समाचार

मन क्षेत्रीको नेतृत्वमा गजल सन्ध्या पोखरा

पोखरा । नेपाली गजलको उन्नयन र विकासका लागि विभिन्न गतिविधि गर्दै आएको गजल सन्ध्या पोखरा नेपालको नयाँ नेतृत्व चयन भएको छ । गजल सन्ध्याको १३ औं अधिवेशन तथा १८ औं साधारण सभाले पूर्वअध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । पदाधिकारी र सदस्यमासमेत पूर्वअध्यक्ष र सचिव फेरि सम्मिलत भएर गजल सन्ध्या पुनर्गठित भएको छ । समितिको उपाध्यक्षमा कपिल शर्मा र सचिवमा उदीपराज ढुंगाना छन् । दुबै सन्ध्याको पूर्व अध्यक्ष थिए । कोषाध्यक्षमा यसअघिका सदस्य विष्णु सुवेदी र… पुरा पढौ

हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

फागुन १२ पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला एकै साथ सम्पन्न गरी उक्त दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज असम भारतकी सचिव नीता गुरुङ भाटियाले हरेक सन्तान सदा सत् कर्ममा लाग्नुपर्नेमा जोड दिइन् । उनले आफूँले गरेका सत् तथा असत् दुवै कर्मका पहिलो भागिदार बाबुआमा हुने भएकाले शिर उचो राख्ने काम गर्नुपर्नेमा जोड… पुरा पढौ

नेलम्बोको दुई दिने निःशुल्क कान शिविरिमा १८८ जना लाभान्वित

पोखरा । नेलम्बो नेपालको आयोजनामा कास्कीको माछापुच्छ्रेमा सम्पन्न निःशूल्क कान शिविरमा १८८ जना लाभान्वित भएका छन् । पोखराको गैह्रापाटनस्थित नेलम्बो नेपालको आयोजनामा कास्कीको माछापुच्छे गाउँपालिका–६ भिडावारीस्थित बराह माध्यमिक विद्यालयमा दुई दिनसम्म विद्यार्थी तथा शिक्षकलक्षित शिविरमा १८८ जनाले सेवा लिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भिम भण्डारीले जानकारी दिए । सेवाग्राहीमध्य ८६ जना महिला र बाँकी पुरुष रहेको जनाइएको छ । शिविरमा डाक्टर अंकुर के.सी.को नेतृत्वमा ९ जनाको प्राविधिक टोलि उपचारमा संलग्न भएको थियो । यसअघि कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–६ का अध्यक्ष टेकनाथ… पुरा पढौ

गजल सन्ध्या पोखरामा मन क्षेत्री

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री चयन भएका छन् । सन्ध्याको शनिबार सम्पन्न १८ औं साधरणसभा तथा १३ औं अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सन्ध्याको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदिपराज ढुंगना, कोषाध्यक्षमा विष्णु सुवेदी र सह–सचिवमा सावित्री गिरी चयन भए ।यस्तै सदस्यहरुमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना, करणकपुर खनाल छन् । पुरा पढौ

पोखरामा सुनका गरगहना चोरी गर्ने ३ जना पक्राउ

पोखरा, फागुन १२ सुनका गरगहना चोरी गर्ने ३ जना पोखराबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२६ बिजयपुर सम्पदाटोलबाट सुनका गरगहना चोरी गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं.–३ घर भई हाल बिजयपुर बस्ने बर्ष २८ का विसन रानाभाट, दोलखा भिमेश्वर घर भई हाल पोखरा–९ नयाँबजार बस्ने बर्ष २६ का रोहन प्रधान र तनहु जिल्ला शुक्लागण्डकी न.पा. वडा नं.–१० ढोरफेदी घर भई पोखराको बिजयपुर बस्ने २४ वर्षिय अर्जुन नेपालीलाई… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने

पोखरा, फागुन १२ पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीहरुले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत… पुरा पढौ

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिए । उनका अनुसार चार सडक रु एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस… पुरा पढौ

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । उनले भने, “कनिका छरे जसरी बजेट निर्माण गर्दा विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौँ । तीन करोडभन्दा कम लागतका साना योजना प्रदेश र स्थानीय तहले नै… पुरा पढौ

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । “दुवैतर्फबाट… पुरा पढौ

तनहुँमा कृत्रिम तालको बाँध निर्माण थालियो

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो । व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ । पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । कृत्रिम ताल सिचाइँ, मस्त्यपालनका साथै पर्यटनमार्फत आयआर्जन गर्ने लक्ष्य छ । ताल निर्माणका लागि चालु आर्थिक… पुरा पढौ