समाचार

विभिन्न मागसहित महाविर पुन आजदेखि धर्नामा

काठमाडौ । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै आजदेखि माइतीघरमा धर्ना सुरु गरेका छन् । “अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उनले भने, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ ।” पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न सङ्घ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग गरे । उनले कोषको रकम सहज तरिकाले समयमै प्रतिभाशाली र… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डः उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ । मनोनयनमा सार्वजनिक भएका विधा मध्ये उदीयमान तर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । यो विधा तर्फको मनोनयनमा गण्डकी प्रदेशबाट राष्ट्रिय टिममा मात्रै नभई अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु मनोनयनमा परेका छन् । मनोनयनमा… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्वारा कोइरालाको सालिकमा माल्यार्पण

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरेका छन्। बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उनले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गरेका थिए। माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो । रासस पुरा पढौ

वात्सल्यको भक्तपुरमा नयाँ शाखा, निःशुल्क आई.यू.आई र अल्ट्रासाउण्ड सेवा

काठमाण्डौँ । वात्सल्य नेचुरल आई. भी. एफ.ले भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्यले नयाँ वर्षबाट संचालनमा ल्याइएको क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा वसोबास गर्ने दम्पतिलाई सहजता प्रदान गर्ने कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विश्वास व्यक्त गरे । नयाँ शाखा सञ्चालनको अवसरमा भक्तपुरबाट सीमित समयका लागि अल्ट्रासाउण्ड र आई.यू.आई निःशुल्क प्रदान गरिने उनको भनाइ छ ।उनले भने, “नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सिमित समयका लागि अल्ट्रासाउण्ड र… पुरा पढौ

अमेरिकी राजदूत थम्पसन पोउवा संघमा

पोखरा। नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व,खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मुलधारमा ल्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । । राजदूत थम्पसनले व्यवसायीहरुको दक्षता अभिवृद्धि,उद्यमशीलता र जलवायू परिवर्तनलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य जारी रहने पनि उनको प्रतिवद्धता रहेको छ । राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसँगको भेटमा सो कुरा बताएका हुन् । पोखरा उद्योग वाणिज्य संघमा भएको भेटका क्रममा राजदूत थम्पसनले अमेरिकी सरकार हाल जारी सहयोगका परियोजनाहरुको निरन्तरताका साथै केही नयाँ कार्यक्रम सुरु… पुरा पढौ

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै

लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु¥याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् । जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उक्त कार्यालयका इञ्जिनियर शिवशङ्कर शाहका अनुसार हाल जिल्लाभर रु तीन करोडदेखि रु २० करोड लागत… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सुपर मादी हाइड्रोको साथ

सुपर मादी हाइड्रो पावर लिमिटेडले सातौं पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादीले लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । सहयोग सम्बन्धमा सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बरालबिच शुक्रबार मौखिक सहमती भएको उनले खुलाए । वर्षायाममा ४४ मेगावाट क्षमताको सुपरमादीले अहिले १५ मेगावाट उत्पादन गरिरहेको प्रशासकिय अधिकृत सम्झना थापा क्षेत्रीले जनाइन् । आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली… पुरा पढौ

२५६७ औँ वुद्ध जयन्तीको पावन अवसरमा पोखरामा सप्ताहब्यापी कार्यक्रम हुने

२५६७ औँ वुद्ध जयन्तीको पावन अवसरमा पोखरामा सप्ताहब्यापी कार्यक्रम रुपमा हुने भएको छ । २५६७ औँ वुद्ध जयन्ती समारोह समिति, कास्कीको आयोजनामा वैशाख १५ गते देखि २२ गते सम्म उक्त कार्यक्रम सप्ताहब्यापी रुपमा सञ्चालन हुने जनाइएको छ । शान्ति पद यात्रा धर्मशीला बुद्ध विहार नदिपुर पोखरा बाट शुभारम्भ भई पालिखेचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पोखरा सभागृहमा पुगी धर्म सभामा परिणत हुनेछ । “बुद्ध जयन्ती समारोह समिति, कास्की“ को नाममा संगठित भएर बैशाख पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउन थालिएपछि विगत एक दशकदेखि सामूहिक… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए सपथ, सरस्वती र सुशीला मन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन् । यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी हुन्… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए सपथ

पोखरा, बैशाख १५ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन् । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन् । यसैबीच, मुख्यमन्त्री पाण्डेले मन्त्री मण्डल बिस्तार गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सुशीला सिंखडालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरु तिवारी र सिंखडा दुबैले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्री तिवारी स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी… पुरा पढौ