समाचार

मन्त्री किरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

कार्तिक ३ काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् । खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । मन्त्री किराँतीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरे । गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत… पुरा पढौ

‘दसैँ नेपालीको साझा चाड’ : अध्यक्ष ओली

कार्तिक ३ झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् । बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए । अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गरे । उनले… पुरा पढौ

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो

कार्तिक ३ गाजा । इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ । रासस/एएफपी पुरा पढौ

एकैदिन पोखराका ६० पसलमा अनुगमन, १५ हजार जरीवाना

कात्तिक ३ पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरेको छ । नेपालीहरुको महान् पर्व विजया दशमीमा महानगरमा धेरै मासुको खपत हुने र अस्वस्थकर मासुले नागरिकको स्वास्थ्यमा असर गर्ने भएकाले अनुगमन गरेको हो । पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समूह बनाएर महानगरका १४ वटा वडामा सञ्चालित मासु र खाद्यान्न पसलमा अनुगमन गरिएको महानगरले जनाएको छ । महानगरका ६० वटा पसल अनुगमन गर्दा दुुई पासु पसल र एक… पुरा पढौ

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास अगाडी बढाइएको छ : मन्त्री बस्नेत

कार्तिक ३ काठमाण्डौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए । हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको… पुरा पढौ

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त

कार्तिक ३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन् । यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । डा सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन् । उनले सन् २०१८ मा चीनको… पुरा पढौ

कास्की १ का सांसद मनबहादुर गुरुङलाई सवा लाखको राष्ट्रिय संरक्षण पुरस्कार

पोखरा । कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका छन् । शुक्रबार संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा गुरुङलाई कोषले १ लाख २५ हजार पुरस्कार राशीले सम्मानित गरेको हो ।एकीकृत संरक्षण तथा विकासको समुदायमा आधकारित संरक्षणको अवधारणालाई सफल पार्न तथा संरक्षण र विकासमा समुदायमा पु¥याएको योगदानको कदर गर्दै कोषले सम्मान गरेको हो । गुरुङले नेतृत्वदायी भूमिकामा रहेर नीति निर्माणमा योगदान पुर्याएको सम्मान पत्रमा उल्लेख गरिएको छ । पुरा पढौ

ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने

कार्तिक ३ पोखरा । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएका छन् । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर दूई प्रतिष्ठान बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली र गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । अब दुई प्रतिष्ठान मिलेर चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, शिल्पकला, वास्तुकला र अन्य सिर्जनात्मक कला समेत समेटी मुलुकभर ती कला बिधाहरुको विकास, प्रबर्धन… पुरा पढौ

गण्डकीमा ४ लाख १२ हजार कृषक, समयमै मल, बिउ पाए सन्तुष्ट हुने कृषक धेरै

पोखरा । गण्डकी प्रदेशमा चार लाख बाह्र हजार कृषक परिवार रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणनामा गण्डकी प्रदेशमा १ लाख ७३ हजार हेक्टर जमिनमा कृषि हुने गरेको छ । तथ्याङ्क कार्यालयका अनुसार कास्की जिल्लामा ५३ हजार २ सय २८ कृषक परिवारले १९ हजार १ सय ६४ हेक्टरमा कृषि कार्य गर्नेगरेका छन् । कास्कीमा ५३ हजार २ सय २८ कृषक परिवार छन् भने १९ हजार १ सय ६४ हेक्टर जमिनमा कृषि कार्य हुने गरेको छ… पुरा पढौ

व्याडमिन्टनमा गोविन्द थापा र वम गुरुङको जोडी प्रथम

पोखरा । आधीखोला तमु समाज रामवजार पोखराद्घारा आयोजित डवल्स पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधि गोविन्द थापा सिञ्जाली र वम गुरुङको जोडीले जितेको छ । फाइनलमा रोज राना र मुक्तिमान गुरुङको जोडीलाई २–१ सेटले पराजीत गर्दै थापाको जोडी विजेता बनेको हो । विजेतालाई नगद रु.१६ हजार साथै ट्रफी र उपविजेतालाई नगद रु.१० हजार र ट्रफी सहित पुरस्कृत गरीएको खेल संयोजक लिल गुरुङले जानकारी दिए । गत वुधवार देखि सन्चालन भएको प्रतियोगितामा कुल १८ टीम सहभागी थिए । विजेताहरुलाई आधीखोला तमु समाजका उपाध्यक्ष… पुरा पढौ