समाचार

पोखराको दिगो पर्यटन परियोजना अन्तरगत ४ अर्व ५० करोड बराबरको सम्झौता

माघ ३ पोखरा ।नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्ण हरि पुष्कर र एसियाली विकास बैङ्कको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे चार अरब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । सहरी विकास मन्त्रालयमा भएको दिगो… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको संख्या बढ्दो, भोलि बद्री पंगेनी र सविन राई आउने

पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । बद्री पंगेनी संगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणी बास्तोला, रमा राना, पुजा गुरुङको प्रस्तुती रहने छ । महोत्सवमा बुधवार पछिल्लो समय चर्चित लोकदोहोरी गायिका… पुरा पढौ

टाइगर कप भलिबलमा महिलातर्फ सेमीफाइनल समीकरण पूरा

माघ ३ पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा बुधबारको खेल सकिएसँगै महिला तथा पुरुष दुबैतर्फ अन्तिम चारमा पर्ने टिमको टुंगो लागेको हो । टाइगर कपको सेमीफाइनलमा महिलातर्फ समूह ए बाट ५ अंकसहित सशस्त्र प्रहरीको एपीएफ क्लव बिजेता र ३ अंक जोडेको नेपाल पुलिस क्लव उपबिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह बी बाट ६ अंक जोडेको चन्द्रागिरी नगरपालिका न्यू–डायमण्ड एकेडेमी समूह बिजेता र ४ अंक जोडेको… पुरा पढौ

आठौँ पोखरा स्पोर्टस् अवार्ड वैशाख २१ गते हुने

पोखरा ३ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता समेत दिएको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।… पुरा पढौ

अपाङ्गता भएकाहरु भन्छन् : अहिलेको संरचनाले विपदमा बाँच्न गाह्रो भो

पोखरा, माघ ३ भनिन्छ विपद बाजा बजाएर आउँदैन । अर्थात यो जुनसुकै दिन अनि जुनसुकै समय आउन सक्छ । विश्वमै नेपाल विपदको जोखिमयुक्त देशमध्येको एक हो । त्यसमापनि पश्चिम नेपाल जोखिम क्षेत्र मानिन्छ । प्राकृतिक र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरु स्वतः जोखिममा पर्ने नै भए । त्यसमापनि अपाङ्गता भएकाहरु सबैभन्दा बढी जोखिममा पर्ने गर्छन् । किनकी विपदमा सबलाङ्ग मानिस सुरक्षित स्थानसम्म पुग्न सक्छन् । उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन । तर अपाङ्गता भएकाहरुका लागि विपद कहालीलाग्दो… पुरा पढौ

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

माघ ३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण… पुरा पढौ

टाइगर कप भलिबल : महिलातर्फ एपिएफ संग पराजित हुँदै बाहिरियो गण्डकी

पोखरा  । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा लिग चरणमा आफ्ना दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिनको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब संग ३–० सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । डिफेन्डिङ च्याम्पियन एपिएफले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट २५–०९ र… पुरा पढौ

पोखरा महोत्सवमा आज शान्ती श्री र मेलिना राईको प्रस्तुती रहने

पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सव जारी छ । महोत्सवको सातौं दिन आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र गायिका मेलिना राईको प्रस्तुती रहनेछ । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दीनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै दिउँसो लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको… पुरा पढौ

पर्यटनलाई समृद्धिको आधारका रुपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल

माघ २ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् । होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले भने, “होटल आफैँले कृषि फार्म सञ्चालन गरेर वा कृषकले सञ्चालन गरेका… पुरा पढौ

सामाजिक सद्भाव र राष्ट्रिय एकता आवश्यक :अध्यक्ष ओली

माघ २ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए । उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी… पुरा पढौ