समाचार

मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्रीले आलटाल गर्नु भएको छ : माधव नेपाल

पोखरा, मंसिर २३ नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले राजिव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको मन्त्री बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरेको आरोप लगाएका छन् । गठबन्धन दलहरुबीच आफ्नो पार्टी नेकपा एसलाई प्रदेश सदस्य जितेको सबै प्रदेशको मन्त्री परिषदमा सहभागिता गराउने सहमति भएपनि गण्डकीका मुख्यमन्त्री पाण्डेले पालना नगरेको आरोप लगाएका हुन् । मनाङेलाई मन्त्री बनाउन आफूले मुख्यमन्त्री पाण्डेलाई भनिसकेपनि नटेरेको भन्दै उनले भने,‘एकपटक अस्ती मन्त्री बनाउन आलटाल नगर्नूसु भनिसकेँ । आज फेरी फोन गरेर मन्त्री मण्डलमा सहभागि… पुरा पढौ

राजतन्त्र फर्काउँदैमा सुशासन आउँदैन, अर्थतन्त्रपनि सबल बन्दैन : माधव नेपाल

पोखरा, मंसिर २३ नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एनसेल बिक्री काण्ड हेर्दाहेर्दैको नाङ्गो डकैती भएको टिप्पणी गरेका छन् । समाजवादी प्रेस संगठन नेपाल, कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले एनसेल बिक्री सिधै हेर्दाहेर्दैको डकैती भएको बताएका हुन् । एनसेल बिक्री काण्डमा सामेल कोहिपनि छुट्न नहुने भन्दै उनले भने,‘यो लुट, ब्रह्मलुट, सिधै हेर्दाहेर्दैको नाङ्गो डकैती हो । यसमा संलग्न कोहिपनि नछुटोस् ।’ अध्यक्ष नेपालले एनसेलको स्वामित्व अहिले… पुरा पढौ

घार्मीको ओमकारेश्वरमा बाला चतुर्दशी पर्व मनाइने

पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ। घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि यही मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तीम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए। पर्वलाई लक्षित गरि मन्दिरमा रंग रोगन गर्ने तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए। स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पुजा आजा गरि… पुरा पढौ

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’ को चेतावनी

अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ । इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे । इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब… पुरा पढौ

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले… पुरा पढौ

प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन

पोखरा । हरेक गतिविधिमा अग्रणी बनिरहेको पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए । विद्यालयका प्रिन्सिपल किरण सापकोटा थप्छन् – ‘हामीले यस वर्ष पनि विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक हिसाबमै राखेका छौँ । उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेका छौँ ।’ प्रतिभाले विद्यार्थीमा भएको क्षमता… पुरा पढौ

कोप–२८ सम्मेलन उपलब्धिमूलक: मन्त्री डा. महतो

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा कुरा गर्दै उनले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरे । कोप–२८ मा सहभागी भएर मन्त्री डा. महतो आज स्वदेश फर्किएका छन । उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गरे । “यसपटक… पुरा पढौ

एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन

कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सले नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गर्दै प्रथम भए । महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भइन् । यि दवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जित संगै उनीहरुले… पुरा पढौ

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताएका छन । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताए । आफ्नो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सकारात्मक परिणामस्वरुप आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै… पुरा पढौ

बागलुङमा सुन्तला उत्पादनमा कमी

बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँशा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काको बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला सङ्कलन गरिएको छ । सुन्तला बढी उत्पादन हुने सिगाना, बिहुँ र सर्कुवालगायत क्षेत्रमा औँशा कीराको सङ्क्रमणले सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो । बजेट अभावमा औँशा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय… पुरा पढौ