समाचार

कृषि उत्पादनको बजारीकरणमा सहयोग हुन्छ : वडाध्यक्ष बराल

कार्तिक १२ पोखरा । कृषकले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणमा आवश्यक सहयोग उपलव्ध गराउने पोखरा–१३ का अध्यक्ष किरण बरालले प्रतिवद्धता व्यक्त गरेका छन् । आर्दश अर्गानिक कृषक समूह पोखरा–१३ को नवौं साधरण सभाको शनिबार उद्घाटन गर्दै वडाध्यक्ष बरालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले कृषकले उत्पादनमा जोड दिनुपर्ने बताउँदै वडाबाट कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने बताए । उनले भने, “तपाईंहरु उत्पादनमात्र गर्नु होस्, बिक्री वितरणको जिम्मा म लिन्छु । कृषि उत्पादनलाई हाट बजार सञ्चालन गरेर बजारको ग्यारेन्टी गर्ने जिम्मा… पुरा पढौ

नेपालभाषा सम्मेलन सम्पन्न, चार जना सम्मानित

कार्तिक ११ भक्तपुर । भक्तपुरको ल्यासिङ्खेलमा सुरु भएको दुईदिने ४३ औँ नेपाल भाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) सम्पन्न भएको छ । नेपाल भाषा र साहित्यको विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाल भाषा साहित्य सम्मेलनमा नेपाल भाषाका विविध सांस्कृतिक प्रस्तुति, गीत, नृत्य, कथा, कविता, निबन्ध, एकाङ्की, नाटक, प्रहसन, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा भक्तपुरका असल किसान कार्यकर्ता आशाकाजी माक, सांस्कृतिक गुरु चन्द्रबहादुर कपाली, अग्रज स्वास्थ्यकर्मी दिलबहादुर माताङ्ग र गीतकार नारायणकुमार आचार्यलाई जनही नगद रु १० हजारसहित सम्मान गरिएको थियो… पुरा पढौ

कोजाग्रतमा ताल–बाराही देवीको दर्शन गर्नेको घुइँचो

कार्तिक ११ पोखरा । मोरङ विराट चोक निवासी खगेन्द्र तिमिल्सेनालाई पोखरा फेवातालको पानीमाथि ताल बाराही देवीका मूर्ति छ भन्ने कुरा यस अगाडि नै थाहा थियो । कोजाग्रत पूर्णिमा दिन देवीको दर्शन गर्न आउने मेसो उहाँलाई मिलेको थिएन । यसपटक भने उनले फुर्सद निकालेर परिवारसहित मुस्ताङको मुक्तिनाथ दर्शनसँगै आज पोखराको ताल बाराही देवीको दर्शन गर्न आएका तिमिल्सेनाले भने, “फेवाताल र ताल बाराही मन्दिर स्वर्गको टुक्रा जस्तै लाग्यो ।” ताल बाराही मन्दिरको दर्शनसँगै आइतबार ग्रहण नुहाउन चितवनको देवघाट जाने र त्यतैबाट घर… पुरा पढौ

राष्ट्रसङ्घका महासचिव गुटरेसको भ्रमणको तयारी पूरा

कार्तिक ११ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गाको विशेष पूजा

कार्तिक ११ भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरेका हुन् । राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गरे । साथै उनले नवदुर्गा नाचसमेत अवलोकन गरेका छन् । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराएका थिए । त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान… पुरा पढौ

राष्ट्रसङ्घका महासचिवको भ्रमणबाट अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि हुन्छ : प्रधानमन्त्री प्रचण्ड

कात्तिक ११ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने छ भने । प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको… पुरा पढौ

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन : सभापति देउवा

कार्तिक ११ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् । बडादसँै, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने, “दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।” राजनीतिक दलहरुले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र… पुरा पढौ

बन्दीपुरमा मौलिक चुड्कामा छमछमी विदेशी पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् । स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसान प्रधानले जानकारी दिए । उनले भने, “बन्दीपुर आएका विदेशी पर्यटकलाई यहाँको संस्कृति, रीतिरिवाजबारे जानकारी दिन चुड्का गीतमा नचाएका हौँ, उहाँहरु खुसी हुँदै नाच्नुभयो ।” करिब ५० को सङ्ख्यामा फ्रेन्च पर्यटक बन्दीपुर आइपुगेका छन् । उनीहरुलाई… पुरा पढौ

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढिरहेको छ । विजयादशमी पछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले… पुरा पढौ

बागलुङमा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । फेएरमेडको सहयोग र विवाइसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पाँच वर्षमा बागलुङका दुर्गम स्थानहरुमा १३ बर्थिङ सेन्टर स्थापना गर्न… पुरा पढौ