समाचार

प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्। मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिनुभएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका हुन् ।… पुरा पढौ

शान्त माध्यमिक विद्यालयलाई ल्यापटप तथा स्टेशनरी हस्तान्तरण

मित्रराष्ट्र कोरियाबाट नेपाल भ्रमणमा आएका पर्यटकहरुद्वारा “एसिया सोलिडारिटी प्रोग्राम” अन्तरगत “शेयरिङ सोलिडारिटी होप, लभ पिसी इन नेपाल” कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका वडा नं. १८ भकुण्डेमा रहेको श्री शान्त माध्यमिक विद्यालयलाई ल्यापटप तथा स्टेशनरी हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर खड्काको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा वडा शिक्षा समितिका सदस्य तथा जनप्रतिनिधि कल्पना ढकालले विद्यालयलाई हस्तान्तरण गरिएका सामग्रीहरूको उपयोगले सिकाई कार्य सहज हुनेमा विश्वास व्यक्त गरे । सोही कार्यक्रममा दाताहरूको तर्फबाट टिम लिडर ह्वाङ वोन रेले संसारको अग्लो… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसमा सात जना श्रष्टालाई सम्मान अर्पण

वैशाख १५ पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर गुरुङ पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र,… पुरा पढौ

मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाण्डौं । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए । सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाएका थिए । रासस पुरा पढौ

कपन हत्या प्रकरण : एआइजीको नेतृत्वमा अनुसन्धान समिति गठन

काठमाण्डौं । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत सहभागी हुने गरी उच्चस्तरको छानबिन समिति गठन गरिएको छ । एक साता बितिसक्दा उक्त… पुरा पढौ

प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जवरा रहेका छन् । बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गङ्गा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल,… पुरा पढौ

‘बन्दीपुरको विशेषता’ पोखरामा परिचर्चा

वैशाख १५ पोखरा । देवीसरा सुनारद्वारा लिखित ‘बन्दीपुरको विशेषता’ कृतिको शुक्रवार एक समारोहबीच परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाले अध्ययन र लेखनलाई उमेरले कहिल्यै नछेक्ने बताए । कृतिको परिचर्चा गर्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष समीक्षक बलराम पौडेलले देवीसरा सुनारको बन्दीपुरको विशेषता कृतिमा देवीसराको जीवनदर्शन अभिव्यक्त भएको बताए । कृतिकी स्रष्टा देवीसरा सुनारले हिमाल, पहाड, तराई जहाँका नेपाली रोए पनि सबैको आँसु एउटै हुने भएकाले आम नेपाली रुन… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पाठशालाको भवन उद्घाटन

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पोखरा–२२, पुम्दीभुम्दीमा गैरसरकारी संस्था नेपाली गाउँका साथीहरुलगाएतका स्वदेशी तथा विदेशी संस्थाद्धारा नवनिर्मित आमाघर पाठशालाको बहुउद्धेश्यिय नयाँभवन शुक्रबार उद्घाटन गरेका छन् । उनले भवन उद्घाटन गर्दै निजि र सरकारी विद्यालयको साथ साथै गैरसरकारी संस्थाले पनि सुलभ शुल्कमा उच्चस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले स्थापना भएको आमाघर पाठशालाको शैक्षिक भविष्य उज्ज्वलको कामना गर्दै विद्यालय वनाउन आर्थिक सहयोग गर्ने नेदरल्याण्डका सहयोगी दाताहरुको पनि प्रशसा गरे । साथै सो अवसरमा उनले नेदरल्याण्डमा रहेका लाइट अफ लाइफ फाउन्डेसन तथा… पुरा पढौ

पद्म नर्सिङ्ग होम नदिपुरले सत्यता सहकारीलाई उपचारमा छुट दिने

वैशाख १५ पोखरा । पद्म नर्सिङ्ग होम प्रा.लि.ले सत्यता बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा – २६ मा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो । दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नर्सिङ्ग होमको तर्फबाट प्रबन्ध निर्देशक… पुरा पढौ

पोखरामा भिषण वर्षा, दिउँसै अन्धकार !

पोखरा । पोखरामा शुक्रबार अपरान्ह वर्षा हुँदा दिउँसै अन्धकार भएको छ । शुक्रबार दिउँसो करिव ४ बजेदेखि वर्षा हुँदा पोखरामा दिउँसै अध्यारो हुन पुगेको हो । एक्कासी वर्षा भएपछि सडकमा सडकमा सवारी आवागमनमा पनि कमी आएको छ । विशेष गरि चारपाङ्ग्रे सवारी साधन सञ्चालन भएपनि दुई पाङ्ग्रे सवारी साधन विच बाटोमै रोकिएका छन् । केही दिनदेखि पानी पर्न नसक्दा धुम्एिको यहाँको वातावरणमा आजको वर्षाले केही हदसम्म राहत मिल्ने अनुमान गरिएको छ । यस्तै आजको वर्षाले केही सातायता वढ्दै गएको गर्मीलाई… पुरा पढौ