समाचार

‘तथ्य र प्रमाणका आधारमा पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै हुन्’

इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिनुपर्छ भन्ने होइनः वक्ता पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको बताएका छन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवसको अवसरमा आइतबार फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड… पुरा पढौ

नेपाल बैंक कर्मचारी संघले मनायो स्थापना दिवस

पोखरा, बैशाख ९ नेपाल बैंक कर्मचारी संघले शनिबार स्थापना दिवस मनाएको छ । नेपाल बैंक कर्मचारी संघ गण्डकी प्रदेशको आयोजनामा संघको ३५ औं स्थापना दिवस मनाइएको हो । कार्यक्रममा स्थापना दिवस र नया वर्ष २०८१ को शुभकामना आदानप्रदान गरिएको थियो । सो अवसरमा संघले निकालेको नया वर्ष २०८१ को क्यालेण्डरसमेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल बैंक गण्डकी प्रदेश कार्यालयकी प्रमुख सचिता पराजुलीले सम्पूर्ण कर्मचारी एकढिक्का भएर कर्मक्षेत्रमा खटिएमा बैंकले उद्देश्य पूरा गर्न सफल हुने बताईन् । नेपाल बैंक कर्मचारी… पुरा पढौ

मन्त्री चुमानको पहिलो निर्णय : ईन्भेष्ट गण्डकी परियोजना सञ्चालन

पोखरा, बैशाख ९ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन् । मन्त्री भएको दुई हप्तापछि आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएपछि उनले आईतबार पदबहाली गरेका हुन् । पदबहाली गर्दै उनले पुँजीगत खर्च बढाउन आफूले सक्दो प्रयास गर्ने बताए । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधारेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीलाई कार्यशैली बदल्नुपर्ने उनको भनाई थियो । हाम्रो काम गर्ने शैली नै भएन,उनले भने,‘यो शैलीले खर्च गर्न सकिदैन । बजेट… पुरा पढौ

गण्डकी प्रदेशमा साढे ९ महिनामा बजेट खर्च ३२ प्रतिशत मात्र

पोखरा । गण्डकी प्रदेशमा नया आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । जसमा चालुतर्फ ३२.३९ प्रतिशत र पुँजीगततर्फ २९.६६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बनाएको थियो । जस अन्तर्गत बैशाख ८ गतेसम्ममा १०… पुरा पढौ

हिउँ पहिरोपछि तबूढीगण्डकी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । “बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ”, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको… पुरा पढौ

एमाले परिषद् बैठक: आज समूहगत छलफल हुँदै

लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ । दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना… पुरा पढौ

तराई क्षेत्रमा हुरीबतासको चेतावनी,सतर्कता अपनाउन अनुरोध

हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका… पुरा पढौ

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. जगदिशलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष… पुरा पढौ

१४ औं वार्षिकोत्सवमा यूनाइटेड क्लबका परिकल्पनाकारहरुलाई सम्मान

पोखरा । यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी… पुरा पढौ

गण्डकीका दुई मन्त्रीले बल्ल पाए जिम्मेवारी

पोखरा, बैशाख ८ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । विवादकाबीच चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले करीब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । मुख्यमन्त्री भएलगत्तै अधिकारीले दुई जना मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्री परिषद गठन गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गरेपनि विना विभागीय बनाई जिम्मेवारी नदिई राखेका थिए । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन गर्ने… पुरा पढौ