समाचार

सहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

माघ ४ पोखरा । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता यस वर्ष २ लाख ४४ हजार ८ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशबराज बराललाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय… पुरा पढौ

टाइगर कप भलिबल : महिलातर्फ न्यू–डायमण्ड र एपिएफबीच उपाधि भिडन्त पक्का

माघ ४ पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव र चन्द्रागिरी न्यू–डायमण्ड एकेडेमीबीच उपाधि भिडन्त हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी प्रतियोगितामा विहीबार भएको सेमीफाइनल खेलमा एपिएफले नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र न्यू–डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त शनिबार हुने आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा… पुरा पढौ

पोखरा महोत्सवमा आज बद्री पंगेनी र सविन राईले दर्शक नचाउने

पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा आज बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सव सातौ दिनमा आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिती रहेको छभने… पुरा पढौ

बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

माघ ३ तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले भने । उनले भने, “यसअगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।” आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन… पुरा पढौ

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धि सार्वजनिक

माघ ३ जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमान दिवसका रुपमा मनाउन आज जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरेका हुन् । प्रदेशसभाको दोस्रो निर्वाचनपश्चात् विसं २०७९ पुस २९ गते जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलका नेता यादवको नेतृत्वमा सरकार गठन भएको थियो । सरकारका उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन हुँदा प्रादेशिक… पुरा पढौ

विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : मन्त्री शर्मा

माघ ३ काठमाण्डौं । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छन् । सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताएकी छन् । सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम… पुरा पढौ

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक ढकाल

माघ ३ काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ । प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकाललाई ९८५१२९२१११ र spokesperson@nepalpolice.gov.np इमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस पुरा पढौ

पोखरा –१५ खेलकुद महोत्सव : भोलि सेमिफाइनल र फाइनल चरणका खेलहरू हुने

माघ ३ पोखरा । पोखरा –१५ मा जारी बृहत् खेलकुद महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन आज पनि विद्यालय क्लब तथा टोलस्तरिय फुटबल, महिला –पुरुष भलिबल, महिला –पुरुष सडक दौड, आमा समूहहरूको रस्साकस्सी र ब्याडमिन्टन खेलहरू सञ्चालन भएका छन । आजको पहिलो खेल घले चोकबाट बन विज्ञान क्याम्पस गेट सम्म भएको पुरुष सडक दौडमा ठाकुर बहादुर थापा पहिलो, तुल बहादुर भण्डारी दोस्रो र लाल बहादुर थापा तेस्रो भएका छन् भने, महिला सडक दौडमा पोम कुमारी बुढा, रूपा बरुवाल र… पुरा पढौ

पुतली मेला आजबाट सुरु,विष्णु खत्री लगाएत स्थानिय कलाकारले छमछमी नचाए निसेल दर्शकलाई

निसीखोला । बागलुङ्गको निसीखोला वडा नं. ६ भल्कोतमा आजदेखि पुतली मेला सुरु भएको छ । “शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाती हराउँछ”भन्ने नाराका साथ परम्परादेखि मगर समुदायले मान्दै आएको ऐतिहासिक तथा सांस्कृतिक पुतली मेलाको गण्डकी प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री दिपेन्द्र थापामगरले उद्धघाटन गरेका हुन् । सोहि अवसरमा प्रमुख अतिथी थापामगरले मगर समुदायको बाहुल्यता रहेको यस स्थानको पुतली नाँच जस्तो ऐतिहासिक मेलाले समुदायलाई सांस्कृतिक रुपमा धनि बनाएको बताए । उनले प्रदेश सरकारले यस्ता संस्कृतिको… पुरा पढौ

पोखरामा पार्किङबाट जीप चोरी गरेको आरोपमा २० वर्षिय यूवक पक्राउ

पोखरा । पोखराबाट पार्किङमा राखेको जीप चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक जना यूवकलाई पक्राउ गरेको छ । बुधबार पोखराको अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरि राखेको ग २ च २३४३ नम्वरको बलेरो जीप चोरीमा संलग्न भएको आरोपमा पोखरा–१४ का गोविन्द परियार (२०) पक्राउ परेका हुन् । राती साढे एक बजेको समयमा पार्किङमा राखेको जीप चोरी भएको सुचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जीप चलाईरहेको अवस्थामा पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षिय परियारलाई पक्राउ गरेको हो ।… पुरा पढौ