पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउँदैछ । सोमबारदेखि शुक्रबारसम्म राष्ट्रिय कलाकारहरुसहितको सांगीतिक माहौलसँगै वार्षिकोत्सव मनाउने तमु कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक सुरेन्द्र गुरुङले जानकारी दिएका छन् । उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ । सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्तिमगर, २३ गते शिला आलेमगर र २४ गते चन्द्र शर्मालगायत सुरेन्द्र गुरुङ, अंसु गुरुङलगायत…
पुरा पढौ