समाचार

महेन्द्र माध्यमिक विद्यालय घार्मीको ३४ औं वार्षिकोत्सब सम्पन्न

पोखरा । पोखरा १९घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले शैक्षिक संस्थाहरूले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको संख्या बर्सेनि घट्दै जानु चिन्ताको बिषय बनेको भन्दै विद्यार्थीको आर्कषण बढाउने तर्फ व्यवस्थापन समितिले कार्ययोजना बनाएर अगाडि बढ्न सुझाव दिए । पुर्व वडाध्यक्ष शोभामोहन पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा… पुरा पढौ

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका

गण्डकी । कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक स्थलमध्येको एक हो अर्घौ मौला कालिका मन्दिर । धार्मिक आस्था एवम् विश्वासका कारण महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यो मन्दिर १७९२ सालदेखि नै अस्तित्वमा आएको छ । पोखरा महानगरपालिका–२८ मा समुद्री सतहबाट एक हजार दुुई सय मिटर उचाइमा अवस्थित यस मन्दिरको दक्षिणतर्फ पूर्व पश्चिम फैलिएको समथर भूमि र उत्तरतर्फ अन्नपूर्ण हिमश्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिनुले पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अर्घौं ठूलाकोट झाँझरमारे भञ्ज्याङमा रहेको यहाँ आउन पृथ्वी… पुरा पढौ

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो । नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ लिनु हुने प्रदेश प्रमुखको कार्यालयले… पुरा पढौ

तनहुँको झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो । करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक… पुरा पढौ

पर्वतका ९१ साना उद्योग बन्द,८० वटा नयाँ दर्ता

पर्वत । कोरोना महामारीसँगै आर्थिकमन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित… पुरा पढौ

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेका र कतै भाँचिएका कारण लार्के बजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रदर्शकलाई कठिन हुने गरेको हो । “हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रदर्शकले ‘मार्किङ पोल’को सहायता लिनुपर्छ”, ‘‘लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रदर्शकका रुपमा काम गर्दै आउनुभएका सूर्य खनालले भने, “तर लार्के बजारमाथि राखिएका मार्किङ पोल… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुको दुर्घटना बीमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँगमार्फत् गरिएको सो बीमा सम्झौता अनुसार एक वर्षभित्र सदस्यहरुको दुर्घटना भएमा त्यसबापत् बढीमा एक लाख रुपैयाँसम्मको बीमा रकम प्रदान गरिनेछ । सम्झौतापत्रमा संघका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा संघका पूर्वअध्यक्ष तथा… पुरा पढौ

तनहुँमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण

तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ बिपी वनबाटिका खेलमैदानमा ‘इलेभेन ए साइड’ खेलमैदानमा दुई सय ५० जना दर्शक बस्नसक्ने प्यारापिट निर्माण भएको छ । व्यास नगरपालिकाको रु ३० लाख आर्थिक सहयोगमा एक हजार एक सय २७ वर्गफिट क्षेत्रफलमा निर्माणाधीन प्यारापिटको ७५ प्रतिशत काम पूरा भएको छ । प्यारापिटले दर्शकलाई घामपानीबाट बचाउँछ , उक्त खेलमैदानलाई फुटबल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, बास्केटबललगायत खेल प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको बिपी वनबाटिक खेलमैदान निर्माण समितिका अध्यक्ष भुवन गोशलीले बताए । यसअघि भिमाद नगरपालिका–६ क्याम्पस रोडस्थित… पुरा पढौ

तनहुँको रघुगाउँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न

डुम्रे । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा रणकौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मान्ति नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवद्र्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छवटा लघु चलचित्र निर्माण गरिएको छ ।चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो । कार्यशाला उद्घाटनसत्रमा भिमाद नगरपालिका–२ रघुगाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघुगाउँको प्रवद्र्धन हुनुका साथै हाम्रा संस्कार,… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको… पुरा पढौ