समाचार

२६ देखि २८ गतेसम्म कावासोतीमा नेपाल चरा उत्सव हुदै

मध्यविन्दु । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो । तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवद्र्धधन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो । नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो ।… पुरा पढौ

समुदायमै पुगेर मिर्गौला परीक्षण

नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ । म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले जानकारी… पुरा पढौ

म्याग्दे गाउँपालिकामा समुदायमै पुगेर मिर्गौला परीक्षण शिविर

दमौली । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ । म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

माघ १८ चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–(नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजलाई हराउँदै आर्मी उपाधि नजिक

माघ १८ पोखरा । नेपाली सेनाको त्रिभूवन आर्मी क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो सेमीफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा पुगेको हो । आर्मीले अब उपाधिका लागि थ्रीस्टार क्लवसँग शनिबार प्रतिष्पर्धा गर्नेछ । बुधबार भएको खेलमा जाउलाखेल युथ क्लवलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार यसअघि नै फाइनलमा पुगिसकेको छ । विहीबारको खेलमा त्रिभूवन आर्मीलाई जिताउन… पुरा पढौ

सफल पोखरा म्याराथन : भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ । मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट स्थलरहेकाले… पुरा पढौ

सहारा क्लब पोखराको संयुक्त बैठक

माघ १८ पोखरा । सहारा क्लब पोखराको बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ । पोखरा रंगशालामा जारी २३ आंै आहा रारा पोखरा गोल्डकप अवसरमा यहाँ आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीहरु लगायत सदस्यको स्वागत गर्दै संयुक्त बैठक बसेको हो । स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा भएको बैठकमा संस्थाको गतिविध एवं भावी योजना लगायतबारे छलफल भएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए । छलफलमा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्व अध्यक्ष कुसाङ गुरुङ,… पुरा पढौ

पर्वतीय संग्रहालय दिवसका अवसरमा पोखरा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

पोखरा । २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म प्रदर्शन गर्ने चाँजो मिलाएको हो । संग्रहालय निर्देशक निर्मला न्यौपानेले पर्वतीय संग्रहालय दिवसको अवसरमा उक्त फोटो प्रदर्शनी पाटन संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालयको सहकार्यमा गर्न लागेको जानकारी दिइन् । सो अवसरमा रातोमच्छिन्द्रनाथ रथ यात्राबारे जानकारी, यात्राको रुट, डकुमेन्ट्रीलगायत प्रदर्शनी… पुरा पढौ

लागू औषध मुद्दामा फरार रहेका बाटुलेचौरका जिसी पक्राउ

पोखरा । पोखरामा लागू औषध मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं।१६ बाटुलेचौर बस्ने २४ वर्षका अजय जिसीलाई यहि १७ गते पक्राउ गरि आज सार्वजनिक गरिएको हो । गत जेठ १९ गते कास्की जिल्ला अदालतले लागू औषध डाईजेपाम सम्वन्धी मुद्दामा २ वर्ष कैद सजाय र एक लाख ४ हजार जरिवाना तोकेको थियो । २ महिना १६ दिन कैद असूल गरेका उनी जेलबाटै फरार भएको थिए । अव उनले बाँकी १ वर्ष ९ महिना १४… पुरा पढौ

पोखरा महानगरपालिका मेयरलाई कांग्रेसबाट निर्वाचित वडा सदस्य ढुंगानाको खुलापत्र

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २६ वडाका सदस्य सुदिप राज ढुंगानाले खुलापत्र लेखेका छन् । पछिल्लो समय पोखरामा बाँदर आतंक र यसले पारेको असरबारे गहिरो बहस भइरहेका बेला वडा सदस्य ढुंगानाले मेयरलाई खुलापत्र लेखेका हुन् । उनले लेखेको खुलापत्र जस्ताको तस्तै । मेयर साहेबनमस्कारहामी निर्वाचित भएर आए पछिको ११ औ नगर सभा देखि हरेक नगर सभामा अधिकांश सभासदहरुले बाँदर आतङ्क र एसले पारेको असरको बारेमा आवाज बुलन्द पारेका थियौ। तर आजको दिनसम्म यहाँको जुन पहल कदमी हुनु पर्थ्यो,कति भयो… पुरा पढौ