समाचार

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै

काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए । तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार ९झोल र प्याकेटमा०, ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो । “सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि… पुरा पढौ

प्रविधि प्रयोग गर्न पाउँदा स्याङजाका उखुकिसान उत्साहित

गल्याङ । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् । परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखुखेतीमा… पुरा पढौ

राष्ट्रिय भलिबल प्रतियोगिताः कर्णाली प्रदेश पुलिस क्लवसंग पराजित

काठमाडौँ । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज भएको दोस्रो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले कर्णालीमाथि पहिलो सेट २५-१२ ले जित्यो भने खेलको दोस्रो सेट २५-७ तथा तेस्रो सेट २५-८ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै आजै भएको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले मधेस प्रदेशलाई ३-० को सोझो सेट पराजित गरेको… पुरा पढौ

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए। पुरा पढौ

म्याग्दीमा चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हँुदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य छ । पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले रु १५ लाख २७ हजार सहयोग रकम जुटेको र रु १४ लाख ७७ हजार तीन सय ३३ खर्च भएको बताए । “स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ… पुरा पढौ

चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

ढोरपाटन । एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड… पुरा पढौ

दयाशङ्कर पालिखे स्मृति पुरस्कारबाट एभरेस्टकर्मी श्रेष्ठ र मरणोपरान्त पौडेललाई सम्मान

गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पुरस्कार २०८०बाट एभरेस्ट मिडिया हाउसका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ र २०७९ बाट त्रिभुवन पौडेल (मरणोपरान्त)लाई सम्मान गरिएको छ । आज पोखरामा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार दीपेन्द्र श्रेष्ठलाई रु एक लाख एक हजार एक सय ११ सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै दिवङ्गत पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । प्रधानमन्त्री दाहालले दिवङ्गत पौडेलका परिवारजनलाई रु एक लाख एक हजार एक सय… पुरा पढौ

पर्वतमा पाठेघर र स्तन क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’ शिविर

पर्वत । पछिल्लो समय नेपालमा क्यान्सर लागेका महिलाहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रमाका विपन्न र अशिक्षित परिवारका महिलामा यो रोगबाट बढी पीडित भएका चिकित्सकहरूले बताएका छन् । क्यान्सरपीडित महिलाको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्न थालेको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थामा क्यान्सरको पहिचान गर्न फरक–फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरी लक्षण देखिएका महिलाहरूको पहिचान गर्ने भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार… पुरा पढौ

पोखरा पर्यटन परिषद्ले बुझायो प्रधानमन्त्रीलाई मागपत्र

गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो । पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ । मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्को सङ्कटको सामना गर्नुपरेको उल्लेख छ ।… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुपामा सुवेदी

चैत ३ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुपा गाउँपालिकाको पाँचौं गाउँ परिषद् तथा तेस्रो अधिवेशनले जयराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्गठनको खुला उपाध्यक्षमा प्रकाश सुवेदी, महिला उपाध्यक्षमा सङ्गीता आचार्य र सचिवमा सुनिल सुवेदी, कोषाध्यक्षमा केदार रेग्मी, सहसचिवमा तारा पौडेल, सह कोषाध्यक्षमा सुस्मा सिग्देल न्यौपाने निर्वाचित भएका छन् । यस्तै अधिवेशनले कार्यसमिति सदस्यहरू र जिल्ला अधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक तीर्थराज ढकालले जानकारी दिए । कार्यक्रमको उद्घाटन समारोहमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, गण्डकी… पुरा पढौ