समाचार

ढोरपाटन उपत्यकाका विद्यालय खुले: चिसोले शिक्षक र विद्यार्थी बिरामी

ढोरपाटन । अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय वर्षामा भने सञ्चालन हुने गर्छन् । ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरको ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान… पुरा पढौ

विश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो । समान दुई खेल नै खेलेको नामिबियाको पनि समान… पुरा पढौ

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए । “पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय… पुरा पढौ

आजदेखि कांग्रेस महासमिति बैठक

काठमाडौँ । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य सङ्घीय संघीय राजधानी आइपुगेका छन् । प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई… पुरा पढौ

नव आर्दशको रक्तदानमा ३० युनिट रगत संकलन

पोखरा । नव आर्दश सामुदायिक विकास समाज पोखरा–१६ लामाचौरले आयोजना गरेको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । समाजले आयोजना गरेको २४ औं रक्तदानमा २९ पुरुष र १ महिलाले रक्तदान गरेका हुन । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा एल सी ब्रर्दश युनाईटेडको विशेष सहयोग तथा यूवा रेडक्रस सर्कल गण्डकी बोडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी मा.विकोे सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथी समाजका आजिवन सदस्य डा किरण आचार्यले पहिलो रक्तदाता कार्य समिति सदस्य राजकुमार पौडेललाइृ व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका… पुरा पढौ

पोखराको महेन्द्रपुलमा बन्यो अन्तरराष्ट्रिय झण्डापार्क, अवलोकनका लागि खुल्ला

पोखरा, फागुन ७ सुन्दर नगरी पोखरा पर्यटकीय सहर हो । यहाँबाट देखिने हिमश्रृंखला, नदीनाला, तालतलैयादेखि प्राकृतिक छटाका कारण पोखरा विश्वमै सुन्दर नगरीको रुपमा परिचित छ । पर्यटकीय नगरीमा पर्यटकीय गन्तव्यहरु धेरै छन् । फेवाताल, बेगनास ताल, रुपातालसहित यहाँका ९ वटै तालहरु, महेन्द्र गुफा, चमेरेगुफादेखि गुप्तेश्वर गुफासम्म, सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थान सराङकोटदेखि शान्ति स्तुपा अनि महादेवको मूर्ती भएको पुम्दीकोट, सेती गल्छीदेखि अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयलगायतका पर्यटकीय गन्तव्यले पर्यटकलाई लोभ्याउने गरेको छ । पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय… पुरा पढौ

तनहुँ जीप दुर्घटना (अपडेट): मृतकको पहिचान खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज विहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । अनियन्त्रित… पुरा पढौ

मन्त्रिपरिषदद्वारा आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

फागुन ६काठमाण्डौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।” त्यसैगरी सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को… पुरा पढौ

लेखनाथ जेसीजको स्थापना दिवसमा स्वास्थ्य शिविर

पोखरा । युवाहरुको व्यक्तित्व तथा नेतृत्व निर्माणमा समर्पित लेखनाथ जेसीजले आफ्नो २६ औ स्थापना दिवसका अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ । जेसीज गाउँका रुपमा चिनिने पोखरा २७ को बडहरेमा राखिएको शिविरमा एक सय ४५ जनाले परिक्षण गरेका थिए जहाँ निशुल्क सुगर, रगतको खराब बोसो ( टिजि), प्रेसर तथा अन्य विविध स्वास्थ्य सम्बन्धी जाच र परामर्शका साथै निशुल्क औषधि वितरण गरिएको थियो । रोग लाग्नु पुर्व नै आफनो स्वास्थ्यका वारेमा जानकारी लिनु पर्छ भन्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रममा पोखरा… पुरा पढौ

अमेरिकन डलर देखाएर ठगी गरेको आरोपमा एक पक्राउ

पोखरा । पोखरामा अमेरिकन डलरको विचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । शनिबार पोखरा–१८ खपौदीबाट अमेरिकन डलरको विचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–५ घर भएका मेगबहादुर तामाङ (३१) लाई प्रहरीले पक्राउ गरेको हो । पोखरा घुम्न आएका उनको साथबाट प्रहरीले उनको साथबाट ५० अमेरिकन डलरको नोट ५ थान , र नेपाली बिस रुपियाँको नोट ४५० थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका उनलाई कास्की… पुरा पढौ