समाचार

आलु भित्र्याउदै किसान

बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्र्यउन थालेको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताइन् । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । “अर्मपर्म गरेर आलु खन्ने काम… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघ र व्यवसायीहरु विच छलफल तथा अन्तरक्रिया

पोखरा । यहि असार ६ गते देखि लेखनाथ उद्योग वाणिज्य संघले बजारका विभिन्न व्यवसायी र बजार ब्यवस्थापन समितिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । व्यवसायीका समस्या, गुनासाहरुमा कार्यक्रम गर्दै ब्यवसायिका साझा समस्यालाई नितीगत रुपमा नै समाधान देखि सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उद्देश्यले टोल टोलमा गई सुझाव संकलन तथा अन्तरक्रया अभियान संचालन गरिएको हो । संघद्धारा गठित बजार ब्यवस्थापन समितिको अग्रसरमा मुख्य मुख्य बजार केन्द्रमा पुगी ब्यवसायिसगँ अन्तरक्रिया गर्दै त्यहाँ देखिएका समस्यलाई लिपिबद्ध गर्दै नितीगत रुपमा के गर्न सकिन्छ… पुरा पढौ

सोसल पब्लिक स्कुलमा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता

पोखरा । पोखरा १० स्थित सोसल पब्लिक स्कुलमा अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सङ्गीत दिवस २०८० को उपलक्ष्यमा स्कुलले विशेष साङ्गीतिक कार्यक्रमका साथमा आधारभूत तह, कक्षा ६, ७ र ८ स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको हो । विद्यालयका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर गुरुडको अध्यक्षतामा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा विद्यालयका कक्षा दुईदेखि दशसम्मका विद्यार्थीहरूले एकल एवम् सामूहिक गायन, नृत्य एवम् वाद्य वादनकला प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित गायिका तथा विद्यालयका गायन शिक्षक रजनी ऋदम… पुरा पढौ

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ । यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने… पुरा पढौ

जसपाको विधान अधिवेशन सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ । यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकामा जनतासँग स्वास्थ्य कार्यक्रम

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए । यो सेवाअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर सेवा प्रदान गरिने अध्यक्ष चुमानले बताए । उनले भने, “गाउँपालिकाले स्वास्थ्यलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको छ, ज्येष्ठ नागरिकलाई सहजरुपमा सेवा दिन घरमै… पुरा पढौ

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग

तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ । गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिं मार्गको काम अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले बताए । बुद्धसिं मार्गमा कालोपत्रको कामलाई अगाडि बढाउन लागिएको छ… पुरा पढौ

दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै

स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ ।जिल्लामा दूध र मासुजन्यपदार्थ उत्पादन गर्ने गरी सञ्चालनमा रहेका समूह।सहकारी तथा व्यक्तिगत फार्मलाई थप व्यवस्थित बनाउने उद्देश्यले काम गर्दै आएको उक्त आयोजनाको पोखरास्थित विकेन्द्रीकृत आयोजना सहयोग इकाइका प्रमुख डा. रेशमराज ज्ञवालीले बताए । विकेन्द्रीकृत आयोजनाअन्तर्गत गण्डकी प्रदेशमा ७४ वटा आयोजनामा सम्झौता भएकामा यस जिल्लाका २७ वटा आयोजना परेका थिए । तीमध्ये १८ वटा समूह÷सहकारी तथा नौ वटा व्यक्तिगत फार्म तथा प्रालिलाई अनुदान उपलब्ध गराइएको उनको… पुरा पढौ

युवापुस्ताको रुचिमा छैन बाजा बजाउने पेसा

दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो । बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ । “लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने… पुरा पढौ

युएईमा हुने भनिएको बिच सकर विश्वकप स्थगित

फिफाले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ। फिफाले आफ्नो खेल प्रतियोगिताको वार्षिक गतिविधिको सहज प्रवाह सुनिश्चित गर्नका लागि आफ्नो २४ औं परिषद् बैठकबाट यो निर्णय गरेको हो। युएईले गत फेब्रुअरीमा प्रतियोगिता आयोजना गर्न आफ्नो उम्मेदवारी फाइल बुझाएको थियो । दुबईमा सन् २००९ को संस्करणपछि युएईले बिच सकर विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो।रासस पुरा पढौ