समाचार

बालबालिकालाई छुटेको खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए । उनले दुई दिन खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने र कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि अभियान नै सञ्चालन गरिएको बताए । रोग, अपाङ्गता र मृत्युबाट बचाउन… पुरा पढौ

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

पोखरा ।आजबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् । विहिबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको बताएका हुन् । ‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने… पुरा पढौ

फोहरमैला व्यवस्थापन गर्न चोकचोकमा सूचना बोर्ड

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न सूचना बोर्ड राखेको छ । नगरपालिकाले दमौली बजारको चोकचोकमा अव्यवस्थित तरिकाले फोहर नफाल्न सचेतनाका लागि सूचना बोर्ड र फ्लेक्स राखेको हो । नगरपालिकाका सरसफाइ शाखा प्रमुख भाग्यशाली ढुङ्गानाले बजारमा फोहरमैला व्यवस्थापनमा सहयोग गर्न अपिलसहित नगरपालिकाले ‘माइकिङ’ समेत गरेको छ । बजार क्षेत्रमा फोहरमैला जथाभावी फालिँदा वर्षायाम होस् या अन्य समयमा पनि विभिन्न रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले सचेतना जगाउन नगरपालिकाले सूचना बोर्ड र फ्लेक्स राखेको उनले बताए । “फोहरमैला तोकिएको समयबाहेक अन्य समयमा फोहरमैला… पुरा पढौ

रास्वपाका दुई सांसदको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् । रासस पुरा पढौ

विपद्को जोखिमै हुन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छिन् । गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । “विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”, उनले भनिन्, “यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ ।… पुरा पढौ

मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै

सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो । मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडकमार्गको पहुँचमा हालसम्म पुग्न सकेको छैन । स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताए। “गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु हाम्रो दायित्व हो”, उनले… पुरा पढौ

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै

आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा मन्त्रालय र आइएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरणसमेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्ने बताए।… पुरा पढौ

पोखरा ७ मा क्षमता अभिबृद्दि तालिम सम्पन्न, ४५ महिला सहभागि

पोखरा महानगरपालिका वडा नम्बर ७ ले सामाजिक क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र भाषण कला बिकासकालागि आयोजना गरेको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।क्षमता अभिवृद्धि गर्न सामाजिक क्षेत्रमा क्रियाशिल आमा समूह तथा महिलाहरुकालागि बैशाख १० देखि १४ गतेसम्म ५ दिन तालिम दिइएको थियो । तालिममा कसरी प्रभाबकारी ढंगले बोल्ने (भाषण कला) , कसरी कार्यक्रम संचालन (उद्घोषण) गर्ने , नेतृत्व बिकास, समूह निर्माण र सहकार्य , बैठक संचालन सम्बन्धि विषयमा प्रशिक्षण दिइएको वडा सदस्य तथा तालिम संयोजक बसुन्धरा लामिछामेले जानकारी दिए… पुरा पढौ

मन्त्रालयको सङ्ख्या बढाउँदैनौ : मुख्यमन्त्री पाण्डे

वैशाख १४ कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताएका छन् । प्रदेश प्रमुखबाट आज मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पर्यटन, जलविद्युत् र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । मुख्यमन्त्री पाण्डेले भने, “अहिले जमिन बाँझा छन्, घर रित्ता छन्, धेरै युवा विदेश पलायन भएका छन् । हामीले विदेशिएका युवालाई सरकारको तर्फबाट सहयोग पुग्ने गरी यहीँ प्रदेशभित्र बसेर काम गर्ने र आत्मनिर्भर… पुरा पढौ