोजकमा नेवाः खल वाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ र क्लवका सल्लाहकार कुमार श्रेष्ठ रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा क्लवका निवर्तमान अध्यक्ष मोहनबहादुर थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समूहका अध्यक्ष मनु बस्नेत,… पुरा पढौ