समाचार

बुबा आमाको स्मृतिमा छोरीद्वारा पहारी कुल समितिमा पाँच लाखको अक्षय कोष स्थापना

चैत ३ पोखरा । आफ्ना स्वर्गिय बुबा आमाको स्मृतिमा छोरीहरुद्वारा पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित पहारी कुल संरक्षण समिति कास्कीमा उनीहरुले स्व. दण्डपाणी र स्व जमुना पहारीको स्मृति ५ लाखको अक्ष्यकोषको स्थापना गरेका हुन् । छोरीहरु पोखरा महानगर पालिका वडा २२ पुम्दी निवासी खरीका पहारी बराल, पोखरा महानगर पालिका वडा १७ छोरेपाटन निवासी सेतुदेवी पहारी आर्चाय र पोखरा महानगर पालिका वडा १९ पुरुनचौर निवासी डिलमाया पहारी पौडेलले संयुक्त रुपमा अक्षयकोष… पुरा पढौ

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति पौडेल

चैत ३ सिरहा । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए । “सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय… पुरा पढौ

समय बचत ऋण सहकारी संस्थाको क्यान्ससम्बन्धी जाँचबाट ५२ जना लाभान्वित

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–९ न्यरोडस्थित सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रमबाट ५२ जना बढी लाभान्वित भएको संस्थाका प्रवन्धक विधाता द्वाले जानकारी दिइन् । यसअघि कार्यक्रमको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखा प्रमुख नवराज तिवारी, सहकारीका महिला उपसमिति संयोजक… पुरा पढौ

ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि

चैत ३ पोखरा । ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई विश्वकै मोटरस्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडाँैदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाईकल टुरिङ र्‍याली हुनेछ । कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्से, झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित… पुरा पढौ

खानेपानी संस्थान विन्ध्यावासिनीको भवन शिलान्यास

पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखा अन्तर्गत विन्ध्यवासिनी इकाई कार्यालयको नयाँ भवन शनिबार शिलान्यास भएको छ । भवन शिलान्यास गर्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले उपभोक्तालाई सेवा सहज बनाउने बताए । हाल भाडामा बसेको भवनबाट प्रभावकारी सेवा दिन नसकेको अवस्थामा संस्थानले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको कार्यालय प्रमुख कार्कीको भनाई थियो । पोखरा महानगरपालिका वडा नं १, २, ३, ४, ११, १२, १६, १८ र १९ वडामा प्रभावकारी सेवा दिइरहेको उक्त कार्यालयले करिव… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघद्वारा उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई सहयोग

चैत ३ पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकारद्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो । मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले… पुरा पढौ

उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई पोखरा सांगीतिक कलाकार संघको सहयोग

चैत ३पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकार द्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो । मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले… पुरा पढौ

पोखरालाई भोलि पर्यटनको राजधानी घोषणा गरिदै

चैत ३ पोखरा । पोखरालाई भोलि नेपालको पर्यटनको राजधानी घोषणा गरिदैछ । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भोलि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो । पोखराको फेवाताल किनारस्थित वाराहीघाटमा आयोजित एक औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्नेछन् । औपचारिक घोषणा कार्यक्रम अघि झाँकीसहितको ¥याली निकालिने भएको छ । बसुन्धरा पार्कबाट शुरु हुने ¥याली वाराहीचोकहुँदै वाराहीघाटमा पुगेर घोषणा कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिकाका प्रमुख तथा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रम मूल… पुरा पढौ

बुद्ध विशाल बजारको रक्तदान कार्यक्रममा ६४ युनिट रगत सकंलन

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले दशौ पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै सांसद रगत दान जीवनको सवैभन्दा ठुलो दान भएको बताउदै आफ्नो तर्फबाट यशोयिसनलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्वता प्रकट गरेकी थिईन् । रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा… पुरा पढौ

माओवादी केन्द्र र समाजवादी बीच एकता गर्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ । पार्टी… पुरा पढौ