वालिङ । डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए । फागुन महिनाको पहिलो साताबाट सामुदायिक वन र राष्ट्रिय वनमा आगलागी हुँदासल्ला, चिलाउने, कटुस, साल, सिसौँलगायत बोटबिरुवा जलेर नष्ट भएका पराजुलीले बताए । वन विनाशको मुख्य कारण मानिएको डढेलोले वर्सेनी यहाँ लाखौँ मूल्य बराबरको क्षति…
पुरा पढौ