समाचार

पोखरामा १८ र १९ फागुनमा स्क्वास प्रतियोगिता

फागुन १३ पोखरा । आगामी १८ र १९ फागुनमा तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिता–२०८० हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा दुई दिन प्रतियोगिता हुने भएको हो । स्क्वास राकेट एसोसिएसन, कास्कीसँग छलफलपछि चार वटा विधामा प्रतियोगिता हुने तय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । खुला, महिला, ४५ माथि भेट्रान्स र प्रारम्भकर्ता (बिगिनर) गरेर चार विधामा प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता पोखरा रंगशालास्थित स्क्वास… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगे

पोखरा, फागुन १३ पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगेका छन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगोपनि परेपछि उनीहरु सिधै सामान ल्याउन चीन पुगेका हुन् । विदेशबाट सिधै सामान ल्याउने प्रयास स्वरुप सर्वेश्वर मार्गका एक दर्जन भन्दा बढीको टोली शनिबार राती ११ः५५ बजेको फ्लाईटबाट चीन प्रस्थान गरेका थिए । यसअघि पुसको मध्यतिर दुई दर्जन जनाको टोली चीन गएर सामान ल्याएको थियो । शनिबार फेरी अर्को टोली सामान लिन चीनतर्फ प्रस्थान गरेको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल… पुरा पढौ

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार… पुरा पढौ

भूक्षयको कारण बन्दै ग्रामीण सडक

गलकोट । हचुवाकाभरमा खनिएका ग्रामीण सडकका कारण भूक्षय र त्यसले निम्त्याएको जिउधनको क्षति बढ्न थालेको छ । पछिल्लो समय भइरहेका अधिकांश दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण सडक देखिएको छ । बागलुङको भुजीखोलामा गएको बाढी होस् या कुशीसेरामा गएको पहिरो होस् यी सबैको कारण ग्रामीण सडक रहेको पाइएको छ । भू तथा जलाधार कार्यालय पर्वतले दिएको तथ्याङ्कमा बागलुङ जिल्लामा तीन वर्षयतामात्रै एक दर्जनभन्दा धेरै बाढीपहिराको प्रमुख कारण सडक भएको उल्लेख गरेको पाइएको छ । विकासका गतिविधिमध्ये करिब तीन दशकदेखि… पुरा पढौ

मापदण्डानुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था हालका लागि बन्द

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो । मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो… पुरा पढौ

पोखरालाई शिक्षाको हब बनाउने प्रयासमा छौँ:उपप्रमुख गुुरुङ

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले पोखरालाई शिक्षाको हब बनाउने अभियानमा लागेको बताए । उहाँले बोलेर मात्रै शिक्षाको हब बन्न नसक्ने बताउदै तीनै तहका सरकारवीचको समन्वय र सहकार्यसंंगै त्यही अनुसारको शिक्षा नीति, योजना र कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । पोखरा महानगरले बनाउने नीतिले शिक्षा क्षेत्रलाई सहज बनाउदैँ शैक्षिक वातावरण निर्माणका लागि भुमिका खेल्नुपर्ने बताए । पोखरा महानगरपालिका वडा नम्वर २१ मा रहेको भविष्य निर्माण माध्यमिक विद्यालयको ७१ औैँ वार्षिकोत्सव, अभिभावक दिवस तथा अक्षयकोष स्वर्ण वर्ष कार्यक्रमा बोलदै उनले समुुन्नत… पुरा पढौ

धादिङको कल्लेरी माविमा करिब ८ लाखको अक्षयकोष

पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले धादिङको गल्छी गाउँपालिका वडा नं. २ स्थित कल्लेरी माविमा ७ लाख ९७ हजार ७ सय २० रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । शुक्रबार पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरको उपस्थितिमा समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्तरण गरे । कार्यक्रममा पूर्व शिक्षामन्त्री तुलाधरले कुनै पनि बालबालिका पैसाकै अभावले शिक्षा पाउनबाट बञ्चित हुन नहुने बताए । धादिङ समाजको अक्षयकोष विद्यालयका लागि निकै महत्वपूर्ण हुने भन्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले पहल गर्नुपर्नेमा उनले जोड… पुरा पढौ

चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द,गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू ९बटर० र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए। उनका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध… पुरा पढौ

‘शिक्षा सुधारे विमानस्थलको भीड घट्छ’: शिक्षाविद् डा.केसी

बलेवा । ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाइ शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने उनको भनाइ छ । “हिजोआज समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा अलपत्र परेका, विदेशमा मृत्यु भएका समाचार धेरै आउने गरेका छन्”, शिक्षाविद् केसीले भने, “युवापुस्ता विदेशिने क्रम बढ्नु, हाम्रो शिक्षा प्रणालीले रोजगारी पाउने खालका जनशक्ति उत्पादन नगर्नु नै हो । ती समाचारका कारण पनि शिक्षा प्रणाली हो ।”… पुरा पढौ

सहाराले मनायो २७ औ वार्षिकोत्वस

पोखरा । पोखरा-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले २७ औ बार्षिकोत्वस तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सम्पन्‍न गरेको छ । फाल्गुन ११ गते शुक्रवार पोखरा महानगरपालिका वडा नः९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतित्थ्यतामा सञ्चालित कार्यक्रको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले गरेका थिए । पोखरा महानगरपालिका र शिक्षा महाशाखाको संयुक्त सहयोगमा निर्माण भएको सभाकक्ष पनि सोहि अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । सोहि कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च… पुरा पढौ