समाचार

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिए । यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो । “अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल… पुरा पढौ

सुन तस्करी प्रकरण : पुर्पक्षका लागि थुनामा पठाउने आदेश

पुस २३ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् । दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो ।… पुरा पढौ

राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

पुस २३ काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज भेटवार्ता भएको छ । नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुल्ला गरिदिन आग्रह गरेका थिए । उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयूको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल… पुरा पढौ

१२ औं पोखरा महोत्सवमा सुरक्षा व्यवस्था कडा पारिने

पोखरा । आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको बैठकमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा महोत्सवको सुरक्षामा कुनैपनि कमजोरी हुन नदिने बताए । यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर… पुरा पढौ

पोखरा इन्जिनियरिङ्ग कलेजमा बीईआईटी को अध्यापन शुरु

पोखरा । पोखरा इन्जिनियरिङ्ग कलेजमा ब्याच्लर अफ इञ्जिनियरिङ इन इन्र्फमेसन टेक्नोलोजी (बीईआईटी) कार्यक्रममा अध्यापन शुरु भएको छ । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सो कार्यक्रम गण्डकी प्रदेशमा नै पहिलो पटक सञ्चालन गरेको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए । सोमबार बीईआईटी कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई एक अभिमूखि कार्यक्रमका विच उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको छ । अभिमूखि कार्यक्रममा आईसीटी एण्ड इलेक्ट्रोनिक्स इन्नोभेसन ल्याव गण्डकी प्रदेशका कार्यक्रम संयोजक ई.ख हरिबहादुर पहाडीले वर्तमान समयमा विश्व बजारमा आइ टी क्षेत्रको सम्भावना… पुरा पढौ

पिसिएम मा वार्षिक खेलकुद सम्पन्न

पोखरा । पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो । भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए । भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो… पुरा पढौ

नेप्से परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलब ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलब ४९ को बिन्दुमा कायम भएको छ । तीन सय नौ कम्पनीको आज एक करोड ३७ लाख नौ हजार दुई सय ७६ कित्ता शेयर ९९ हजार पाँच सय २४ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय छ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१ प्रतिशतले… पुरा पढौ

गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण

गुल्मी । गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ । जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो । बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद रु एक सय पाँच र बिक्री रु एक सय २५ तोकेको छ । त्यसैगरी अरुण–२ खरिद रु एक सय २० र बिक्री रु एक सय ४० निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए… पुरा पढौ

विन्ध्यवासिनीमा रक्तदान हुने

पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा रक्तदान हुने भएको छ । विद्यालयको ७७औं वार्षिक उत्सवको पुर्व सन्ध्यामा यही पुस २६ गते विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । हिउँदको वेला अधिकांश सघ संस्थाले रक्तदान कार्यक्रम नगर्ने भएकाले यो सिजनमा पोखरामा रगतको अभाव देखिने गरेको छ । रगतको अभावलाई केही मात्र भएपनि न्युनिकरण गर्न विद्यालयले प्रत्यक वर्ष कार्यक्रम गर्ने र रक्तदानका विषयमा जानकारी गराउने उद्घेश्यले रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा सो कार्यक्रम गर्न लागिएको… पुरा पढौ

रास्वपा संगठन विस्तारमा सक्रिय, पोखरा १६ को अधिवेशनको तयारी शुरु

पोखरा । नयाँ शक्तिको रुपमा उदाएको राष्टिय स्वतन्त्र पार्टीले देशभरका वडाहरुमा अधिवेशनलाई तिव्रता दिएको छ । कास्कीमा पनि केही वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएका छन् भने केही वडामा तयारी शुरु गरिएको छ । रास्वपा पोखरा १६ ले पनि अधिवेशनको तयारी शुरु गरेको सभापति केशव वस्नेतले जानकारी दिए । वडा अधिवेशनको तयारीका विषयमा सोमवार भएको छलफलमा पार्टीका कास्की संयोजक रुक्मांगत भण्डारीले पार्टीको ऐतिहासिक अधिवेशनको जानकारी गराँउदै, पार्टीको संरचना, वडा तहको निर्वाचन प्रणाली, प्रतिनिधीको सहभागिता लगायतका विषयमा जानकारी दिएका… पुरा पढौ