समाचार

‘आधारभूत संस्कृत भाषा’ कक्षामा आकर्षण बढ्दो

स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् । एक महिना अघिदेखि सुरु गरिएको भाषा कक्षामा वालिङ तथा आसपासका पालिकाका एकसय जना भर्ना भई अध्ययन गरिरहेका कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए। “संस्कृत भाषा कक्षामा अहिले युवा बढी आकर्षित देखिएका छन्, विद्यार्थीको सक्रिय सहभागिता रहेको… पुरा पढौ

सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधनस्रोत सम्पन्न बनाउनु जरुरीः मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधनस्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उनले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधनस्रोत सम्पन्न बनाउनु जरुरी भएको बताए । स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ सङ्गठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा… पुरा पढौ

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँचयोग्य तुल्याउन तथा मतदाता नामावलीमा थप शुद्धता कायम गर्न स्थानीय तहबाट नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने मस्यौदा तयार भएको हो । मस्यौदामा कुनै स्थानीय तहले आफ्नो केन्द्र वा… पुरा पढौ

कागबेनीलाई पुरानै लयमा फर्काइँदै,कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटे

म्याग्दी । दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए । “बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर… पुरा पढौ

बागलुङका स्थानीय तहले धमाधम सडक मर्मत गर्दै

बलेवा । जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् । जैमिनीमात्रै होइन जिल्लाका १० वटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन् । “चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो । यस्तो बेला… पुरा पढौ

भूकम्पले क्षति पुर्याएको कालिका मन्दिर र रङ्गमहल जिर्णोद्धार

गोरखा । विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको भ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो । राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद… पुरा पढौ

असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट

ढोरपाटन । सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो । वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे। उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, सिलाम, तोरी, ठूलोकरेला लगाउने गरेको उनको भनाइ छ । उनका अनुसार यहाँ लगाएको सयौँ रोपनी क्षेत्रफलको फापर बालीमा असिनापानीले क्षति पुर्याएको छ । भर्खर दाना… पुरा पढौ

हाम्रो सामुदायिक सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

असोज २९ पोखरा । हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्था को अध्यक्षमा पुन: लक्ष्मी नारायण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा ६ लेकसाइडस्थित सहकारीको आज सम्पन्न १३ औ बार्षिक साधारणसभा तथा ५ औं अधिवेसनले श्रेष्ठ लाई पुनः चार बर्षका लागि अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भरतबहादुर पौडेल, सचिबमा चिरञ्जीवी पौडेल, कोषाअध्यमा रामप्रसाद ढकाल र सहसचिबमा पदमराज पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा चेतनारायण पाण्डे , तेजनारायण अधिकारी ,सुनिता बराल र जमुना पराजुली चयन भएको निर्वाचन… पुरा पढौ

पोखरा १७ नमुना टोलको नमुना काम

पोखरा । पोखरा १७ बिरौटा स्थित सिदार्थ राजमार्ग स्थित नमुना टोल बिकास सस्थाले सडकमा बत्ती बालेर नमुना काम गरेको छ । टोल बिकास संस्थाको पहलमा सिद्धार्थ राजमार्गका सडक किनार र भित्री टोलमा बत्ति जडान गरेपछि साँझ राती सर्वसाधारण टोलवासी ढुक्कसँग हिड्न पाएका छन् । युवा ब्यबसायी सुर्य बराललगाएत टोलबासीको प्रेरणाले टोल उज्यालो बनाउन सम्भब भएको टोल बिकास संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीबहादुर रानाभाटले बताए । टोल बिकास संस्थाका अध्यक्ष झम्कनाथ पौडेलले टोलबासिको आर्थिक सहयोगमा उज्यालो र हराभरा टोल वनाउन… पुरा पढौ

निलगिरी सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा रहेको निलगिरी बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह आइतबार सम्पन्न गरेको छ । सभाको नेपाल बचत तथा ऋण केन्द्रिय समितिका संचालक चण्डी शर्मा पौडेलले उद्घाटन गर्दै सहकारीका शेयर सदस्यहरुले आफ्नै सहकारीमा कारोबार गर्न आग्रह गर्नुका साथै निक्षेपलाई भन्दा बचतलाई महत्व दिन सहकारी संचालक तथा शेयर सदस्यलाई अनुरोध गरेका थिए । साथै उनले कर्मचारीले सबै शेयर सदस्य र सहकारीमा आर्थिक कारोबार गर्न आउने जो सुकै संग नम्र… पुरा पढौ