समाचार

तनहुँमा प्लाष्टिकझोलामुक्त अभियानः पसल–पसलमा सचेतना कार्यक्रम

तनहुँ । आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल–पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ । व्यास नगरपालिका प्लाष्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा छ जनाको टोली पसल–पसलमा पुगेर प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ । सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लाष्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह गरेको छ… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए… पुरा पढौ

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता,दुई सय ७८ खारेज

दमौली । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास ९होमस्टे० पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् । दुई सय ७८ उद्योग खारेज चालु आवमा… पुरा पढौ

सङ्घीय संसद् बैठकमा वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ । आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित… पुरा पढौ

बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द

गलकोट । कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्मका लागि बन्द गरिएको छ । सडक विस्तारका लागि उक्त सडक दिनभर बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ ४ गतेसम्मका लागि बागलुङ–बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासनले जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मतकार्य भइरहेकाले सडक बन्द हुने उल्लेख छ । बन्द अवधिभर मालढुङ्गा(बेनी… पुरा पढौ

स्वास्थ्य केन्द्रलाई बिरामीमैत्री बनाउन जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान

बलेवा । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैँ स्वास्थ्यकर्मीको भरमा चल्थ्यो डा सुलभ शर्मा र कृष्ण सुवेदीसहितको टोलीले सेवा दिन थालेपछि भने नगर अस्पतालको रूपमा विकास भइरहेको स्वास्थ्य केन्द्र बिरामीको आडभरोसा बनेको छ । अहिले स्वास्थ्य केन्द्रमा आधारभूत तहको सबै स्वास्थ्य सेवा उपलब्ध छन् । उपकरण र प्रविधिले साथ दिँदासम्म चिकित्सकले बिरामी बाहिर पठाउँदैनन् । स्वास्थ्य केन्द्रलाई चुस्त व्यवस्थापन र… पुरा पढौ

पोखरामा बियर खुवाएर महिलामाथि बलात्कार

वैशाख २७ पोखरा । पोखरामा बियर खुवाएर एक महिलामाथि सामुहिक बलात्कार भएको छ । पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामुहिक बलात्कार गरेका हुन् । काठमाडौंबाट पोखरा आएकी ती महिलालाई मादी गाउँपालिका वडा नम्बर- ९ घर भई पोखरा - १० अमरसिंहचोक बस्ने ३६ वर्षिय चन्द्रबहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार निवासी २९ वर्षिय विनोद परियार र मादी गाउँपालिका-१२ भगवतीटार निवासी ३८ वर्षिय कृष्ण रानाभाटले सामुहिक बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुले ती महिलालाई शुरुमा… पुरा पढौ

शुक्रबार हुने आठौँ पोखरा स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पुरा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल… पुरा पढौ

स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ््याट्टफुट्ट मात्रै देखिन थालेको छ । पुर्खादेखि पालिँदै आएको कालो तङ्ग्रामे सुँगुरको बीउ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर कालो सुँगुरको व्यावसायिक पालन थालेका छन् । परम्पराकालदेखि तङ्ग्रामका मगरले पाल्दै आएको कालो सुँगुर आयातित बङ्गुरको पाठापाठीका कारण लोप हुने अवस्थामा आएको हो । व्यावसायिकरुपमा आयातित बङ्गुरपालन र कृत्रिम… पुरा पढौ

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

गोरखा । गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै खानेपानीका लागि एउटा जार र बोत्तल लिएर धारामा पुग्छन् । विहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टाँै लाइन बस्नुपर्ने वाध्यता रहेकाले उनी सकभर राती नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका छन् । ‘‘रातको समयमा पुगेपनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन, ढकालले भने, ‘‘कहिले त फर्कँदा उज्यालो नै हुन्छ ।’’ सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण… पुरा पढौ