समाचार

गण्डकीमा ई–स्पोर्टस संघ गठन

पोखरा । विश्वमानै आकषर्णको रुपमा ई–स्पोर्टसलाई खेललाई गण्डकीमा प्रवर्द्धन र विकास गर्नका लागि ई–स्पोर्टस संघ गठन गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजनमा पोखरामा सम्पन्न भेलाले बिनोद बरालको अध्यक्षतमा गण्डकी प्रदेश ई–स्पोर्टस संघ तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षद्वयमा श्याम प्रसाद श्रेष्ठ र स्वम्भू कुंवर, महासचिबमा शौरभ ढकाल, सचिबमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा बबिना प्रधान रहेका छन् । यसै गरी कार्यसमिति सदस्य अमप्रसाद थापा पुन, सुभाष चन्द्र रोक्का, किरण गोदार, मनोज प्याकुरेल, मिलनजङ्ग कुंवर र प्रज्वल बहादुर… पुरा पढौ

पोखरा–१९ का वडाध्यक्षको चतुर्याईं : रुख काटि सकेपछि बल्ल सूचना

पोखरा, माघ १७ बाँदर नियन्त्रण गर्ने भन्दै रुख काट्ने अभियान चलाउने पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जालझेल गरेको खुलेको छ । बाँदर नियन्त्रणका लागि “मेरो रुख म काट्छु” अभियान चलाएका वडाध्यक्ष पाण्डेले सूचना निकाल्नु अघि नै स्थानियलाई रुख काट्न लगाएको तथ्य बाहिरिएको हो । वडाध्यक्ष पाण्डेले बाँदर नियन्त्रणका लागि सो अभियान सञ्चालन गर्ने भन्दै १० दिन भित्र घर वरपरका रुख काट्न सार्वजनिक सूचना निकालेका थिए । वडाले रुख काट्ने अभियान सञ्चालनका लागि सूचना निकालेपछि त्यसबिरुद्ध सामाजिक सञ्जालमा… पुरा पढौ

जाउलाखेललाई हराउँदै थ्रीस्टार आहा ! रारा पोखरा गोल्डकपको फाईनलमा

माघ १७ पोखरा । थ्रीस्टार क्लव पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको प्रतिष्पर्धात्मक खेलमा जाउलाखेल युथ क्लवलाई १–० गोल अन्तरले हराउँदै थ्रीस्टार आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको हो । थ्रीस्टारका लागि वैकल्पिक खेलाडी दीपेश घलेले निर्णायक गोल गरे । ६६ औं मिनेटमा आदित्य शाक्यको ठाउँमा मैदान प्रवेश गरेका दीपेशले खेलको ७८ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई बिजयी बनाए । उनले दीपेश आलेले दिएको पासलाई खेर नफाली जाली चुमाएका… पुरा पढौ

विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्लास्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

७१ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्लास्तरीय निबन्ध प्रतियोगिताका सम्पन्न भएको छ। प्रतियोगिता नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखा र पोखरा आरोग्य आश्रमको आयोजनामा भएको हो ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ भन्ने शीर्षकमा भएको निबन्ध प्रतियोगितामा चरक हस्पिटलका कृष्ण पौडेल प्रथम, मणिपाल टिचिङ अस्पतालका करुणा रिजाल द्वितीय, चरकका आरति कुँवर र फेवा सिटीका आइस्मा परियार तृतीय भएका छन् । कार्यक्रमका प्रमुख अतिथि चरक इन्टिच्युट अफ हेल्थ एण्ड साइन्स क्याम्पसका प्रमुख केशवराज अधिकारीले स्वास्थ्य… पुरा पढौ

नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ… पुरा पढौ

सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त :जिसस कास्की प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त भएको बताएका छन्। प्रमुख पौडेलले सो कुरा राष्ट्रिय सूचना आयोगले पोखरामा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् । उनले सूचनाको हक सम्बन्धि ऎन ,नियमावली र कार्यबिधी एबम निर्देशिकाहरूबाट निर्देशित सम्पूर्ण हक र अधिकारहरूको आम नागरिकहरूले निर्बाध रूपमा प्रयोग गर्न पाउने र त्यसको बिना हिच्किचाहट कार्यान्वयन गर्न कास्कीका स्थानिय तह सहित सरकारी तथा निजि कार्यालयहरूलाइ आग्रह गरे। सूचनाले जनतालाइ सुसुचित मात्रै नगरी… पुरा पढौ

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

म्याग्दी । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारीसहित प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन महाशाखाको सहमतिमा विधेयकको मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण र सिँचाइ जलस्रोत तथा ऊर्जा लगायत सरोकारवाला मन्त्रालयकोसमेत राय समावेश गरेर तयार पारिएको मस्यौदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको जानकारी दिए। “डेढ… पुरा पढौ

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३÷११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिए। “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ”, उनले भने, “सबस्टेशन वरपरका जग्गाधनीको विवादका… पुरा पढौ

माछा खान माझीकुना

बेगनास आफैँमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ । बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्छन, स्थानीय रेष्टुराँ… पुरा पढौ

अब गोठमा बस्नु पर्दैन पर्यटक

एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले… पुरा पढौ