समाचार

आँबुखैरेनी महोत्सवः विद्यार्थीले बनाएका चित्र महोत्सवको आकर्षण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले बनाएका चित्र आँबुखैरेनी महोत्सवमा राखिएका छन् । बिहीबारदेखि सुरु भएको दोस्रो आँबुखैरेनी महोत्सवमा राखिएका चित्रले महोत्सवमा आकर्षण थपेको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत २० जना विद्यार्थीले चित्रकला सीप सिकेर आफूले बनाएका विभिन्न किसिमका चित्र प्रदर्शनीमा राखेका छन् । महोत्सव आयोजकले विद्यार्थीका लागि एउटा स्टल निःशुल्क उपलब्ध गराएको छ । विद्यार्थीले सिकेका सीप सर्वसाधारणलाई प्रदर्शन गर्न र चित्रहरु बिक्रीका लागि महोत्सव उपयुक्त स्थान बन्न सक्ने विश्वास गरिएको… पुरा पढौ

पोखरास्थित सबलाइम माविको २८ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकस्थित सबलाइम अङ्ग्रेजी माविको २८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस शनिबार कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीलाई सम्मान, वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै प्रत्येक कक्षाका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सम्मानित हुनेमा पूर्व विद्यार्थी पत्रकार हरि पन्त, चाटर्ड एकाउन्टेन्ट विक्रम पराजुली, चिकित्सक डा. प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी छन्… पुरा पढौ

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै

ढोरपाटन । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक उपचारका लागि पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाधयतामा छन् । यद्यपि पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । त्यसो त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पतालमा स्तरोन्नतिका लागि विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि… पुरा पढौ

आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ । खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । “अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र… पुरा पढौ

बागलुङमा कोदोबाट बिस्कुट उत्पादन

गलकोट । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाले । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरे । विस २०७७ मा सो उद्योग स्थापना भएको थियो । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने

पोखरा, फागुन १२। पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत… पुरा पढौ

आगामी वर्ष पोखरा डल्फिनको नेतृत्व खड्काले गर्ने

पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनको आगामी लायन वर्ष २०२४/०२५ लागि गोविन्दबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लव अफ पोखरा डल्फिनको शुक्रबार ११ औैं वर्षको लागि खड्काको अध्यक्षतामा आगामी वर्षका लागि नयाँ कार्यसमित चयन गरिएको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष सुरेन्द्र बराल, द्वितिय उपाध्यक्षमा शेरबहादुर राना, तृतिय उपाध्यक्षमा खिमलाल बराल, सचिवमा गणेश बहादुर थापा, कोषाध्यक्षमा वामदेव पौडेल, सह– सचिवमा शिवराज रेग्मी, सह कोषाध्यक्षमा योगेन्द्र राज भण्डारी… पुरा पढौ

पोखराको अटोवेजले थप्यो एथर स्कुटर

पोखरा । पोखराको अटोवेज प्रा.लि.ले एथर इलेक्ट्रिक स्कुटरपनि थपेको छ । पोखरामा टोयोटा गाडीको डिलरको रूपमा बिगत दुई दशकदेखि सेवा दिइरहेको आटोवेज प्रा. लि ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन एथर स्कुटरको आधिकारीक बिक्रेताका रुपमा थप गरेको हो । बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ’बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगै काठमाडौँ र ललितपुर पछि पोखराको नयाँबजारस्थित अटोवेजले यस क्षेत्रको आधिकारिक बिक्रेताका रुपमा उक्त स्कुटर भित्र्याएको हो । भारतको चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो… पुरा पढौ

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

फागुन १२ मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जना सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको… पुरा पढौ