समाचार

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो । सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भएको छ । यस क्षेत्रमा खानेपानीको अभाव हुँदा घण्टौँ टाढाबाट पानी लिएर उपभोग गर्नुपरेको स्थानीय रणबहादुर थापाले बताए । हलहले क्षेत्र नजिकै बौद्ध गुम्बा रहेको र त्यहाँ पर्यटक आउँदा पिउनका लागि पानी अभाव रहेको भन्दै… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको स्थगित अधिवेशन भोलि

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको नयाँ नेतृत्वका अन्तः निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । प्रदेशको नेतृत्वकालागि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि स्थगित भएको अधिवेशनले भोलि निर्वाचनमार्फत नै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको हो । यसअघि गत पौष २७ गतेदेखि पोखरामा शुरु भएको संगठनको प्रहिलो प्रदेश अधिवेश मार्फत नयाँ नेतृत्व सहमतीमा चयन गर्ने भन्दै शुक्रबारसम्मका लागि स्थगित भएको थियो । तरपनि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि भोलि निर्वाचनमार्फत नेतृत्व चयन गरिने श्रोतले जनाएको छ । श्रोतका अनुसार संगठन गण्डकी… पुरा पढौ

पोखरामा लोपोन्मुख लमजुङ्गे ठाडोभाका प्रशिक्षण शुरु

माघ ५ पोखरा । पोखरामा ठाडो भाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजनामा तीनदिने ठाडोभाका प्रशिक्षण शुरु भएको छ । पोखरा नयाँबजारस्थित तमुधिं नेपालमा रोधिं टेलिभिजनसँगको सहकार्यमा आयोजित लोपोन्मुख ठाडोभाका प्रशिक्षणको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाली पहिचानको लोक सँस्कृति संरक्षण गर्न राज्यको दायित्व भएको बताइन् । उनले यसको संरक्षणका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । मुलुकको परिवर्तनकै कारण लोकसँस्कृति विकास हुने वातावरण बनेको भन्दै संघीयता, धर्मनिरपेक्षता,… पुरा पढौ

गठबन्धनलाई अझै कसिलो बनाए पाँच वर्ष अगाडि बढ्छ : मन्त्री गुरुङ

माघ ५ स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् । सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई आज स्याङ्जामा सम्बोधन गर्दै उनले गठबन्धनको महत्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताएका हुन् । “गठबन्धन चानचुने ढङ्गले अगाडि बढेको छैन”, उनले भने, “यो गठबन्धनलाई देख्दा अरुलाई इष्र्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।” गठबन्धन… पुरा पढौ

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । “हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ… पुरा पढौ

पोखराका १८ ज्येष्ठ प्राध्यापक एकै थलोमा सम्मानित

माघ ५ पोखरा । शुक्रवार एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् । निवृत्त प्राध्यापक समाज पोखराले जुराएको सम्मानित हुने चाँजोपाँजोमा जोर्ज जोन, डा. एलियामा जोन, प्रा.डा. भूपति ढकाल कमल, प्रा.डा. भवानीप्रसाद पाण्डे, प्रा.डा. विजयराज शर्मा, डा. गेहेन्द्रमान उदास, प्रा. कृष्णप्रसाद अर्याल, गोविन्दप्रसाद जोशी, प्रेमबहादुर राई, पीताम्बर शर्मा, बालगोपाल अमात्य, उदयबहादुर अमात्य, पवित्रमणि पौडेल, टीकाराम कोइराला, उमाकान्त शर्मा, चतुर्भुज शर्मा पौडेल, दुर्गा बराल र ओमबहादुर कार्की रहेका छन् । समाजमा आवद्ध ७५ वर्ष माथिका निवृत्त प्राध्यापकलाई सम्मान गर्ने क्रममा… पुरा पढौ

जनप्रियमा सामुदायिक विद्यालयस्तरीय हाजिरी जवाफमा बाल मन्दिर प्रथम

माघ ५ पोखरा । पोखराको सिमलचौरस्थित जनप्रिय मा वि मा महानगरका सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफमा बाल मन्दिर मा. वि. प्रथम भएको छ । पोखरा–८ सिमलचौरस्थित विद्यालयको ५५ औं वार्षिकोत्सव ,अभिभाबक दिवस तथा पुरस्कार वितरण समारोह २०८० को पूर्वसन्ध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा बाल मन्दिर मा.वि. प्रथम भएको हो । यस्तै छोरेपाटन मा वि द्वित्तिय र जनप्रिय मा वि ले तृतीय स्थान प्राप्त गरे । प्रतियोगिताका विजेतालाई माघ १० गते विद्यालयको बार्षिकोत्सवको अवसरमा नगद र प्रमापत्र वितरण गरिने भएको जनाइएको छ… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए । दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ… पुरा पढौ

समतामूलक समृद्ध विश्व स्थापनामा ‘नाम’ले निर्णायक भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

माघ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘नाम’का निरन्तरको मूल्य, मान्यता र सिद्धान्त हाम्रा लागि पवित्र रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको स्पष्ट पारे । “नाम आफैँमा… पुरा पढौ

स्कुल बसले ठक्कर दिदा सोहि विद्यालयमा अध्ययनरत पोखरा–२४ कास्कीकोटका बालकको मृत्यू

माघ ५ पोखरा । पोखरामा स्कुल बसले ठक्कर दिदा सोहि स्कुलमा अध्ययनरत विद्यार्थीको शुक्रबार मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग.१ क.४०८२ नम्बरको बसले पोखरा–२४ काउलेमा शुक्रबार दिउँसो २ः४५ बजे ठक्कर दिदा सोहि विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत ३ वर्षिय समिर कार्कीको मृत्यू भएको हो । बसबाट झरेर घर जान लागेका उनलाई सोहि बसले ठक्कर दिदा गम्भीर घाइते भएपछि उद्धार गरेर उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएपनि उपचारका क्रममा दिउँसो ४ बजे मृत्यू भएको कास्की… पुरा पढौ