समाचार

कुमुदिनी होम्समा नेपाली मौलिक चर्या नृत्यको प्रशिक्षण शुरु

वैशाख १४पोखरा । कुमुदिनी होम्स माविमा चर्या नृत्यको प्रशिक्षण शुरु भएको छ । पोखरा महानगरपालिका गैह्रापाटनस्थित विद्यालयमा विद्यार्थीका लागि चर्या नृत्यको एक हप्ते प्रशिक्षण् शुरु गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । विद्यालयले आफ्नो विद्यार्थीहरुका लागि अतिरिक्त कक्षाहरु संचालन गर्दै आएको छ । यसैक्रममा यसपालि हामीले नेपालको प्रशिद्ध मौलिक शास्त्रिय नृत्य चर्या शुरु गरो छौं । यसमा कक्षा ५ देखि १० कक्षासम्मका ५२ जनाले प्रशिक्षण लिईरहेका छन् । बच्चाहरुमा आफ्नो संस्कृति प्रतिको मोह जगाउनु र भविष्यका लागि राम्रो हुने र… पुरा पढौ

पोखरा युपिभिसीद्वारा बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

वैशाख १३ पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई खेल क्षेत्रमा हौसला दिन जर्सी सहयोग गर्ने उद्योगप्रति धन्यवाद ज्ञापन गरे । साथै बाराही मावि खेल क्षेत्रमा अगाडी नै रहेको दावी गर्दै यस्ता सहयोगले विद्यार्थीमा थप हौसला थपिने बताए । जर्सी हस्तान्तरण गर्दै… पुरा पढौ

नया वर्षको अवसरमा सर्वेश्वर व्यवसायी समिति पोखरा, कास्कीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन सम्पन्न

पोखरा, बैशाख १४ पोखराको नम्बर वान होलसेल मार्केटका रुपमा स्थापित सर्वेश्वर व्यवसायी समिति पोखराले शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । समितिले एक कार्यक्रम आयोजना गरेर नेपाली नया वर्षको अवसरमा शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको हो । कार्यक्रममा उद्योगी व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, सर्वेश्वर व्यवसायी समिति पोखराका अध्यक्ष तुलबहादुर थापा (राजन)सहितका अतिथि तथा समितिका सल्लाहकारहरुले संयुक्त रुपमा नया वर्ष २०८१ सालको क्यालेण्डर विमोचन गरेका थिए । सो अवसरमा सहभागीहरुले नया वर्षको अवसरमा… पुरा पढौ

पोखरामा भोलिदखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप

पोखरा, बैशाख १४ पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुने भएको छ । नेपाल ट्रायथलन एशोसियसन (एनटिए)को आयोजनामा भोलिदेखि पोखरामा पुरुष तथा महिला ट्रायथलन एसिया कपको चौथों संस्करण तथा दक्षिण एसियाली ट्रायथलन च्याम्पीयनसीप हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष रोकिएपछि यस वर्ष हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल ट्रायथलन एशोसियसन (एनटिए)ले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा १५ देशका ३८ पुरुष र २४ महिला गरी कुल ६२ जनाले भाग लिने प्रतियोगिता संयोजक… पुरा पढौ

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

सरकारले यही वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ ।… पुरा पढौ

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो । निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए । निर्माणमा कतिपय… पुरा पढौ

ट्रयाक खुलेको १३ वर्ष बित्यो सालझण्डी–ढोरपाटन सडक,निर्माण कार्यमा ढिलासुस्ती

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन । यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि… पुरा पढौ

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै

तनहुँ । तनहुँको भीमाद नगरपालिका–७ र ९ को सिमानामा रहेको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो । गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको छ । उक्त गुफाको विकास गर्न भीमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ । सिद्धगुफामा प्रवेशद्धार, गुफासम्म जाने मार्गमा कालोपत्र,… पुरा पढौ

म्याग्दीमा उन्मूलन भयो औलो

म्याग्दी । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ । पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए । “मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिँदै आएको छ”, उनले भने, “पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने… पुरा पढौ

हालसम्म ५० जिल्लामा डढेलो, विकराल बन्दै वन क्षेत्र

गण्डकी । वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उनको भनाइ छ । “बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ”, वन अधिकृत श्रेष्ठले भने, “संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् ।” बिहीबार सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले… पुरा पढौ