साहित्य र कला

पोखराबारे लेखिएका कविता अब एकै ठाउँमा

पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । सो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् । २०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृवितासङ्ग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरेका हुन् । कार्यक्रमका विशेष अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा… पुरा पढौ

मौलिक तीज गीत ‘त्यो सेरोफेरो माइती घर मेरो’ सार्वजनिक (भिडियो सहित)

पोखरा । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम शुरु भएको छ । सोही क्रममा लोकप्रिय कलाकार बसन्त थापा र जीवन सिग्देलको शब्दमा मौलिक तीज गीत ‘त्यो सेरोफेरो माइती घर मेरो’ सार्वजनिक भएको छ ।हालै सार्वजनिक भएको गीतमा निशा केसी, बिन्दु पौडेल, आवृत्ति भुसाल र बिजय केसीले स्वर भरेका छन् । गीतमा बसन्त थापाको संगित, बिनोद बाजुरालीको संगित संयोजनमा रहेको गीतलाई बसन्त थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा ऋषिराम दाहाल

राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा ऋषिराम दाहाल चयन भएका छन्। संघको तेश्रो साधारणसभा दोश्रो अधिवेशनबाट दाहाल अध्यक्षमा चयन भएका हुन्। संस्थाको वरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वित्तीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ छन्। यसैगरी, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी, कोषाध्यक्ष राजन सुवेदी, सह–सचिवमा रिजन बस्ताकोटी, सह–कोषाध्यक्षमा हरिराज कोइराला छन्। संस्थाको कार्यसमिति सदस्यमा सपना सुनार, ऋषिराम बास्तोला (बाबुराम), गंगा परियार, सोनिया कार्की खत्री र सृजना श्रेष्ठ छन्। पुरा पढौ

४० औं बीपी स्मृति दिवस आज

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज (शुक्रबार) मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन… पुरा पढौ

मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’

पोखरा । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् । पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती (एमबि आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय… पुरा पढौ

नेपाली भाषाको एकीकरणमा आदिकविको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताएका छन्। भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्रले आजभन्दा दुई शताब्दीअघिको अँध्यारो युगमा पनि समाज सुधारका लागि साहस गर्ने आदिकविले रामायणका माध्यमबाट भाषाको एकीकरण गर्नुभएको उल्लेख गरे। उनले भने, ‘गण्डकी प्रदेश आफैँमा महत्त्वपूर्ण प्रदेश हो। भौगोलिक रुपमा एकीकरण गर्ने पृथ्वीनारायण शाह र भाषाको एकीकरण गर्ने भानुभक्तको जन्मस्थान यही गण्डकी प्रदेश रहेको छ।’ बहुजातीय, बहुभाषिक, बहुसंस्कृतियुक्त गण्डकी प्रदेशका… पुरा पढौ

आज २०९ औं भानु जयन्ती

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन्। उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे। ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे। भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन्। त्यसैले, भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो। मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो ’आदिकवि’ त्यतिसारो चलेन। १९९७ सालमा जुद्धशमशेर राणाले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भन्ने हुकुम दिएपछि… पुरा पढौ

आज २०९ औं भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक विदा

आज असार २९ गते अर्थात २०९ औं भानु जयन्ती। विविध साहित्यिक कार्यक्रम गरेर देश तथा विदेशमा आजका दिन आदिकवि भानुभक्त जन्म जयन्ती मनाइन्छ। वि.सं. १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि.सं. १९२५ असोज ६ गते निधन भएको थियो। भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको चुँदी रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। मोतिराम भट्टले उनलाई पहिलो… पुरा पढौ

नयाँ पुस्ताबाट भानुका रचना वाचन हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ। आदिकविबारे विद्यालय तहका विद्यार्थी समेतलाई बोध गराउन र उनीहरूकै स्वरबाट भानुको रामायणको श्लोक वाचन कार्यक्रम राखिएको प्राज्ञ सदस्य डा देवी नेपालले जानकारी दिएका छन्। सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक प्रवचन पनि हुनेछ।रासस पुरा पढौ

पोखरामा असारे भाकाको संरक्षणमा जोड

पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन्। सिर्जना र असार समूह साहित्य श्रृंखलाअन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु–याउनुपर्नेमा जोड दिइयो। पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत प्रस्तुत गरेका थिए । सिर्जना र असार समूह साहित्य श्रृंखला पोखराका संयोजक स्ट्रगल… पुरा पढौ