समाचार

आजको मौसम: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको हो । साथै सुदूरपश्चिम,… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनबारे सत्तासाझेदार दलविच छलफल

माघ १६ काठमाण्डौं । सत्तासाझेदार दलले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् । प्रधानमन्त्रीको निवासमा आज साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिए । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”, उनले भने । बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत… पुरा पढौ

व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ : महामन्त्री थापा

माघ १६ जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन् । समुदायमा कांग्रेस अभियानका क्रममा धनुषाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किनेक्रममा आज जनकपुरधाम विमानस्थलमा महामन्त्री थापाले स्थानीय आवश्यकताअनुसार फरकफरक माग रहे पनि व्यवस्थाका विषयमा हल्ला गरिएजस्तो अवस्था नरहेको बताए । उनले सरकार र पार्टीले जनतासामु गरेका वाचा पूरा गर्न थप उत्तरदायी हुनुपर्ने बेला निराशाका कुरा मात्रै गर्न… पुरा पढौ

पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : अध्यक्ष ओली

माघ १६ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताएका छन् । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको ‘संसद्मा केपी शर्मा ओली’ विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विकास र परिपूर्णताको दिशातिर जाने बाटो राजनीति भएकाले सामाजिक प्रबन्धमा सामाजिक न्यायसहित सुव्यवस्थित गर्नु राजनीतिको अभिष्ट भएको र आफूले त्यसका लागि प्रयास गर्दै आएको बताए । उनले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गरी लोकतन्त्रको दिशामा अघि बढ्नका लागि… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपलाई पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

माघ १६ पोखरा । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए । पहिलो हाफमा… पुरा पढौ

पोखरा मोबाइल व्यवसायीको शिविरमा २ सय जना लाभान्वित

माघ १६ पोखरा । पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको निःशूल्क जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो । सोही अवसरमा भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई

पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव… पुरा पढौ

पोखरा म्याराथनमा संख्या निर्धारण, माघ २८ सम्मन दर्ता गर्न सकिने

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् । १८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित… पुरा पढौ

पोखरा–१९ का वडाध्यक्ष चलाए ‘मेरो रुख म काट्छु’ अभियान, अभियान नचलाउन महानगरको निर्देशन

पोखरा, माघ १६ पोखराका एक वडाध्यक्षले बाँदर धपाउन रुख काट्ने अभियान सञ्चालनका लागि अपिल गर्दै सूचना जारी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर धपाउन ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्न वडाबासीमा अपिल गरेका छन् । पोखरा–१९ को पुरुञ्चौर बाँदरबाट अति प्रभावित क्षेत्र हो । बाँदरले लगाएको फलफूललगायतका खाद्यान्न सखाप पार्नुका साथै स्थानियलाई आक्रमण गरेर घाईते तथा आतंकित बनाउने गरेका छन् । सोहि कारण स्थानियले बाँदर नियन्त्रणका लागि स्थानिय, प्रदेश र संघ सरकार गुहार्ने… पुरा पढौ

तनहुँमा १९ गतेबाट तेस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पोखरा । यहि १९ गतेबाट तेस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तनहुँ आईटिएफ तेक्वान्दो संघ आयोजनामा तथा शुक्लागण्डकी आईटिएफ तेक्वान्दो डोजाङको सह-आयोजनामा हुन लागेको सोही प्रतियोगिता शुक्लागण्डकी ५ घारिमा हुने खेल संयोजक आशिष थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष एकल स्पाइरिङ्ग (फाइट)मा २० केजी देखि ६५ केजी सम्म प्रतिस्पर्धा हुने छ भने महिला र पुरुष एकल प्याटूनको पहेलो बेल्ट देखि रातो बेल्ट सम्म प्रतिस्पर्धा हुने छ । प्रतिभावान खेलाडीहरुको पहिचान तथा हौसला… पुरा पढौ