समाचार

जाउलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा

माघ १५ पोखरा । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जाउलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा जाउलाखेलले मनाङलाई पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा जाउलाखेल विजयी भएको हो । थ्रि स्टार र सङ्कटा क्लब यसअघि नै अन्तिम चारमा पुगिसकेका छन् । भोलि हुने चर्च ब्वाइज र एपीएफबीचको खेलपछि सेमिफाइनल… पुरा पढौ

पिकनिक स्पटको गन्तव्य बन्दै घार्मी गाउँ

पोखरा । पर्यटकीय शहर पोखरावाट नजिकै रहेको पर्यटकीय गाउँ घार्मी पछिल्लो समय पिकनिक र घुमघामका लागी आर्कषक गन्तव्य बन्दै गएको छ । पोखरा महानगर पालिका वडा नं. १९मा पर्ने घार्मीको राम्चे, गिद्ध वस्ने डाँडाँ, रातामाटा, पाताल डाँडा पछिल्लो समयमा वनभोज गर्न र छोटो पदयात्राका लागी आन्तरिक पर्यटकको आर्कषक गन्तव्य बनेको हो ।केही वर्ष अगाडी नेपाल पत्रकार महासंघ कास्कीले वनभोज कार्यक्रम गरेपछि विस्तारै चर्चामा आएको घार्मी अहिले भने आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ । हिउँदको सिजन विशेष गरी मंसिर १५… पुरा पढौ

जेष्ठ नागरिकका समस्याप्रती राज्यका निकाय उदासिन नहोउन: जि.स.स.कास्की प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकका समस्याप्रती राज्यका निकाय उदासिन भएको बताएका छन् । जेष्ठ नागरिकसंग अन्तर सम्बाद कार्यक्रमको उद्घाटन गर्दै पौडेलले जेष्ठ नागरिकहरूले राज्यद्वारा प्रदान गरिएका सेवा सुबिधा प्राप्त गर्ने सहज बाताबरण निर्माण गर्न सरोकारवाला निकायहरूलाइ आग्रह गरेका हुन्। राज्यद्वारा प्रदान गरिएका स्वास्थ्य बिमा , सामाजिक सुरक्षा भत्ता ,यातायात सहुलियत सहितका अन्य सुबिधा प्राप्त गर्न कठिनाइ भएको गुनासो बढेको भन्दै पौडेलले स्थानिय तह र सरकारका सेवा प्रबाहको तरिका जेष्ठ नागरिक मैत्री बनाउन आग्रह गरे… पुरा पढौ

पद्याप्रेम थिएटरको पहिलो प्रस्तुतीः यही १८ गतेबाट “धनीरामको गोरु”मञ्चनको तयारी

पोखरा । यही माघ १८ गतेबाट पोखरामा धनिरामको गोरू नाटक मञ्चन हुने भएको छ । पोखरा स्थित पद्याप्रेम थ्रियटरले आफ्नो पहिलो प्रस्तुतिका रुपमा धनिरामको गोरू नाटक मञ्चन गर्न लागेको हो । यही माघ २७ गते सम्म हुने नाटकका लागि टिमका सम्पुर्ण नाट्यकर्मीहरुले तयारी गरिरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । उक्त १० दिनमा १२ सो मंचनको तयारी भईरहेको थ्रियटरका अध्यक्ष सावित्रा पाठकले जानकारी दिईन् । उनका अनुसार प्रत्येक दिन बेलुका ५ बजेबाट नाटक मञ्चन हुने छ भने… पुरा पढौ

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट

गलेश्वर । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट । बीचमा पर्छ ठूलो (ढोडेनी) खोला । खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ बाटो उक्लेपछि पुग्न सकिन्छ बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो (ढोडेनी) खोलामा झोलुङ्गे पुल बनेपछि प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट र प्रसिद्ध ऐतिहासिकस्थल ज्यामरुककोटको दूरी नजिकिएको छ । पुल नहुँदा ज्यामरुककोटको भकुण्डेचौर, सानालेख हुँदै बागलुङको पञ्चासे र सीम… पुरा पढौ

तोरीखेती गर्ने किसानलाई पोखरा महानगरपालिकाबाट अनुदान प्रदान

गण्डकी । हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ । तोरीखेती विस्तारबापत प्रतिरोपनी रु चार सय र बीउमा ५० प्रतिशतका दरले अनुदान वितरण गरिएको कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए । महानगरपालिकाबाट अनुदान पाएपछि वडा नं ११, १३, २३, २९ र ३१ किसानले पाँच रोपनीमा तोरीखेती विस्तार गरेको उनले बताए। समूहगतरुपमा आएका किसानलाई जग्गा तयार गरेबापत क्षेत्रफलअनुसार अनुदान दिइएको हो । व्यक्तिगतरुपमा आउने किसानलाई बीउमा मात्र अनुदान दिइएको महाशाखा प्रमुख कडरियाले बताए । महानगरपालिकाले हिउँदे… पुरा पढौ

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन् । भोजबहादुरलाई उनकी श्रीमतीले साथ दिईरहेकी छिन् । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पालेका छन् । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताए। दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी… पुरा पढौ

आहा ! रारा गोल्डकप : मनाङ–मर्स्याङ्दी र जावलाखेल भिड्दै

पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदैछन् । पोखरा रङ्गशालामा आज दिउँसो २ः३० बजे सुरु हुने उक्त खेलको विजेता समूहले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मी क्लब,… पुरा पढौ

ढुङ्गामा कला भर्दै गोविन्द बोटे

मध्यविन्दु । इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका छन् । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन्। बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन् । त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन् । खोलाका… पुरा पढौ

नारच्याङमा ७१ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । उनले भने, “टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुुरोध गरेका छौँ ।”… पुरा पढौ