समाचार

पोखरा–६ लेकसाईडमा बनाउँदै गरेको घरको पाँच तला माथिबाट खसेर ईञ्जिनियरको मृत्यू

पोखरा, माघ १६ बनाउँदै गरेको घरको पाँच तला माथिबाट खसेर पोखरामा एक ईञ्जिनियरको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ डिहिकोपाटनस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको पाँचौ तलाबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षिय ईञ्जिनियर प्रविण भट्टराईको मृत्यू भएको हो । निर्माणाधीन घरको तातोपानीको सर्भे गर्न गएका भण्डारी नापजाँच गर्ने क्रममा दिउँसो १ बजे सो घरको पाँचौ तलाबाट अचानक खसेर गम्भीर घाईते भएका थिए । घाईते ईञ्जिनियर भण्डारीलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि दिउँसो २ः२७ बजे उपचारको क्रममा… पुरा पढौ

चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट

मनाङ । चलचित्र ‘खुस्मा’ को पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो । हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिन थालेको निर्माण पक्षको भनाइ छ । यस चलचित्रलाई नव–निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन् । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव… पुरा पढौ

पोखरामा खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु

गण्डकी । स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ । खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गर्नका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ नेपाल खानेपानी संस्थानअन्तर्गतका इन्जिनियर र अन्य प्राविधिक कर्मचारी गरी १५ जनालाई… पुरा पढौ

ज्येष्ठ नागरिकको गन्तव्यस्थल बन्दै दिवा सेवा केन्द्र

तनहुँ । व्यास नगरपालिका-१ जलदेवी चोक निवासी ६९ वर्षे भोजबहादुर दाहालको दैनिकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्ने गरेको छ । बिहानको खाना खाएपछि करिब आधा घण्टा पैदल हिँडेर केन्द्रमा पुग्ने उनी दिनभर त्यही विताउछन् । “उमेरका कारण घरमा बसेर काम गर्न पनि सकिदैन्, खाना खाएर निस्केपछि साथीभाइसँगको भलाकुसारीमा समय बितेको पत्तै हुदैन, दिन बिताउन र धर्मबारेमा ज्ञान लिन सजिलो भएको छ”, उनले भने । दाहाल जस्तै रामचन्द्र पन्थ पनि मोहरियाटारबाट करिब आधा घण्टा बाटो हिँडेरै ज्येष्ठ नागरिक दिवा सेवा… पुरा पढौ

रघुगङ्गामा रुखले किचेर एकको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ । फूलबारीका मानबहादुर भण्डारीको घरमा माया श्रीमान् नवीनसँगै टुनीको दाउरा काट्न गएका थिए। नवीनले रुख ढलाउने मेसिन… पुरा पढौ

भ्रष्टाचार सूचकाङ्कमा नेपालको दुई स्थान सुधार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका एक सय ८० मुलुकको भ्रष्टाचारको अवस्था विश्लेषण गरेकामा कम… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु

ढोरपाटन । पर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशमार्फत चालु आर्थिक वर्षमा विनियोजन भएको रु ५० लाखले धुरीमार्ग निर्माण सुरु गरिएको हो । धुरीमार्ग करिब डेढ सय किलोमिटर हुने छ । बागलुङ नगरपालिका–१३ भैरवस्थानदेखि सुरु भएको धुरीमार्ग भकुण्डे भ्यू टावर, रायडाँडाको शान्ति गुम्बा–गाजाको दह, घोडाबाँधे बेलढुङ्गा, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय हुँदै बागलुङ कालिका जोडिने छ । मन्त्रालयको बहुवर्षे योजनाअनुसार धुरीमार्गलाई अगाडि बढाइएको हो । यस वर्ष करिब एक किलोमिटर पदमार्ग… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट:एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे । सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन… पुरा पढौ

संस्थागत क्षमता स्वमूल्याङ्कनमा मनाङको चामे गाउँपालिका उत्कृष्ट

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामै उत्कृष्ट नतिजा पाएको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७९÷८० मा गरेका कामको १० वटा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चामे उत्कृष्ट ठहरिएको छ । जिल्लाका चार पालिकामध्ये चामेले सबैभन्दा बढी अङ्क प्राप्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ । पालिकाले १० मुख्य सूचकका आधारमा आर्थिक वर्ष २०७९÷८० मा गरेका कामको आफैँले मूल्याङ्कन गरेका हुन् । त्यसमा चामेले जिल्लामै सबैभन्दा बढी ६७ दशमलव पाँच… पुरा पढौ