समाचार

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

फागुन १८ पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सिर्जनशिल कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । “सामाजिक रुपान्तरण ः ललितकलाको अभियान“ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र… पुरा पढौ

हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा) कार्यक्रमको नियमित आयोजना गर्दै आएको हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा गत असोजमा विधिवत दर्ता भइ सदस्यता वितरण गरी फागुन १९ गते शनिबार क्लबले प्रारम्भिक साधारण सभा गर्न लागेको हो । हाइकिङ कार्यक्रम विगत ६ वर्ष देखि संचालन हुँदै आएको थियो । उक्त कार्यक्रममा हजारौको संख्यामा विद्यार्थी, व्यवसायी, गृहणी सहभागी हुनै आएका छन् भने ३ जिल्ला तनहुँ,… पुरा पढौ

त्रिदेशीय टी–२० शृङ्खला : नेपालसंग नामिबिया ३ रनले पराजित

फागुन १८ काठमाण्डौं । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटियो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए । योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्ती : फागुन २२ र २३ निःशुल्क स्वास्थ्य शिविर गरिने

पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार र अर्का पूर्व विद्यार्थी बालरोग विशेषज्ञ डा बिनोद तुलाचनको अगुवाईमा आउदो मंगलबार र बधबार अर्थात २२ र २३ फागुनमा विद्यालय परिसरमा शिविर संचालन हुने भएको हो । संयोजक ताम्राकारका अनुसार विशेष गरि… पुरा पढौ

कुमुदिनी होम्स माविको विज्ञान तथा सामाजिक प्रदर्शनी

पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले शुक्रबार विज्ञान तथा सामाजिक प्रदर्शनी गरेको छ । कक्षा एक देखि एघार कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुद्वारा निर्मित विभिन्न विज्ञान तथा प्रविधि र कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए । सामाजिक प्रदर्शनी अन्र्तगत विद्याथीहरुले विभिन्न अन्नबाट निर्मित सात वटा प्रदेश छुट्याएर नेपालको नक्सा समेत बनाएका थिए । उक्त प्रदर्शनीमा विद्यार्थीहरुले आफुले बनाएका विज्ञान तथा प्रविधि उपकरणहरुको प्रयोगात्मक अभ्यास देखाएर व्याख्या समेत गरेका थिए । छात्र-छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने

फागुन १८ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए । मञ्चले… पुरा पढौ

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए छन । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, “स्वास्थ्य… पुरा पढौ

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् । अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख… पुरा पढौ

विद्यार्थीलाई स्टेशनरी वितरण तथा सचेतना

फागुन १७ पोखरा । पोखरा २, वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध… पुरा पढौ

रामज्योती माविको ४४ औं वार्षिकोत्सव

फागुन १७ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको रामज्योती माविले विविध कार्यक्रमका साथ आफनो ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले शिक्षाको उज्जालोवाट कुनै पनि वालवालिका बञ्चित हुन नपरोस भनि राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सहि रुपमा सदुपयोग गरेर ब्यवहारीक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा… पुरा पढौ