समाचार

सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ

पोखरा । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । शनिबार युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो । समितिको उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भएका छन् । यस्तै सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु… पुरा पढौ

नेपाला मगर संघ दिप बगर इकाई समितिमा बालचन रानामगर

पुस १ पोखरा । नेपाला मगर संघ दिप बगर इकाई समितिको अध्यक्षमा बालचन रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । समितिको १० औं अधिवेशन तथा २० औं साधारण सभाले रानामगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा रेक वहादुर थापा मगर, सचिवमा चित्र बहादुर रानामगर, कोषाध्यक्षमा विकास थापा मगर सह–सचिवमा ठक माया रानामगर, सह–कोषाध्यक्षमा टेक वहादुर थापा मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा हुम बहादुर राना मगर, आइतीश्री थापा मगर तुल बहादुर राना मगर, बल वहादुर… पुरा पढौ

लमजुङमा निर्माणाधीन सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं। ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको अझै ४० प्रतिशत निर्माणकार्य बाँकी रहेको आयोजनाले जनाएको छ । यस आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग, छ हजार ८०० किलोमिटर सुरुङमार्गमध्ये चार किलोमिटर टनेलको सुरुङ, भूमिगत… पुरा पढौ

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै… पुरा पढौ

सुनको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा एक हजार तीन सय रुपैयाँले सुनको भाउ घटेको हो । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसैगरि, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । बैठक यही पुस ३ गतेसम्म जारी रहने छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेका छन । त्यसपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ । यसैगरी तीन… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ । गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा… पुरा पढौ

मुग्लिनबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १८ यात्रु घाइते

मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् ।… पुरा पढौ

स्याङखुदी टोल विकास संस्थाको अध्यक्षमा भुर्तेल

मंसिर ३० पोखरा । स्याङखुदी टोल विकास संस्थाको अध्यक्षमा भोजराज भुर्तेल चयन भएका छन् । शनिबार सम्पन्न भेलाले टोल विकास संस्था गठन गर्दै भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा हरि बास्तोला, सचिबमा प्रकाश भुजेल, कोषाध्यक्षमा जानुका कंडेल, सह–सचिब शान्ति बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यहरुमा रण बहादुर शाही ‘सिद्धान्त’ पुष्पराज कंडेल, सोमलाल बास्तोला, सीता बास्तोला ,शारदा बास्तोला, बबिता परियार छन् । यसअघि, कार्यक्रमको पोखरा महानगरपालिका–२८ का अध्यक्ष कृष्ण लामिछानेले उद्घाटन गरे । उनले वडामा नमुना… पुरा पढौ

एमालेले एकल बहुमत पु¥याएर सरकार सञ्चालन गर्छ : अध्यक्ष ओली

मंसिर ३० पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पु¥याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् । अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताए । पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर… पुरा पढौ