साहित्य र कला

पोखराको भीमसेन टोलले जित्यो तायाःमचा नृत्यको उपाधि

पोखराको भीमसेन टोलस्थित भीमसेन टोल सुधार समितिले तायाःमचा नृत्यको उपाधि जितेको छ । मोहरिया–सिंहनाथटोल तायाःमचा समितिले पोखरामा शनिबार आयोजना गरेको तायाः मचा नृत्य प्रतियोगितामा भीमसेन टोलको तायाः मचा नृत्य टोलीले प्रथम स्थान प्राप्त गरेको हो । नेवाः खल कास्कीको तत्वावधानमा आयोजित प्रतियोगितामा तेर्सापट्टी तायाः मचा नाच समिति दोस्रो बन्यो । त्यस्तै, महेन्द्रपुल साँघुमुखस्थित महेन्द्रपुल तायाः मचा समिति तेस्रो बन्यो। नयाँबजार सांस्कृतिक समितिले शान्त्वना पुरस्कार हात पारेको छ । प्रतियोगिता अन्तर्गत रामकृष्ण टोलस्थित रामकृष्ण टोल तायाः मचा समितिले सर्वोत्कृष्ट वाद्यवादनको उपाधि… पुरा पढौ

हिमाली साँस्कृतिक परिवारको अध्यक्षमा ज्ञानबहादुर थापा सर्वसम्मत

पोखरा । नेपाली लोकसँस्कृति बचाऔं नाराका साथ २०५४ सालमा स्थापित हिमाली साँस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ।समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्षमा श्रीजंग गुरुङ, महिला उपाध्यक्षमा मनसुवा नेपाली, सचिवमा मनबहादुर९माधव० गुरुङ, सहसचिवमा डबिन गुरुङ, कोषाध्यक्षमा महादेव न्यौपाने र सहकोषाध्यक्षमा सबिन गुरुङ चयन हुनुभएको छ।यसरी नै सदस्यहरुमा इश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री(तेज केसी),संगिता आले, बसन्त थापा,युवराज गुरुङ, नितु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, बिक्रम थापा, हेमा परियार चयन हुनुभएको छ।कार्यसमिति… पुरा पढौ

सिटीवान टेलिभिजनले सास्कृतीक तीज गीत मेला गर्ने

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, खुल्ला तीज गीत प्रतियोगिता–२०७९” टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । जस अनुसार आउँदो भाद्र १० गते… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कारबाट लम्जुङका आश र कास्कीका उदय पुरस्किृत

पोखरा । कास्कीका पत्रकार उदयबहादुर अमात्य र लम्जुङका आश गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गर्दै आएको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ अर्पण गरिएको छ । स्व. पिता वेदमान गुभाजू र माता स्व. नेत्रकुमारी गुभाजूको स्मृतिमा युवा व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा स्थापित कञ्चन पत्रकारिता पुरस्कार फोनिजको २३ औं स्थापना दिवसको अवसरमा आज (शुक्रबार) अर्पण गरिएको हो । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुरस्कृतद्वय अमात्य र गुरुङलाई जनही दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरे । सो… पुरा पढौ

नेपाली डकुमन्ट्री ‘को–हजबेण्ड’लाई अमेरिकामा अवार्ड

पोखरा । गणेश पाण्डे निर्देशित डकुमेन्ट्री सहायक श्रीमान् (को–हजबेन्ड) ले अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड जितेको छ । अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो । बहुपतिप्रथामा आधारित डकुमेन्ट्रीको कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको छ । ३५ मिनेट लामो सो डकुमेन्ट्रीमा नेपालको हुम्ला लगायत केही हिमाली जिल्लामा विद्यमान घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलनको विषयलाई निर्देशक पाण्डेले… पुरा पढौ

पोखरामा पनि भक्तपुरको घिन्ता घिसी नचाइँदै

भक्तपुरमा सापारु (गाईजात्रा)को समय नाचिने बिशेष नृत्य घिन्ता घिसी पोखरामा पनि प्रदर्शन गरिदैछ । विश्व आदिवासी दिवसको अवसरमा भोली (मंगलबार) पोखरामा रहेको नेवाःहरुको सहभागितामा घिन्ता घिसी नृत्य समाबेस गरिदैछ । पोखरामा रहेको नेवाःहरुको सांस्कृतिक उत्थानका लागि सकृय संस्था नेवाः देय दबू कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको आयोजनामा घिन्ता घिसीको नृत्य प्रदर्शन गर्न लागिएको हो। नेपाल भाषा साहित्य तःमुज्या, येँ, यल व ख्वपको सहयोगमा नेवाः सांस्कृतिक आदान–प्रदान कार्यक्रम अन्तर्गत घिन्ता घिसी नृत्य पोखरामा प्रदर्शन गर्न लागिएको आयोजक देय दबूले… पुरा पढौ

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बाँस्तोलालाई

पोखरा । नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बाँस्तोलालाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिसबमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७९ का लागि रवीन्द्र बाँस्तोलालाई प्रदान गर्न लागिएको हो । गङ्गाधर पराजुली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा सरिता तिमिल्सिना पङ्गेनी, बोधराज कार्की, विजय भण्डारी एवं युनियन कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल पदेन सदस्य रहेका थिए । युनियनले रु… पुरा पढौ

अमात्य र गुरुङलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको आईतबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यमा पत्रकार एमबी आस्था मगर, शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने आमात्य… पुरा पढौ

सिमित समयका लागि आएको छु, काम गरेर देखाउँछु : भूवन केसी

पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए । ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ ।… पुरा पढौ

नगरकोटलाई राष्ट्रिय दोहोरी प्रतियोगिताको उपाधि

पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोटले जितेको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार हात पारेको छ । फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो भएको दरबार दोहोरी साँझले ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ/डेढ लाख पाए । प्रतियोगितामा ४८ टिम दर्ता गरेकोमा ४५ टीम सहभागी थिए… पुरा पढौ