समाचार

रुपा गाउँपालिकामा बाँझिएका जग्गा उपयोग गर्न भूमि बैंक स्थापना

गण्डकी । कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भूमि बैंक स्थापनाका लागि पालिकाले भूमि बैंक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी गाउँसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्नका लागि बाँझिएका जग्गाको सूचीकरण गर्न भूमि बैंकमा राख्न चाहने सर्वसाधारणका लागि आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । वडामार्फत आवेदन माग गरिएको उल्लेख गर्दै उनले प्राप्त आवेदन अनुसार जग्गाको पहिचान गरिने बताए।… पुरा पढौ

शिव माध्यमिक विद्यालयः जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन्। पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन् । पञ्चेबाजाअन्तर्गत उहाँले अहिले मज्जाले ढलाकी बजाउन सिकेका हुन् । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूर्ण बनेका हुन् । “सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ”,… पुरा पढौ

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच… पुरा पढौ

मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्:अध्यक्ष केसी

ढोरपाटन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा उहाँले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे। नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण हरेक दिनदिनै नेपाली युवा विदेशिनु परेको अध्यक्ष केसीको भनाइ थियो । एउटा नागरिककोे गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा… पुरा पढौ

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल चोलादेवी

गलकोट । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छन् ।उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । उनले भने“बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ । ” अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार छन् । उहाँले ले बाख्रापालनभन्दा मौरीपालनबाट राम्रो आम्दानी भएको बताए । उनले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताए। “परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको… पुरा पढौ

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए । उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत… पुरा पढौ

सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी

लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए । प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए । त्यसपछि उनललाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार… पुरा पढौ

कृषि र पर्यटन प्रदेश सरकारको प्राथमिकतामा छःआर्थिक मामिलामन्त्री आले

लेखनाथ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताएका छन्। नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले काम गरिरहेको बताए । प्रदेशमा पर्यटन र कृषिमा प्रचुर सम्भावना भएकाले सरकारको पहिलो प्राथामिकता राखेको उनको भनाइ थियो । मन्त्री आलेले कोरोनाले थला पारेको पर्यटन क्षेत्र केही मात्रामा सुधार हुँदै गरेको अवस्थामा यसको प्रवर्द्धन… पुरा पढौ

गुम्बा बनाउन गणेशबहादुर गुरुङले गरे दस लाख सहयोग

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गरेका छन्। निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराएको बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बुद्धको गुम्बा निर्माणका लागि पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गुरुङले उनले भने, “यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बा… पुरा पढौ

एभरेस्टकर्मी श्रेष्ठलाई ‘यूआरएल पत्रकारिता पुरस्कार’ अर्पण

मंसिर २३ पोखरा । राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । शनिबार युआरएलको १० औं वार्षिकोत्सवका अवसरमा एभरेस्ट एफएमका कार्यकारी निर्देशक एव एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार अपर्ण गरिएको हो । पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, यूआरएल फाउण्डेसनका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले नगद रु ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरे । यस्तै सोही अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको… पुरा पढौ