समाचार

पर्वतको बिहादीमा मृत अवस्थामा चितुवा फेला

पर्वत । पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ । आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो । स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो । मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ । डिभिजन वन कार्यालय पर्वतका प्रमुख नवराज बरालका अनुसार झण्डै दुई वर्षजति उमेरको देखिने चितुवा के कारणले म¥यो भन्ने पुष्टि हुनसकेको छैन । चितुवाको शरीरमा… पुरा पढौ

दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी चनौटेलाई, ह्याण्डवलकी अन्र्तराष्ट्रिय खेलाडी भुजेल सम्मानित

पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष विच भएको दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवलको उपाधी पोखरा १९ को चनौटेले जितेको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा बडादशैंको अवसरमा आयोजित प्रतियोगितामा आईतवार भएको फाईनलमा लामाचौरलाई लगाातार ३ सेटमा हराउँदै चनौटे टिमले उपाधी हात पारेको हो । उपाधीसँगै चनौटेले च्यांङ्ग्रा, मेडल ट्रफी र प्रमाण्पत्र तथा उपविजेता लामाचौरले भेडा, मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । विजेता र उपविजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७… पुरा पढौ

भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित

ढोरपाटन । रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उनलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उनी बागलुङको गलकोट आई पुगेका थिए । हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताए । व्यापारमा निस्केको दुई हप्तामा उनले नौवटा मात्रै भेडा व्यापार गरे । एक सय ५० भेडा लिएर बजार आएका बुढा मगर व्यापार नभएपछि चिन्तित भएका हुन्… पुरा पढौ

पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा

कास्की । चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ । शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताए । “दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,” व्यापारी धामीले… पुरा पढौ

म्याग्दीका छ वटा सडक कालोपत्र हुने

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्ला छ वटा ग्रामीण सडक कालोपत्र र स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन हुने छवटा योजना छनोट गरिएको जनाएको छ । उक्त मन्त्रालयका मन्त्री रेशमबहादुर जुग्जालीले चालु आर्थिक वर्षभित्रै बहुवर्षीय ठेक्का आह्वान र सम्झौता गरी निर्माणको काम सुरु गरिने जानकारी दिए । “बहुवर्षीय ठेक्का लगाउन योजना छनोट गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकिएको छ,” उनले भने “म्याग्दीका छ वटा नयाँ… पुरा पढौ

शुक्लागण्डकीको १ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो । पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले पुल निर्माणसँगै यस भेगका नागरिकको दैनिकी परिवर्तन हुने विश्वास व्यक्त गरे । यसअघि पुलको अभावमा आवागमनमा सास्ती हुने गरेकामा अब सहज भएको भन्दै कृषि उपज तथा अन्य वस्तु बिक्री वितरणका लागि सहयोग पुग्ने उनले बताए ।… पुरा पढौ

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल ९मौसम०, ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम… पुरा पढौ

कार्यदक्षता मूल्याङ्कनमा यस वर्ष गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट

पोखरा । यसवर्षको पुलिस ब्याटन गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । केन्द्रीय मूल्याङ्कन समितिले गरेको कार्यदक्षता मूल्याङ्कनमा गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट भएको हो । ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ‘प्रहरी ब्याटन’ प्रदान गर्दै छ । प्रहरी हेडक्वार्टरमा मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश प्रहरी कार्यालयका डिआइजी बुद्धिराज गुरुङलाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ । मूल्याङ्कन समितिको सिफारिसको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी उत्कृष्ट जिल्ला घोषित भएको छ । इलाकातर्फ इलाका… पुरा पढौ

पोखरा आसपासका ऐतिहासिक कोटमा घटस्थापना

गण्डकी । नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको पूजाका लागि घटस्थापना गरिएको हो । पोखरा आसपासमा रहेका कोट प्रत्येकको आ–आफ्नै विशिष्ट महत्व रहिआएको छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलका रूपमा रहेको कास्कीकोटदेखि मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको भरतपोखरीको कोटभैरव मन्दिरहरू यस क्षेत्रको बस्ती विकाससँगै अस्तित्वमा आएका धार्मिकस्थल मानिन्छन् । कास्कीकोट दरबारस्थित गुप्तकालीका मन्दिरमा दसँैको अवसरमा विश्व… पुरा पढौ