वैशाख १४ पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बमबहादुर गुरुङ चयन भएका छन् । विद्यालयमा आज सम्पन्न भेलाले व्यवसायी एवं समाजसेवी गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सुमन श्रेष्ठ, माधव आचार्य, सुनिता सेवा, इनबहादुर तामाङ, टेकराज आचार्य, अनिल गुरुङ, समिति सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य र शिक्षक प्रतिनिधिमा सुशीला गुरुङ रहेका छन् । विद्यालयको संरक्षकमा वडाध्यक्ष गणेश आचार्य रहेका छन् । नवगठित व्यवस्थापन समितिका अध्यक्ष गुरुङले…
पुरा पढौ