समाचार

आजको मौषमः आज कुन कुन स्थानमा हुर्दैछ वर्षा ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का… पुरा पढौ

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी हुदा समस्या

दमौली । तनहुँ जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नुपरेको छ । कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका दश, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका… पुरा पढौ

दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताउनुभयो । “बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो”, उनले भने, “सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ ।” तीव्ररुपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ मा… पुरा पढौ

आठौँ पोखरा स्पोर्ट्स अवार्ड:उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् । अर्जुन कुमाल – क्रिकेट गुल्मीको छत्रकोट–५… पुरा पढौ

पोखरा-१३ आर्वा ढाँडबिसिमा तरबुजा खेतीमा किसानको आकर्षण

पोखरा । पोखरा १३ आर्वा ढाँडबिसिमा, परिक्षणको रुपमा गरिएको तरबुजा खेती उत्पादन मुलक देखिएको छ। स्थानीय कृषक श्रीधर बरालले पहिलो पटक ३ रोपनी जग्गामा ४३० बिरुवा लगाएर परिक्षण गरेका हुन् । कृर्षक बरालले यहाँको हावापानी र माटोमा तरबुजाखेति उपयुक्त हुने बताउँदै केही फलहरु २ किलो सम्म पुगेको र जेठको मध्यसम्म पूर्णरुपमा तयार हुने जनाए । उनले भने, “तरबुजा खेती यस क्षेत्रमा व्यवसायिक रुपमा प्रथम पटक गरिएको हो, खेति गरिएदेखि आजसम्म राम्रै देखिएको छ तर विभिन्न रोग र बाँदर आदि वन्यजन्तुबाट… पुरा पढौ

प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न तनहुँबासीहरुको आग्रह

डुम्रे । प्रदेश सरकारलाई आमनागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरोकारवालाहरूले आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागी सरोकारवालाहरूले प्रदेश सरकारको स्वास्थय सेवाप्रवाहप्रति जिम्मेवारीपूर्ण भूमिका नदेखिएको भन्दै त्यस्तो आग्रह गरेका हुन् । कार्यक्रममा देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने औषधि पालिकामा आइपुग्दा मिति गुज्रिसक्ने तर त्यसको दोष पालिकाले बोक्नुपर्ने अवस्था आइरहेको गुनासो गरे । उनले भने,“आवश्यक परेको अवस्थामा औषधि आइपुग्दैन, अधिकांश औषधि पालिकासम्म आइपुग्दा मिति गुज्रिसकेको हुन्छ । त्यसको… पुरा पढौ

निसीखोलामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

ढोरपाटन । कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो । निसीखोला–१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन् । आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन् । गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक रुपमा मौरीपालन गर्न थालेका हुन् । अहिले गाउँमा १८ किसानले समूह नै बनाएर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् ।… पुरा पढौ

मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरै

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण अधुरो रहेको छ । पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए। “विसं २०७३ मा सुरु भएको निर्माणले अझै पूर्णता पाएको छैन”, उनले भने “पछिल्लो डेढ वर्षयता निर्माण कार्य झनै सुस्त बनेको छ ।” लो–घेकर दामोदरकुण्ड… पुरा पढौ

मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला

दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय मानुङकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । मानुङकोटमा स्थानीयवासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेहरुले जथाभावी घर निर्माण गर्न थालेपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो । पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । नगरपालिकाले निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानुङकोट पर्यटकीय… पुरा पढौ

उद्यमी बन्ने बाटोमा जैमिनीका किसान

बलेवा । बागलुङको जैमिनी नगरपालिका–३ दमेकको नौला, कालापातल, दहलगायत क्षेत्रमा हिउँद बर्खा दुवै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही वर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर वर्षभरिको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै स्रोत थियो । उपल्लो दमेकको उत्पादन आलु मात्रै होइन मकै, कोदो, सिस्नो र बाँको पनि हुन् । पुर्खाले जे–जसरी उपभोग गर्न सिकाए उसैगरी यहाँका नागरिकले उत्पादनको उपभोग गरे पनि जमाना फेरिएको छ । पहिलेजस्तो आलु साट्न कालापातल कोही पुग्दैनन् । चामल खानकै… पुरा पढौ